Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । सरकारले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागु नगर्नु भनि सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध भ्याकेटको निवेदन दर्ता गराएको छ । गृह मन्त्रालय हुँदै महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए । सरकारले यसअघि एकल इजलासबाट जारी भएको अन्तरिम आदेश खारेज हुनुपर्ने माग गरेको उनले बताए । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले प्रहरीको ३० वर्षे सेवा अवधि लागु नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकृतहरू एकसाथ सर्वोच्च अदालत पुगेका थिए । भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले गत…

Read More

काठमाडौँ: मंगलबार पनि सेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १११.९६ अंकले घटेको हो । आज घटेसँगै नेप्से २७८२ अंकमा कायम भएको छ । आज १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँ बराबरको ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर कारोबार भएको छ । अघिल्लो दिन १९ अर्ब ७४ करोडको कारोबार भएको थियो । आज २० कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने एउटाको स्थिर रह्यो । आज होटल तथा टुरिजम समूहको उपसूचक झिनो ०.४३ प्रतिशतले बढ्नुबाहेक अरु १२ वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ, डभलपमेन्ट बैंक, फाइनान्स र इन्भेष्टमेन्ट…

Read More

काठमाडौं । कर्मचारीहरुको तलब बढाउनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरकारले पुनरावलोकनको निवेदन दिएको छ । सरकारको निर्णय अनुसार महान्यायाधिवक्ता कार्यालयले आइतबार पुनरावलोकनको निवेदन दर्ता गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए । दाहालले भने, ‘उक्त फैसलाका विषयवस्तु त्रुटीपूर्ण रहेको र न्यायको रोहमा नमिलेको देखिएको दावी सहित सरकारले पुनरावलोकनको निवेदन दर्ता गर्ने निर्णय गरेको हो । निवेदन दर्ता भइसकेको छ ।’ कानूनतः सर्वोच्च अदालतको फैसला अन्तिम मानिन्छ । तर नयाँ प्रमाण भेटिएमा, नजीरसँग बाझिने फैसला भएमा मुद्दाको पक्षले फैसला पुनरावलोकनका लागि निवेदन दिन पाउने कानूनी व्यवस्था छ । पुनरावलोकनको निवेदन तीन सदस्यीय इजलासले अध्ययन गर्नेछ । त्यो इजलासमा यसअघि मुद्दाको…

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी बर्खास्त गरेको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिस अनुसार, उनलाई पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको हो। पार्टी केन्द्रीय कार्यालय, चःमतीमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए। पार्टी अनुशासन आयोगले ढकाललाई कारबाहीका लागि आवश्यक प्रमाणसहित साधारण सदस्यबाट पनि निकाल्नुपर्ने सिफारिस गरेको थियो। पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो। महामन्त्री र प्रवक्ता पदबाट निलम्बन गरेको रास्वपाले स्पष्टीकरणका लागि सुरुमा ३५ दिनको समय दिएको थियो। त्यसपछि पनि उनलाई पार्टीले दोहोर्‍याएर स्पष्टीकरणको मौका दिएको…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका छन् । सभापति देउवाले आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा उनीहरुसँग छलफल गर्न लागेका हुन् । सभापति देउवा निकट एक नेताले दिएको जानकारी अनुसार बिहान ११ बजे हुने छलफलमा केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउने प्रयास हुनेछ । ‘विश्वजीको एक्जी पोलीसी र निर्वाचन अघिको गठबन्धनको विषयमा छलफल हुनेछ । सभापतिज्यूले यसलाई परिमार्जन गराउन छलफल बोलाउनुभएको हो‚’ देउवा निकट नेताले भने । महामन्त्रीद्वयसँग छलफल सकेपश्चात् देउवाले पदाधिकारी बैठक बोलाउने तयारी गरेका छन् । ‘पहिला महामन्त्रीसँग छलफल सकेर पदाधिकारी बस्ने…

Read More

काठमाडौँ:प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) संसद्‌मा सम्बोधन गर्ने भएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेताका रूपमा सम्बोधन गर्ने भएका हुन्। उनले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। ‘देशको पछिल्लो राजनीतिक अवस्थाबारे संसद्‌मा बोल्ने कार्यसूची छ’, पाण्डेले भने। आफूसँगको सत्ता सहकार्य एकाएक भंग गर्दै नेकपा एमालेले नेपाली कांग्रेससँग मिलेर सरकार बनाएयता प्रचण्ड रुष्ट छन्। उनले सार्वजनिक कार्यक्रमहरूमा दुई ठूला दलको गठबन्धन सरकारलाई भ्रष्टहरूको सरकार भनी आलोचना गरिरहेका छन्।

Read More

दर्जन इभी कम्पनीहरुले प्रदर्शन गर्दै आफ्ना गाडी काठमाडौँ: नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो सो २०२४ आज (भदौ ११ गते) काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदै छ। आजदेखि ६ दिन अर्थात् भदौ १६ गतेसम्म चल्ने नाडा अटो सोमा नाडाका अनुसार प्रदर्शनीमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ। प्रदर्शन अवलोकनका लागि खल्ती एपबाट २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ। यस वर्ष नाडाले विद्युतीय सवारीसाधनमा जोड दिएको छ। पछिल्लो समय विद्युतीय सवारी साधन माग बढ्दो छ। नाडा अटो सोमा झन्डै दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै छन्। नयाँ ब्रान्ड र यसअघि नै सवारीसाधन…

Read More

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीले ईपीजीको प्रतिवेदन नबुझेको भन्दै प्रतिवेदन बुझ्नु राम्रो हुने बताएका छन्।सोमबार राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष कमल थापाद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूले कुरा गरेरै ईपीजी बनाएको भएपनि भारतीय प्रधानमन्त्रीले प्रतिवेदन नबुझेको बताए। ‘मोदीजी र मैले कुरा गरेरै प्रबुद्ध व्यक्तिहरुको समूह बनाएका थियौँ। चार जनाको समुह बनाएर दुई वर्षसम्म काम ग¥यो। डा. भेषबहादुर थापाजस्ता प्रवुद्ध व्यक्तित्व, निलम्वर आचार्यजस्ता प्रवुद्ध व्यक्तित्व। उहाँहरुकै अगुवाईमा हामीले गरेका थियौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर के कारणबाट भारतले त्यो बुझेको छैन। निर्णय के भएछ त्यहाँ भने,…

Read More

काठमाडौँ: वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट…

Read More