Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । दसैँ तिहारमा गाउँ फर्किनेहरूलाई सहयोग गर्नेगरी उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । सहायता कक्षहरु काठमाडौँ उपत्यकामा १४ ठाउँमा स्थापना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले जानकारी दिए । काठमाडौँको नागढुंगा, कलङ्की, बाफल, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, बल्खु, दक्षिणकाली र सुन्धारामा सहायता कक्ष स्थापना गरिएको छ । भक्तपुरको जगाते, ललितपुरस्थित सातदोवाटो र चापागाउँमा पनि सहायता कक्ष स्थापना गरेर ट्राफिक प्रहरीले सेवा दिइरहेको छ । अस्थायी रूपमा निर्माण गरिएको सहायता कक्षमा दुई जना ट्राफिक प्रहरी खटिन्छन् । ट्राफिकसँगै सम्बन्धित वृत्तका प्रहरी र सामुदायिक प्रहरी पनि खटाउने गरी उपत्यका प्रहरी कार्यालयले सुरक्षा…

Read More

रुम्जाटार: यहाँको रुम्जाटार विमानस्थलमा हवाई उडान पुनःसञ्चालनमा आएको छ । करिब पाँच वर्षपछि आइतबार विमानस्थलमा पुनः उडान भएको हो । विगतमा नियमित उडान हुँदा नेपाल एयरलाइन्सले काठमाडौँ–रुम्जाटार सेवा दिँदै आएको थियो । आज समिट एयरलाइन्सले परीक्षण उडान गरेको छ । काठमाडौँबाट चालक दलका चारसहित १८ यात्रु लिएर आएको समिट एयरले अवतरण गरेको थियो । वर्षातका कारण आएको बाढीले बिपी राजमार्ग बन्द हुँदा सिधा सवारीमा यात्रा गर्ने सम्भावना नभएकाले रुम्जाटारमा विमान आउँदा स्थानीयलाई यात्रा गर्न सहज भएको छ । यस विमानस्थलमा नियमित उडानको पहल गरिएको सांसद रामहरी खतिवडाले बताए । उनका अनुसार प्रत्येक साताको आइतबार समिट एयर र बुधबार नेपाल एयरलाइन्सले…

Read More

काठमाडौँ: सुनको भाउ सोमबार पनि घटेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार ४०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ५०० रुपैयाँ घटेको हो । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएका थियो । त्यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा…

Read More

काठमाडौँ: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् ।ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गर्नुभएको हो ।कोषमा ग्लोबल आइएमई बैंक लिमिटेडको ४ करोड ५० लाख, आईएमई लिमिटेडको २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सको १५ लाख र आईएमई लाइफको १५ लाख गरी कुल ५ करोड रुपैयाँ हस्तान्तरण गरिएको छ ।बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकहरुको राहत र उद्धारका लागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको बैंकका अध्यक्ष ढकालले बताउनुभयो ।चेक हस्तान्तरण कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष…

Read More

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौंको कालिमाटी, कुलेश्वर र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेका छन्। आइतबार अपरान्ह सम्बन्धित निकायसँग सो तरकारी तथा फलफूल बजारको अनुगमनमा पुगेका हुन्। बजारमा तरकारी तथा फलफूलको मूल्य आकाशीयपछि मन्त्री भण्डारी अनुगमनको निस्किएका हुन्। उनले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गर्ने पनि बताए। ‘तरकारी बजारको अहिले हामी अनुगमनको क्रममा छौँ। सम्बन्धित अधिकारीहरू हुनुहुन्छ। उहाँहरूले हेर्नुहुन्छ। उहाँहरूसँग हामीले पछिल्लो खरिदमूल्य कति छ, किसानहरुले कति प्राईसमा बिक्री वितरण गरेका छन्? अभाव छ, छैन? यी सबै कुराहरू हेरेर हामी बजार मूल्य तोक्छौँ,’ उनले भने। यसैबीच उपभोक्ताहरूले पनि तरकारी तथा…

Read More

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपली दूतावासहरुलाई निर्देशन दिएका छन्। ती देशमा अवस्थित नेपाली राजदूतहरूसँग मन्त्रालयबाट भर्चुअल बैठक गरी उनले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएका थिए। सो बैठकमा मन्त्री डा राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उहाँहरू र उनका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिएका थिए। सो बैठकमा मन्त्री डा राणाले भने, ‘कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरूको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि…

Read More

१२ जिल्लाका ४१ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा काठमाडौँ: सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने नीजि प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने भएको छ। मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको हो। विभिन्न भन्सार लगायतका स्थानमा यात्रुले ल्याउन र लैजान पाउने वस्तुको बारेमा ज्ञान नहुँदा समस्या पैदा हुने गरेको भन्दै आदेश जारी गर्न लागिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। बैठकले राजस्व न्यायाधिकरण बिराटनगरको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज चन्द र राजश्व न्यायाधीकरण नेपालगञ्जको कानून सदस्य तथा…

Read More

काठमाडौँ:नेपालको पश्चिम क्षेत्रबाट मनसुन (बर्खायाम ल्याएको मौसम प्रणाली) हटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको पूरै क्षेत्र, कर्णाली प्रदेशका धेरैजसो स्थान र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका पनि थोरै स्थानबाट आजदेखि मनसुन हटेको हो। महाशाखाले आज (असोज २० गते) जारी गरेको मनसुन बहिर्गमन बुलेटिनमा भनिएको छ : आज मिति २०८१ असोज २० (अक्टोबर ६) का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको छ। मनसुनी वायु कमजोर हुँदै गएको र केही दिनमा देशका बाँकी स्थानबाट पनि मनसुन बाहिरिने मौसम महाशाखाले जानकारी दिएको छ।

Read More

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गर्नुभएको हो । कोषमा ग्लोबल आइएमई बैंक लिमिटेडको ४ करोड ५० लाख, आईएमई लिमिटेडको २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सको १५ लाख र आईएमई लाइफको १५ लाख गरी कुल ५ करोड रुपैयाँ हस्तान्तरण गरिएको छ । बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकहरुको राहत र उद्धारका लागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको बैंकका अध्यक्ष ढकालले बताउनुभयो । चेक हस्तान्तरण कार्यक्रममा…

Read More

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले आज (असोज २० गते) सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन्। राष्ट्रपतिको कार्यालयले आइतबार बिहान जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसबमोजिम राउतलाई नेपालको प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। उनको शपथ आजै दिउँसो गरिने शीतलनिवास स्रोतले जानकारी दिएको छ। शपथपछि आजै पदभार ग्रहणका लागि सर्वोच्च अदालतले तयारी गरिरहेको छ। यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ६५ वर्षे उमेरहदका कारण गएराति १२ बजेबाट अनिवार्य अवकाश लिइसकेका छन्। त्यसैले उनको स्थानमा राउतलाई नियुक्त गरिएको हो।

Read More