Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    • अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
    • भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
    • नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत
    • नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 27
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कृषकले जैविक प्रविधि सिकेपछि विषादी प्रयोगमा कमी

    कृषकले जैविक प्रविधि सिकेपछि विषादी प्रयोगमा कमी

    पहिलोक्लिकपहिलोक्लिकNovember 24, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिकाले कृषकलाई जैविक विषादी तथा जैविक मल बनाउने प्रविधि सिकाएपछि विषादीको प्रयोगमा कमी आउन थालेको छ ।

    नगरपालिकाले प्रशिक्षक कृषक उत्पादन गर्ने समेत उद्देश्यले ‘लभ ग्रिन नेपाल’को सहकार्यमा ६०० कृषकलाई एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि (आइपीएम) कक्षा सञ्चालन गरी उक्त प्रविधि सिकाइको हो ।
    नगरप्रमुख महेश खरेलले ‘पाँचखाल नगर, कृषि नगर’ भन्ने उद्देश्यअनुरुप कृषिमा थप परिवर्तन ल्याउन यस्तो योजना ल्याइएको जनाउँदै उहाँले माटो परीक्षण गरी सुधार गर्न प्रदेश नं ३ सरकारबाट प्राप्त माटो परीक्षण ल्याव सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

    “अब प्रत्येक वडामा मोबाइल माटो परीक्षण गर्ने योजनामा छौँ”, नगरप्रमुख खरेलले भन्नुभयो । माटो सुधारका लागि कृषकलाई सहुलियत मूल्यमा प्रारम्भिक चरणमा एक लाख किलो चुन वितरण गर्ने योजना बनाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसबाट पाँचखालको उत्पादन क्षेत्रको माटोलाई पहिलेकै अवस्थामा ल्याइनेछ, क्षेत्र र माटोको अवस्था हेरी अग्र्यानिक खानयोग्य तरकारी उत्पादन गर्न कृषकलाई प्रेरित गरिनेछ ।”

    पाँचखालको तरकारी खेतीलाई प्रवद्र्धन गर्न १० लाख लिटर क्षमताको ‘रिचार्ज’ पोखरी निर्माण गरिएको छ भने तरकारी उत्पादनमा असर पु¥याएको प्लाइ उद्योगलाई बन्द गराई इँटा उद्योगलाई वातावरणमैत्री बनाउन पत्राचार गरिएको छ । “तरकारीमा विषादी न्यूनीकरण गर्न तथा कम लागतमा तरकारी उत्पादन गर्न आइपीएम पाठशालाले थप मद्दत गर्ने अपेक्षासमेत गरेका छौँ”, नगरप्रमुख खरेलले भन्नुभयो ।

    यसैगरी, पाँचखाल क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई तरकारी तथा अन्य बालीमा विषादी प्रयोग न्यूनीकरण सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । विद्यार्थीलाई अनाधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य तथा कृषि तथा वातावरणमा पर्ने असरबारे गत भदौ दोस्रो साताबाट सचेतना गराउँदै आइएको हो ।
    नगरको सहकार्र्यमा पाँचखाल क्षेत्रका विद्यालयका ९ र १० कक्षाका विद्यार्थीलाई कक्षामै विषादीको अनाधिकृत प्रयोगले मानव स्वास्थ्य तथा कृषि पर्यावरण प्रणालीमा पर्ने असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट जानकारी गराउँदै आइएको लभ ग्रिन नेपालमा कार्यकारी निर्देशक नारायण ज्ञवालीले बताउनुभयो ।

    सरकारी तथा निजीस्तरबाट सञ्चालित विभिन्न सेचतना कार्यक्रमले पाँचखालमा विषादी प्रयोग कम हुँदै गएको तथ्याङ्कले देखाएको छ । पाँचखाल क्षेत्रमा उत्पादित विभिन्न थरिका तरकारीमा विषादीको अवशेषको मात्र परीक्षण गर्दा खानयोग्य भन्दा पनि कम इमिसन रेट भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३५ देखि ४५ इमिसन रेटसम्म भएका तरकारी खानयोग्य हो भने पाँचखाल क्षेत्रमा हाल १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेका छन् ।

    Facebook Comments Box

    जैविक विषादी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026

    अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग

    November 25, 2026

    भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव

    November 25, 2026

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.