Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नव नियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास बिना मुलुककै समृद्घि सम्भव नहुने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग मन्त्रालयमै छलफल गर्दै उहाँले सरकारले लिएको समृद्घ नेपाल र सुखी नेपालीको सपना साकार पार्नका लागि मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकास अपरिहार्य भएकोमा जोड दिनुभयो । स्थानीयस्तरमा आफनै कच्चा पदार्थबाट उत्पादित यस्ता उद्योग र तिनका उत्पादनको प्रवद्र्घन र बजारीकरणबाट नै मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरणमा सघाउ पुग्ने भन्दै मन्त्री गरुङले यस्ता उद्योगहरुको संरक्षण र प्रवद्र्घनका लागि आफनो मन्त्रालय, अन्तरमन्त्रालय र सरकारसँग पनि छलफल गर्ने…

Read More

काठमाडौँ : काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो मङ्गलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो । पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम शुरु भएको मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार राति बदली भइ तापक्रम घटने र आकाश खुला भए तापक्रम बढ्ने हुन्छ । चिसो बढ्ने क्रममा छ । “यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । माइनसमा…

Read More

काठमाडौं : १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० अन्तर्गत भलिबलका खेल आज बुधबारबाट शुरु हुँदैछ । महिला र पुरुष भलिबल प्रतियोगिता आजबाट शुरु हुन लागेको हो । नेपालको पुरुष र महिला टिमले आजै समूह चरणको आफ्नो पहिलो खेल बंगलादेशसंग खेल्दैछन् । उद्घाटन खेलमा महिला भलिबल टिमले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । सागमा स्वर्ण जित्ने लक्ष्य राखेको महिला टिमले दिउँसो ३ बजे बंगलादेशसंग खेल्न लागेको हो । सागको महिला भलिबलमा नेपाल सूमह एमा रहेको छ । नेपाल रहेको समूहमा भारत र बंगलादेश छन् । भारत स्वर्णको दाबेदार हो । बंगलादेश तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टिम हो ।…

Read More

काठमाडौं : राजधानीस्थित बैंकहरुबाट चोरीका घटनाहरु थालेका छन । यहाँका विभिन्न १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी भएको अनुसन्धानले देखाएको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको बताए । उनले भने, ‘अहिलेसम्म १९ लाख १९ हजार रुपैयाँचाहिँ बरामद भइसक्यो । त्योबाहेक कुन कुन बैंकबाट कति चोरी भयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं ।’ पक्राउ परेका सबै नेपाली नागरिक हुन् । पक्राउ परेकालाई आजै पत्रकार सम्मेलन गरेर…

Read More

कास्की: कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मङ्सिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गङ्गाबहादुर गुरुङले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधबमोजिम सार्वजनिक बिदा दिने निर्णय गरिएको बताउनुभयो । बिदाको समयमा विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रमसमेत आयोजना नगर्न पत्रमार्फत सूचित गरिएको उहाँले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि ३२ मतदानस्थल र ८२ मतदान केन्द्र तोकिएको छ । विद्यालयबाहेक तीन वडा कार्यालयलाई समेत…

Read More

काठमाडौँ: आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण भइरहेको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जिम्मा लिएको हो । निर्धारित समयमै सक्नेगरी कामले गति लिएको प्रधिकरणको दाबी छ । पुसको अन्तिम सातासम्ममा पर्खाल लगाउने र पोखरीमा कालो माटो राख्ने कामले पूर्णता पाउने प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताउनुभयो । यस्तै बालगोपालश्वर मन्दिरको पुनःनिर्माणको कामसमेत तीव्ररूपमा भइरहेको छ । मन्दिरको निर्माणको काम अहिले…

Read More

काठमाडौँ : तोकिएभन्दा बढी शुल्क लिने निजी मेडिकल कलेजले आजबाट अतिरिक्त शूल्क फिर्ता नगरे कानूनी कारवाही थालिने भएको छ । हिजो  मंगलबार मध्यरातिसम्म शिक्षा मन्त्रालयमा बसेको सरकार र मेडिकल कलेजका सञ्चालकबीच दुई बुँदे सहमित भएको थियो। जसअनुसार निजी मेडिकल कलेजले आज बुधबारबाट विद्यार्थीसँग लिएको बढी शूल्क फिर्ता गर्ने सहमति जनाएका छन् । सहमतिमा अतिरिक्त शूल्क फिर्ता नगर्नेलाई आज बुधबारदेखि कानूनी कारवाही अगाडि बढाउने निर्णय भएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहित सरकारी वार्ता टोली र मेडिकल कलेज सञ्चालकबीच साँझ ८ बजेदेखी बैठक बसेको थियो । शुल्कको…

Read More

भद्रपुर: झापाका युवा उद्यमी विजय डालमियाले आफ्नो कम्पनीबाट उत्पादित पिउने पानीकमो बोतलमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रतीक चिह्न राख्नुभएको छ । मेची उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष डालमियाले ‘अक्वा टप मकालु प्रालि’मार्फत ‘डालमिया’ बोतल र जारमा प्रतीक चिह्न राख्नुभएको हो । भ्रमण वर्षको प्रचारप्रसारमा सहयोग पु¥याउन पानीको बोतलमा नेपाल भ्रमण वर्षको प्रतीक चिह्न राखेकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले फेसबुकमार्फत सो कार्यको प्रशंसा गर्नुभएको छ । “भ्रमण वर्ष २०२० मूल आयोजक समितिको आह्वानलाई सम्मान गर्दै डालमियाले बोतलमा भ्रमण वर्षको प्रतीक चिह्न राख्नुभएकोमा धन्यवाद”, उहाँले आफ्नो फेसबुकवालमा लेख्नुभएको छ, “अरु उद्योगी तथा व्यवसायीबाट पनि यस्तै कामको अपेक्षा गरिन्छ ।”…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ। उनी अबका केही दिन अस्पतालमै रहने भएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मंगलबार दिउँसो ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको हो। शल्यक्रियापछि चिकित्सकको सल्लाहमा केही दिन अस्पतालमै बस्नुपर्ने भएकाले उनलाई त्यहीं भर्ना गरिएको छ। हाल उनलाई अस्पतालको आइसियूमा उच्च निगरानीमा राखिएको छ। अस्पतालले विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली मंगलबार र बुधबार अस्पतालमै रहने बताए। ‘बाहिर आएजस्तो तीन दिन भन्ने होइन, चिकित्सकले केही दिन भन्नुभएको छ। त्यसकारण आज र भोलि अस्पतालमै रहनुहुन्छ। आवश्यक चेकजाँचपछि उहाँलाई निवास पठाउने कि अस्पतालमै…

Read More

काठमाडौं : जनमत परीक्षणका रूपमा लिइएको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा छन्। बुधबार रातिदेखि मौन अवधि सुरु हुनेछ। सत्तासीन नेकपा र विपक्षी कांग्रेसका शीर्ष नेता चुनावी सभा सम्पन्न गरी राजधानी फर्केका छन्। कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हँुदै छ। दलहरूले बुधबार भक्तपुरमा अन्तिम चुनावी सभा राखेका छन्। नेकपाको चुनावी सभालाई अध्यक्ष पुष्पकमल दाहाल र नेता सुवास नेम्वाङले सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै उपत्यकाबाहिरका चुनावी सभा सम्पन्न गरेर मंगलबार काठमाडौं फर्केका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बुधबार भक्तपुरमा पार्टीको चुनावी सभामा सम्बोधन…

Read More