Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
- १०९ विद्यालयमा साढे ६ अर्ब लगानी, के के मा हुनेछ खर्च?
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ ः सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभाग भारतबाट अतिक्रमण भइरहेको जनाउँदै कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग गरी रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षामन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आज दायर गरेको रिट निवेदनमा भारतबाट अतिक्रमित नेपालका जग्गा तथा सिमाना निर्धारणका लागि आवश्यक कूटनीतिक पहल तथा नीतिनियम र निर्देशन गरी राष्ट्रहित कार्य गर्नका लागि परमादेशको माग गरिएको छ । रिट निवेदनमा नेपालको संविधानमा राष्ट्रिय हित तथा राष्ट्रिय सुरक्षासम्बन्धी सार्वभौमसत्ता सम्पन्न जनताको हकअधिकार र राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमानको रक्षा गर्न भएको व्यवस्थाअनुसार सुरक्षा गर्न माग गरिएको छ…
काठमाडौँ: मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न भएको अभियोग लागेका निदान अस्पतालका सिइओ, डाक्टरसहित पाँच जनालाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ। मंगलबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला अदालत ललितपुरले जनाएको छ। अदालतले काठमाडौं-२६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बा-३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका-९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आलेलाई थुनामा पठाएको हो। भट्टराई निदान अस्पतालका कानुनी सल्लाहकार र आले जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत हुन्। उनीहरूको मिलेमतोमा एक बिरामीको मिर्गौला शंकरलाल लामालाई विक्री गरिएको प्रहरीको…
काठमाडौँ: काठमाडौं जिल्ला अदालतले दरबारमार्गको होटेल ल्याण्डमार्कमा भएको सामुहिक बलात्कार काण्डका मुख्य अभियुक्त शैलेस कार्कीलाई ५ वर्ष २ महिना कैद र पीडित युवतीलाई सात लाख क्षतिपूर्ती भराउने फैसला गरेको छ। न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले कार्तिक २१ गते आंशिक अभियोग मागदाबी पुग्ने भन्दै अन्य दुई अभियुक्त पुत्र विकास गौतम र दीपक श्रेष्ठलाई जनही १४ महिना कैद सजाय सुनाएको हो। गौतम र श्रेष्ठ एक ठेकेदारका पुत्र हुन्। सरकारी वकिल कार्यालयले कार्कीसहित तीन जनाविरुद्ध २०७५ जेठ ४ मा मुलुकी ऐनको जर्बजस्ती करणी महल अनुसार सजाय मागदाबीसहित मुद्दा दर्ता गरेको थियो। दरबारमार्गको होटल ल्यान्डमार्कमा २०७४ माघ ७ मा एक युवतीमाथि उनकै…
भद्रपुर: झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतको कात्तिक २५ गतेको आदेश अनुसार सबै ६ जनालाई झापा जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । कारागार चलान भएका अभियुक्तमा झापा जिल्ला प्रशासन कार्यालयका खरिदार तेजिन्द्र न्यौपाने, विर्तामोड नगरपालिका–८ का वडासचिव लोकराज बराल, जिल्ला प्रशासन कार्यालय झापाको मूलढोका अगाडि नेसनल फोटो स्टुडियो चलाउने भद्रपुर–१० का भीमबहादुर लिम्बू, लेखापढी सम्बन्धी काम गर्ने भद्रपुर–१० का प्रेमराज तिम्सिना, विर्तामोड–५ बस्ने टेकबहादुर गुरुङ र भारत किसनगञ्ज…
चितवन: सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप (मिनी पानीजहाज)को परीक्षणयात्रा (टेष्ट ड्राइभ) यही महिनामा गरिने भएको छ । नोभेम्बरभित्र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा क्रुज निर्माणकार्य भइरहेको छ । क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार क्रुजको बाहिरी भागमा सिसा राख्न मात्र बाँकी रहेको छ । इञ्जिन जडान भइसकेको छ । भित्री भागमा कुर्सी, टेबल, भान्छा, बार बन्ने क्रममा रहेको छ । शौचालयलगायतका अन्य निर्माणका काम पनि सम्पन्न भएको छ । विदेशी प्राविधिक…
काठमाडौं : नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद राजनीतिक भेटवार्तामा व्यस्त भएका छन् । आज बुधबार बिहान नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले राष्ट्रपति हमिदसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका लागि प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा पुगेका थिए । प्रचण्डभन्दा अगाडि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले हमिदलाई भेटेका थिए । यसैगरी २ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदलाई भेट्ने कार्यक्रम छ । यसैगरी दिउँसो २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले र सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रपति हमिदसँग भेटवार्ता गर्ने समय निर्धारण गरिएको छ । त्यसपछि…
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले टुँडिखेल आसपास क्षेत्रमा शुरु गरेको सार्वजनिक सवारी साधनले यात्रु कुरेर बस्न नपाउने ‘पिक एण्ड ड्रप’ कार्यक्रमको प्रभावकारिता न्यून देखिएको छ । काठमाडौँ महानगरपालिकाले गत पुस १ गतेदेखि टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट, आरएनएसी र जमलमा शुरु गरेको उक्त कार्यक्रमको प्रभावकारिता अत्यन्तै न्यून देखिएको हो । कार्यक्रम शुरु भएको एक वर्ष बित्नै लाग्दा सवारी चालकहरु ट्राफिक प्रहरीका आँखा छली सवारी साधन रोकी यात्रु कुर्ने प्रवृत्तिमा कमी हुनसकेको छैन । जसका कारण जामको समस्या ज्यूँको त्यूँ देखिन्छ । आफ्नो गन्तव्यमा पुग्न लामो समयसम्म कुरेर बस्नुपर्दा यात्रुलाई पनि सास्ती र चालकले पनि लामो समय एकै स्थानमा बिताउँदा…
काठमाडौँ : चीन–दक्षिण एशिया मैत्री सङ्गठन मञ्चको छैटौँ सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ । दक्षिण एशिया र चीनबीचको सम्बन्ध मजबुत बनाउने उद्देश्यले प्रत्येक दुई÷दुई वर्षमा आयोजना गरिने सो सम्मेलन दोस्रो पटक नेपालमा आयोजना भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त सम्मेलन शुभारम्भ गरे । परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेलले दक्षिण एशिया र चीनबीच विगतदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको र यस्ता कार्यक्रमले सम्बन्धलाई थप मजबुत बनाउन सहयोग मिल्ने बताए । अन्य देशसँगको मैत्री सम्बन्धका लागि चोककिङ जनसङ्घ, चीन (सिपिएएफएफसी) का उपाध्यक्ष लिन यीले चीन विगतदेखि नै दक्षिण एशियाका देशसँगको हार्दिकपूर्ण सम्बन्धको पक्षमा रहेको…
काठमाडौँ :काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् समिर श्रेष्ठका अनुसार बिहान आकाश खुला भए तापक्रम घट्ने र बदली भए बढ्ने हुन्छ । चिसो निरन्तर बढ्दो क्रममा रहेको छ । यस वर्ष उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको । “सिजनल इफेक्टले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो,…
काठमाडौँ : शिख धर्मका प्रवर्तक गुरु नानकको ५५०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । उनले शिख धर्मग्रन्थ ‘गुरु गन्थ साहिब’ को रचना गरेका थिए । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत उनैले गरेका हुन । गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु गन्थ साहिब’ पाठ गराउनका साथै साधुसन्तलाई भण्डारा गरिएको स्वामी गोकुलानन्दले जानकारी दिए । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी उनको जन्मजयन्ती मनाइँदैछ । प्रमुख वैष्णव सम्प्रदायमध्ये निम्बार्क…