Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : नागरिक लगानी कोषमा कार्यरत कर्मचारीलाई धितोपत्रको दोस्रो बजारबाट शेयर खरिद बिक्री गर्न बन्देज लगाइएको छ। नागरिक लगानी कोष कर्मचारी आचार संहिता निर्देशिका, २०७६ जारी गर्दै कोषले आफ्ना कर्मचारीलाई दोस्रो बजारबाट शेयर कारोबार गर्न रोक लगाएको हो। उक्त आचार संहिता अनुसार कोषका कर्मचारीको एकाघरको परिवारले दोस्रो बजारबाट शेयर खरिद बिक्री गर्न हुँदैन। तर विगतमा खरिद गरिएको शेयर बिक्री गर्न भने सकिने व्यवस्था छ। कर्मचारीहरुले दोस्रो बजारबाट शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था गरिएको उक्त आचार संहिता माथि असन्तुष्टि व्यक्त गरेका छन्। राष्ट्रको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरि पुँजी वृद्धि गर्ने…

Read More

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई साढे २८ प्रतिशत लाभांश दिने भएको छ। गत आर्थिक वर्ष २०७५ र ७६ को मुनाफाबाट लघुवित्तले लाभांश दिने घोषणा गरेको हो ।, लघुवित्त सञ्चालक समितिको हिजो मंसिर ७ गते सम्पन्न ३६१ औँ बैठकले २७.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४३४ प्रतिशत नगद गरि कूल २८.६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् मात्र शेयरधनीले पाउनेछन् । साना किसान विकास लघुवित्त संस्थाले गत आर्थिक वर्ष २०७५।०७६…

Read More

सुर्खेत : कर्णाली प्रदेश सरकारले आयोजनास्थलमै अस्थायी प्रकृतिका क्रसर उद्योग स्थापना तथा सञ्चालन गर्न सकिने गरी नयाँ नीति ल्याएको छ । पुरानो कार्यविधिलाई संशोधन गर्दै सरकारले राष्ट्रिय र प्रदेश गौरवका आयोजनाका लागि आवश्यकताअनुसार आयोजनास्थलमै अस्थायी प्रकृतिका क्रसर उद्योग सञ्चालन गर्ने नीति ल्याएको हो । सरकारले ‘ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, क्रसिङ, बिक्री, वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि, २०७५’ लाई संशोधन गरेको छ । संशोधित कार्यविधिमा प्रदेशमा सञ्चालन भएका रु १० करोडभन्दा बढी लागतका राष्ट्रिय प्राथमिकता प्राप्त र प्रदेश महत्वका विकास आयोजना सञ्चालन अवधिसम्मका लागि स्थानीय कच्चा पदार्थ प्रशोधन गर्ने प्रयोजनका…

Read More

काठमाडौं : विभिन्न मेडिकल कलेजहरुमा शुल्कको विषयमा भइरहेको आन्दोलनमा सत्तारुढ दल नेकपा निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले ऐक्यवद्धता जनाएको छ । नेकपा निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूले विज्ञप्ती निकाल्दै नेशनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज चितवन मेडिकल कलेजमा आन्दोलन गर्ने विद्यार्थीमाथि दमन, षडयन्त्र र ज्यान मार्ने धम्की आएको भन्दै आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियूले शुल्क फिर्ताको माग गर्ने विद्यार्थीलाई कलेज प्रशासनले हातपात गरेको र होस्टलमा बस्न रोक लगाएको भन्दै विरोध जनाएको छ । अनेरास्ववियूले बढी शुल्क लिएका मेडिकल कलेजलाई सरकारले तोकेको मितिभित्र शुल्क फिर्ता गर्न आग्रह समेत गरेको…

Read More

काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिकाले कृषकलाई जैविक विषादी तथा जैविक मल बनाउने प्रविधि सिकाएपछि विषादीको प्रयोगमा कमी आउन थालेको छ । नगरपालिकाले प्रशिक्षक कृषक उत्पादन गर्ने समेत उद्देश्यले ‘लभ ग्रिन नेपाल’को सहकार्यमा ६०० कृषकलाई एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि (आइपीएम) कक्षा सञ्चालन गरी उक्त प्रविधि सिकाइको हो । नगरप्रमुख महेश खरेलले ‘पाँचखाल नगर, कृषि नगर’ भन्ने उद्देश्यअनुरुप कृषिमा थप परिवर्तन ल्याउन यस्तो योजना ल्याइएको जनाउँदै उहाँले माटो परीक्षण गरी सुधार गर्न प्रदेश नं ३ सरकारबाट प्राप्त माटो परीक्षण ल्याव सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । “अब प्रत्येक वडामा मोबाइल माटो परीक्षण गर्ने योजनामा छौँ”, नगरप्रमुख खरेलले भन्नुभयो । माटो सुधारका लागि कृषकलाई सहुलियत…

Read More

काठमाडौं : अस्पताल व्यवस्थापनको विषयलाई लिएर भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो । झडपलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अस्पतालमा अनियमितता भएको भन्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षमा नयाँ व्यवस्थापन समिति गठन गरिएको थियो । तर पुरानो व्यवस्थापन समिति र प्रमुख राजनीतिक दल नेकपा र कांग्रेसले भने विरोध जनाउँदै आएको छ । अस्पताल सञ्चालन गर्दै आएको नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारीले नगरपालिकाले स्वायत्त संस्थामाथि अनधिकृत हस्तक्षेप गरी आफूहरूलाई पाखा लगाएको आरोप लगाउँदै आएको छ । अस्पताल व्यवस्थापन समितिको नेतृत्वमा…

Read More

काठमाडौं : गरिमा धानको बीउका कारण तेइस करोड बराबरको धान उत्पादनमा क्षति भएको छ । गरिमा धानको बीउबाट हुन पुगेको क्षति यकिन गर्न गठित समितिको प्रतिवेदन अनुसार देशका १३ वटा जिल्लामा झण्डै २३ करोड बराबरको क्षति भएको छ । यद्यपि उत्पादन लागतका हिसाबले १७ करोड क्षतिपूर्ती दिनुपर्ने प्रतिवेदनले देखाएको छ । समितिले १३ वटा जिल्लाको ६० वटा पालिकामा सर्वेक्षण गर्दा एक हजार ७८५ हेक्टर जमिनमा बीउको कारणबाट क्षति भएको भेट्टाएको छ । यसबाट आठ हजार पाँच सय टन धान उत्पादन कमी भएको प्रतिवेदनले जनाएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार उक्त समितीले मन्त्रालयलाई…

Read More

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघले आइतबार चितवनमा आयोजना गरेको सांसदसँग संवाद कार्यक्रममा उनले सरकार, विपक्षी, अन्य दल र आम नेपालीले सीमाका विषयमा एउटै आवाज बनाउनुपर्ने बताए । सार्वभौमसत्ता र जमीन दिने कुरामा नेपालीले कदापि सम्झौता नगर्ने भन्दै उनले यस विषयमा एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न नहुने बताए । उनले भने, “सीमा सबै मिलेर रक्षा गरौँ, देशको भूभाग गुमोस् भन्ने कसैले पनि चाहँदैन ।” एक ठाउँमा उभिएर कस्सिएर वार्ता गर्नुपर्ने भन्दै उनले भने, “ठूलो आवाज…

Read More

काठमाडौँ: नेपाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले केपी शर्मा ओलीको सहमतिमै भारतले नयाँ नक्सा सार्वजनिक गरेको भन्ने पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्ति लज्जाजनक भन्दै खेद प्रकट गरेका छन्। बाँस्कोटाले देउवाको अभिव्यक्ति चुनावी मसला भएको र उनले नेपाली जनतालाई विभाजन गर्ने कोसिस गरेको आरोप पनि लगाएका छन्। बाँस्कोटाले अन्तरराष्ट्रिय मान्यताका आधारमा छिमेकी भारतसँगको सिमाना विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने बताएका छन । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीका साथै सुस्तालगायत नेपालको भूमि रक्षाका लागि सरकारले दृढता र इमान्दारीसाथ पहल गरिरहेको उल्लेख गर्दै सरकारले…

Read More

रौतहट : सिमावर्ती भारतीय बजार बैरगनियादेखी रौतहट सदरमुकाम गौरसम्म सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटको तीन पाँग्रे सवारी साधन टेम्पोलाई रोक लगाउन उच्च अदालतले आदेश जारी गरेको छ । भन्सार नियम अनुसार कुनै पनि यात्रुबाहक भाडा उठाउने सवारी साधन भन्सार अनुमति नलिएर एक देशबाट अर्को देशमा गुड्न पाउँदैन । तर कानून र नियमलाई लत्याउँदै एक पैसा पनि भन्सार नतिर्ने तर दैनिक रुपमा नेपालमै गुड्ने हजारौं सवारी साधनलाई ट्राफिक प्रहरी, भन्सार तथा राजश्व कार्यालय समेतले कारबाही गर्न नसकेपछि नेपाली व्यवसायीहरुले उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जमा दायर गरेको निषेधाज्ञा युक्त परमादेश मुद्दाको सुनवाइ गर्दै अदालतले अवैध भारतीय टेम्पुहरुलाई गुड्न बन्देज…

Read More