Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: लामो समयदेखि पानीविहीन ऐतिहासिक रानीपोखरीमा आगामी माघ महिनासम्ममा पानी राख्ने तयारी भएको छ । राष्ट्रिय पुनरनिर्माण प्राधिकरणले आउँदो पुस मसान्तसम्ममा रानीपोखरीको पिँधमा कालो माटो राखी माघमा महिनाभित्र पानी राख्ने तयारीका साथ काम भइरहेको जनाएको छ । पिँधमा राख्ने माटो भक्तपुर, पनौती र सतुङ्गलबाट ल्याइनेछ । पोखरी पुनरनिर्माण शुरुआती समयमा यहाँ रहेको माटो र पानी अन्तै लगिएको हुनाले अहिले राख्ने तयारी गरिएको हो । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनरनिर्माणको जिम्मा प्राधिकरणले पाएसँगै कामले गति लिएको छ । शुरुको समयमा पुनरनिर्माणको जिम्मा काठमाडौँ महानगरपालिकाले पाए पनि काम हुन…

Read More

काठमाडौं : नेपाल बङ्गलादेश बैंकले गत आर्थिक २०७५ र ०७६ को लाभांश प्रस्ताव गरेको छ । कार्तिक १५ गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर समेत ७ प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो। यसअनुसार बैंकले ४० करोड ४४ लाख १४ हजार ९६१ रुपैयाँ बराबरको बोनस र ५६ करोड ६१ लाख ८० हजार ९४५ रुपैयाँ नगद लाभांश गरि कूल ९७ करोड ५ लाख ९५ हजार ९०६ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली तेस्रोपटक डायलासिस गराउन आज आइतबार बिहान ग्रान्डी अस्पताल पुगेका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मिर्गौला डायलासिसका लागि अहिले बिहान प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल पुगेका हुन्। प्रधानमन्त्री अस्पताल गएपछि आज बिहान बालुवाटारमा बस्ने भनिएको मन्त्रिपरिषद् बैठक सारिएको छ। बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिहरूलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिनाका साथै सरकारको कामलाई प्रभावकारी गराउनेलगायत विषयमा छलफल हुने तयारी थियो। डायलासिस गराउन ४ घण्टा लाग्ने भएकाले मन्त्रिपरिषद् बैठकपछि आजै दिउँसो बस्ने भनिएको नेकपा सचिवालय बैठक पनि बस्ने नबस्ने अनिश्चित भएको छ। यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डीमा दुई पटक डायलासिस गराइसकेका छन्। हिजो (शनिबार)…

Read More

काठमाडौं  : जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु हुँदैछ । गत शुक्रबार जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको थुनछेक बयान भएको थियो । बयान लामो भएपछि थुनछेक बहस आजका लागि सारिएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । महराले बयानमा वारदात स्थलमा नपुगेको दाबी गरेका छन् । घटना भएको भनिएको घर छेउ पुगे पनि सम्पर्क नभएपछि भित्र नछिरी फर्किएको उनको बयान छ । महरालाई प्रहरीले पुनः ग्राण्डी अस्पताल लगेका छन् । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरा…

Read More

जनकपुरधाम : आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए । अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई…

Read More

भद्रपुर: नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्य बोकेर शारीरिक सुगठनका नेपाली च्याम्पियन राम दाहाल संयुक्त अरब इमिरेट्समा आयोजना हुने विश्व शारीरिक सुगठन च्याम्पियनसिप प्रतियोगितामा भाग लिन जानुभएको छ । उहाँलाई आज बिर्तामोड उद्योग वाणिज्य सङ्घले एक कार्यक्रमबीच सफलताको शुभकामनासहित बिदाइ गरेको छ । यही कात्तिक २१ देखि २४ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजना हुने विश्व च्याम्पियनसिप प्रतियोगितामा नेपाललगायत ९० मुलुकका खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । दुबई जाने नेपाली टोलीमा दुई जना खेलाडीसहित सात जना रहनु हुनेछ । “मुलुकलाई स्वर्ण पदक दिलाउने लक्ष्य बोकेर दुबई जाँदैछु”, रासससँगको कुराकानीमा उहाँले भन्नुभयो । दुबईमा उहाँले ६० केजी तौल समूहबाट प्रतिष्पर्धा गर्दै…

Read More

काठमाडौँ: चीनको उहानमा भएको सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामार्फत नेपाली सेना सैनिक कूटनीतिक सम्बन्ध विस्तार र खेलक्षेत्रमा विकसित अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न सफल भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलद्वारा आयोजित उक्त प्रतियोगितामा नेपाली सेना पदक प्राप्त गर्ने सूचीमा भने परेन । नेपाली सेनाका महासेनानी शशीकिरण रायमाझी भन्छन्, “यस पटक मेडल प्राप्त गर्न सकेनौँ, तर पनि धेरै राष्ट्रलाई पछि पार्न सफल रह्यौ । विभिन्न मुलुकका सेनासँग मित्रता कायम गर्ने र ओलम्पिक विजेतासम्मका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्यो, जुन हाम्रा लागि निकै महत्वपूर्ण र गौरवको विषय हो ।” नेपालले फ्रान्स, म्यान्मा, लक्जेम्बर्ग, बुर्गीना फाँसोलगायतका देशलाई बक्सिङ र ब्याडमिन्टनजस्ता…

Read More

काठमाडौँ: नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो । विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालीमका लागि प्रयोग गर्ने उद्देश्यले विमान खरीद गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । जम्मा ५१ यात्रु सिट क्षमताको उक्त विमानले प्यारा तालीममा रहेका ३५ सैनिकलाई एकैपटक बोक्न सक्छ । कासा विमान कम्पनीबाट उत्पादित सो विमानले पहिलो उडान सन् १९८३ नोभेम्बर ११ मा गरेको थियो…

Read More

भद्रपुर: झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेका छन् । दुवै जनालाई आज बिहान ७ बजे मृतावस्थामा स्थानीय नवज्योति सामुदायिक वनभित्रको एउटा खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ । माछा मार्न जाने क्रममा दुवै जना विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

Read More

बनेपा: काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बिपी राजमार्ग खण्डको पात्लेखेतस्थित आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिÞल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । उहाँका अनुसार सडकबाट अन्दाजी १०० मिटर तल खस्दा टिपर चालक सिन्धुलीका २४ वर्षीय गणेशबहादुर कार्कीको मृत्यु भएको हो । बालुवा लिएर आएको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने जनाइएको छ ।

Read More