Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

रूपन्देही: व्यावसायिक तरकारी खेती गर्न भन्दै प्रदेश सरकारबाट रूपन्देहीको शुद्धोधन गाउँपालिका–३ स्थित अधिकारी तरकारी फर्मले चार लाख अनुदान लियो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र स्वयं किसानबाट ५०÷५० प्रतिशत गरी कुल आठ लाख लागत हुनेगरी तरकारी खेतीका लागि अनुदान उपलब्ध गराइएको थियो। तर प्रदेशको कृषि, वन तथा वातावरण समितिले स्थलगत अनुगमन गर्दा खेतमा तरकारी होइन, तोरी हुर्कंदै थियो। सरकारी अनुदान दुरुपयोग भएको यो एउटा दृष्टान्त हो। समितिले १२ वटै जिल्लामा अनुगमन गर्दा सरकारले उपलब्ध गराएको अनुदानको चरम दुरुपयोग भएको प्रतिवेदन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा बुझाएको छ। विषयगत समितिको बैठकमा अनुदानको चरम दुरुपयोग गरेर कर्मचारीले कमिसन लिएको…

Read More

काठमाडौं : नेपाल–भारत सीमा विवादलाई कूटनीतिक संवादबाटै समाधान गर्ने कि अन्तर्राष्ट्रियकरण गर्ने भन्नेमा बहस सुरु भएको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रियकरण गर्न जरुरी नभएको प्रतिक्रिया दिएका छन्। सीमासम्बन्धी जानकार र कूटनीतिज्ञले पनि अन्य विकल्पबाट समाधान नभए मात्रै अन्तर्राष्ट्रियकरण गर्नुपर्ने सुझाव दिएका छन्। पूर्वराजदूत दीपकुमार उपाध्याय सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न सजिलो नभएको बताउँछन्। समाधानका लागि पहिला कूटनीतिक पहल गर्नुपर्ने, त्यो नभए राजनीतिक स्तरबाट समाधान गर्नुपर्ने र त्यसबाट पनि समाधान नभए अन्य विकल्पमा जान सकिने उनको भनाइ छ। उनले भने, ‘लडाइँबाट समस्या समाधान हँुदैन। प्राथमिकता र निरन्तरताले मात्रै सीमा विवाद टुंग्याउन सकिन्छ।’ उनले सीमा विवाद समस्या समाधानमा राष्ट्रिय सहमति जुटेकाले खुट्टा नकमाउन…

Read More

इलाम: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको भूमि जोगाउन सरकार कटिबद्ध हुनुपर्ने बताउनुभएको छ । आज इलाम सदरमुकाममा आयोजित आमसभामा वरिष्ठ नेता पौडेलले भूमि जोगाउन सरकारले पहल गरेमा सक्दो सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो । भारतले केही समय अघि मात्रै सार्वजनिक गरेको ‘राजनीतिक नक्सा’का बारेमा बोल्दै पौडेलले वर्तमान सरकारले आफ्नो भूभाग जोगाउन चाँडो पहल शुरु गर्नुपर्ने उल्लेख गर्नुभयो । “हामीले अन्तर दलीय छलफलमा पनि भनेका छौँ, सरकारले प्रत्यक्ष रूपमा छलफल गर्नुपर्छ भनेर”, उहाँले थप्नुभयो, “देशको सबै सीमा क्षेत्रमा सीमा समस्या छ । त्यसका बारेमा पनि सरकारले आधिकारिक धारणा राख्नुपर्छ ।” उहाँले सांस्कृतिक, पहिचानको धनी भएकाले सीमा समस्या हटाउन…

Read More

काठमाडौँ: ठगी आरोपमा पक्राउ परेका पूर्व सहायकमन्त्री रुपज्योती थुनामुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई ठगी मुद्दा चलाउनुपर्ने नदेखिएको रायसहित मिसिल उच्च सरकारी वकिलको कार्यालय पाटनमा पठाउने निर्णय गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी नुमराज खनालले रुपज्योतीलाई हाजिरी जमाना छाड्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई पत्र लेखेर पठाइएको बताए । सरकारी वकिलको पत्र आएसँगै रुपज्योतीलाई नियमअनुसार छाडिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । गत २१ कात्तिकमा विज्ञेन्द्रकृष्ण मल्लको जाहेरीका आधारमा रुपज्योति र उनकी छोरी सुरुची ज्योति सिंगापुरबाट नेपाल फर्किनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । मल्ल र ज्योति परिवारबीच कुरा मिलेर मुद्दा फिर्ता…

Read More

काठमाडौँ: १२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका कांग्रेस सांसद मोहमद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको छ। ८ दिन लामो थुनछेक बहस सुनेपछि शुक्रबार न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको आलमका पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बताए। उनलाई जिल्ला कारागार रौतहटमा राख्ने आदेश दिइएको जिल्ला अदालत रौतहटका स्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए। अब अदालतले सरकारी साक्षी र आलमका साक्षीहरूको बयान लिने छ। मुद्दाको मूल विषयमा पनि बहस हुने छ। त्यसपछिमात्रै आलमको मुद्दामा अदालतले फैसला गर्ने छ। यी सबै प्रकृयाको कहिले हुन्छन् भने यकिन…

Read More

काठमाडौँ : जिल्ला अदालत काठमाडौँले अभिनेत्री शिल्पा पोखरेललाई बहुविवाह मुद्दामा साधारण तारेखमा बस्न आदेश दिएको छ । न्यायाधीश मुकेश उपाध्यायको इजलाशले पोखरेललाई साधारण तारेखमा बस्न आदेश गरेको हो । निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल आज अदालतमा हाजिर भएपछि सो आदेश भएको हो । निर्माता ओझाको प्रथम पत्नी हेमाकुमारी ओझाले बहुविवाहको मुद्दा दायर गर्नुभएको थियो । जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राय पुर्जी जारी गरेको थियो ।

Read More

भद्रपुर: झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती शुरु गरेको हो । गत वर्ष चार कठ्ठा जमीनमा गरिएको सो खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३० बिघा जमीनमा लगाइएको प्रालिका स्रोत व्यवस्थापन प्रमुख रामशरण तिम्सिनाले बताउनुभयो । उहाँका अनुसार भारतको कलकत्ताबाट चार प्रकारका स्ट्रबेरीको बिरुवा ल्याएर धमाधम रोप्न थालिएको छ । प्रायः चिसो र उच्च क्षेत्रमा मात्र हुने भनिएको स्ट्रबेरीको यहाँ गरिएको परीक्षण सफल भएपछि यति ठूलो मात्रामा व्यावसायिक खेती गर्न लागिएको जानकारी दिँदै प्रमुख तिम्सिनाले स्वीट सेन्सेसन, स्वरीडा ब्यूटी, क्यामारुजा र नामिलिया नामक जातका…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज फणीन्द्र नेपाल र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले नेपाल–भारत सिमानाको नेपाली भूमि संरक्षणका विषयमा छुट्टाछुट्टै दायर गर्नुभएको रिट निवेदनमा सो आदेश जारी गरेको हो । दुवै रिट निवेदनलाई अग्राधिकार दिएर सुनुवाइ गर्ने र सीमा सुरक्षाका विषयमा भएका पहलका विषयमा १५ दिनभित्र लिखित जवाफ माग गरिएको छ । पाटन क्याम्पसका उपप्राध्यापक नेपाल र अधिवक्ता सुजित केसीले संयुक्त रुपमा नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्शामा लिम्पियाधुरालार्ई समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा यही कात्तिक २७ गते रिट निवेदन दायर गर्नुभएको…

Read More

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गर्नुभएको छ । मन्त्रालयले आज आयोजना गरेको ‘सामाजिक सुरक्षा कोष कार्यान्वयन’ विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले सबै कर्मचारीलाई सुरक्षित गराउन ल्याइएको कोषमा सबै सहकारीलाई आबद्ध हुन आग्रह गर्नुभएको हो । उहाँले सरकार र जनताको चाहना नै गरीबी तथा अभावबाट मुलुकलाई मुक्त गर्नु भएकाले श्रमिकको हकहितका लागि सुरक्षा कोषको शुरुआत गरिएको बताउनुभयो । सहकारीले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउने अभियान चलाएको उल्लेख गर्दै उहाँले अब सामाजिक सुरक्षा कोष लागू गरेर सहकारीले सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले सहकारीमा काम…

Read More

कास्की : आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) भव्य बनाउने तयारीमा आयोजक नेपाल जुटेको छ । सन् १९८४ मा नेपालबाट नै सागको शुरुआत भएकामा सन् १९९९ मा तेस्रो संस्करणको आयोजनापछि नेपाललाई दुई दशकपछि प्रतियोगिता आयोजना गर्ने अवसर जुरेको हो । दक्षिण एशियाली राष्ट्रका बीचमा खेलकूदको सबैभन्दा ठूलो प्रतियोगिता पहिलोपटक नेपालबाटै शुरुआत हुनु र २० वर्षपछि आयोजना गर्ने अवसरलाई सदुपयोग गर्दै भव्य बनाउने तयारीमा युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद् (राखेप), ओलम्पिक कमिटी तथा खेल सङ्घहरु रहेका छन् । सन् २०१६ मा भारतको गुहाटी र सिलोङमा सम्पन्न १२औँ संस्करणबाट १३औँ साग आयोजना गर्ने…

Read More