Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
हेटौँडा: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गर्नुभएको छ । आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा आज हेटौँडामा आयोजित करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले “राजधानी र नामकरणको विषयको चर्चा धेरै भयो, अबको १५ दिनभित्र टुङ्ग्याउँछु”, भन्नुभयो । कर तिर्नु सबैको दायित्व हो भन्दै जनताले कर तिरेर सरकारको कामलाई सहयोग गर्नुपर्नेमा उहाँले आग्रह गर्नुभयो । “देश ऋण र अनुदानबाट होइन, जनताले मेहनत गरेर बुझाएको करबाट राज्य सञ्चालन हुनुपर्छ”, मुख्यमन्त्री पौडेलले भन्नुभयो, “कर तिर्ने पद्धतिको विकास गर्नुपर्छ ।” उहाँले भन्नुभयो, “जनताले तिरेको कर सदुपयोग…
काठमाडौँ: नेपाल भ्रमण वर्ष, २०२० अभियानको प्रवद्र्धनलाई प्रभावकारी बनाउने उद्देश्यले ‘टेलिभिजन शो’ प्रसारण हुने भएको छ । निजी क्षेत्रको साझेदारीमा ‘पल्सर द नेक्ट डेस्टिनेसन’ पाक्षिक टेलिभिजन ‘ट्राभल शो’ निर्माण गरी प्रसारणको तयारी गरेको भ्रमण वर्ष सचिवालयलले आज यहाँ आयोजित पत्रकार सममेलनमा जानकारी दियो । नेपाल टेलिभिजन र हिमालय टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रममा नेपालका २६ पर्यटकीय गन्तव्यलाई समेटिएको छ । पर्यटनको उच्च सम्भावना बोकेका तर प्रचारप्रसारको अभावले ओझेलमा परेका गन्तव्यलाई उजागर गर्ने कार्यक्रमको लक्ष्य छ । गन्तव्यको ऐतिहासिक, भाषिक, सांस्कृतिक, धार्मिक स्थलसँगै त्यहाँको जीवनशैली, खानपान र कथा व्यथालाई समेटिएको छ । भ्रमण वर्षलाई सफल बनाउन र नेपालप्रति सकारात्मक भाव जगाउने…
काठमाडौं : निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्याइएको छ । हाल निजामती सेवाका कर्मचारीको उमेर हद ५८ बर्ष कायम रहेकोमा २ बर्ष उमेर थप गरी उमेद हद ६० पुर्याइएको हो । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले कर्मचारीको अवकास उमेर हद ६० वर्ष बनाउने निर्णय गरेपछि २०२१ सालदेखि पूर्ण रुपमा लागू हुने गरी कानूनी व्यवस्था गर्ने निर्णय गरेको छ । हाल स्वास्थ्य सेवाअन्तर्गतका कर्मचारी र शिक्षकको उमेर हद ६० वर्ष रहेको छ भने न्यायाधीशको उमेर हद ६३ वर्ष रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीले सबै राष्ट्रसेवकको उमेरमा समानता कायम गर्नुपर्ने प्रस्ताव…
पोखरा: बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गर्नुभएको छ । फेवातालको सुरक्षा व्यवस्था कडा बनाइएको छ । राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उहाँको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरिएको छ । उक्त दिवाभोजमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायतको सहभागिता रहनेछ । त्यसपछि, राष्ट्रपति हमिद रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौ : नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज बिहीबार पनि छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर ७२ हजार रुपैयाँ पुगेको छ । हिजो बुधबार पनि छापावाला सुनको भाउ २ सय रुपैयाँले बढेर ७१ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै, तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँ नै बढेर ७१ हजार ७ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार तेजाबी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँ थियो । चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँ बढेर ८ सय ६० रुपैयाँमा आइपुगेको छ । सुनचाँदीको बजार भाउ…
काठमाडौं : हिमालयन बैंकले २२प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आज बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०प्रतिशत बोनस सेयर र १२प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । बैंकले ८५ करोड २० लाख २५ हजार ५८४ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, १ अर्ब २ करोड २४ लाख ३० हजार ७०१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । गत वर्ष हिमालयनले ५प्रतिशत बोनस सेयर र १०.७९प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल बैंकको चुक्ता पुँजी ८…
काठमाडौं : एसीसी इमिर्जिङ टिम्स कप अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । बंगलादेशमा जारी प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४।५ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन बनाएको थियो । नेपालका लागि पवन सर्राफले अर्धशतकीय योगदान दिए । उनले ५६ रन बनाएका थिए । पवनले ४०औं ओभरको पहिलो बलमा यस राठोरको बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरे । खेलमा पवनले ४९ बलमा सात चौका र दुई छक्का प्रहार गरेका थिए । त्यसअघि शरद भेषावकरले ४४ रनको योगदान दिए । ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल दुई बल सामना गरेर शुन्यमै आउट…
काठमाडौँ: नेपालमा वित्तीय पहुँच तीब्र रुपमा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धिसँगै एकातिर शाखा विस्तार र अकोतर्फ वित्तीय प्रविधिको प्रयोग तीब्र रुपमा बढ्दैगएकोले वित्तीय पहुँच विस्तार हुँदै गएको नेपाल राष्ट्र बैंकले जनाएको हो । बैंक तथा वित्तीय संस्थाका प्रतिशाखा जनसंख्या करिब ३३०० मा आइपुगेको छ । निक्षेप खाता संख्या उल्लेख्य वृद्धि भई २ करोड ७८ लाख र कर्जा खाताको संख्या १४ लाख ४० हजार पुगेको छ । मोवाइल बैकिङ्ग प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार र जारी भएका डेविट कार्डको संख्या ६७ लाख ९ हजार पुगेको छ । पछिल्लो समयमा नेपालमा बैंकिङ्ग सेवामा पहुँच उल्लेख्य…
पर्सा : नेपालबाट भारत तर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित आज पर्साको पटेर्वासुगौली गाँउपालिकाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व सूचनाको आधारमा प्रहरीले गाउँपालिका–२ रङ्गपुर चोकबाट १० किलो गाँजासहित सोही गाँउपालिका– ४ निवासी शिवजन्म माझीलाई नियन्त्रणमा लिइएको हो । रङ्गपुर चोकमा पैदल हिँडिरहेका माझीमाथि शङ्का लागि चेकजाँच गर्दा उनले बोकेको झोलाबाट १२ वटा पोकामा रहेको दश किलो गाँजा बरामद भएपछि उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । उनले बरामद भएको गाँजा र पक्राउ परेका माझीलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखी अनुसन्धान अगाडि बढाइएको बताए…
परासी : बेलायतका जियो फिजिक्स विज्ञको संलग्नतामा पश्चिम नवलपरासीस्थित भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूप क्षेत्रमा चौँथो पटकको जियो फिजिक्स सर्भे (भू–भौतिक अध्ययन) सम्पन्न भएको छ । युनेस्कोमार्फत फ्रान्सको ओरेन्टिल कल्चरल हेरिटेज साइट प्रोटेक्सन एलाइन्सको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरह्याम विश्वविद्यालयका विज्ञ टोलीले एक हप्तासम्म विश्वसम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको स्तूप क्षेत्रमा बृहत् अध्ययन गरेको हो । कात्तिक २१ गतेदेखि शुरु भएको अध्ययन कात्तिक २७ गते सम्पन्न भएको पुरातत्व विभागका पुरातत्वविद् विष्णु पाठकले जानकारी दिएका छन । टोलीले स्तूप क्षेत्रमा जमिनको सतहमुनि रहेका संरचनाको अध्ययन गरी फर्किएको छ ।…