काठमाडौँ: ग्लोबल आइएमई बैंकले यस वर्षको ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ प्राप्त गरेको छ।
बैंकले यो उसको अर्को महत्वपूर्ण सफलता हासिल मानेको छ छ!
बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, तथा ग्राहक केन्द्रित सेवाहरुको निरन्तर विकासले गर्दा सो उपलब्धि प्राप्त गर्न सफल भएका बैंकले जनाएको छ।
यो उपलब्धि बैंकका सबैको कर्मचारीहरुका लागि प्रेरणा भएको पनि बताएको छ। उसले भनेको छ, “यसले हामीलाई अझ रचनात्मक र उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गर्नेछ।”
ग्लोबल आइएमई बैंकलाई सो सम्मान प्रदान गरेकोमा ग्लोबल फाइनान्स म्यागाजिनलाई विशेष धन्यवादसमेत दिएको छ ।
Facebook Comments Box
