Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यान्मासँग मैत्रीपूर्ण खेल खेल्दैछ । म्यान्माको मन्डला थिरी स्टेडियमा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ म्यान्माको सामना गर्दैछ । खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजे शुरु हुनेछ । म्यान्मासँग नेपालले यसअघि एकपटक प्रतिस्पर्धा गरेको थियो जसको नतिजा म्यान्माको पक्षमा थियो । सन् २००८ मा भारतको हैदरावादमा भएको एएफसी च्यालेञ्ज कपमा नेपाल म्यान्मासँग ३–० गोल अन्तरले पराजित भएको थियो । विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ भने म्यान्मा समूह एफमा छ । विश्वकप छनोटको सबै अवे खेल खेलिसकेको नेपालले…

Read More

बागलुङ: चार वर्षअघि जैमिनी नगरपालिका–१० राङ्खानीका किसानले सुकेको अलैँची प्रतिकिलो रु दुई हजार २०० मा बेच्थे । अलैँची व्यापारी खरिदका लागि किसानको घरघरै पुग्थे । राम्रो भाउ पाउँदा किसान खुशी थिए । अहिले अलैँचीको मूल्य घटेर प्रतिकिलो रु पाँच सय पुगेको छ । फलेको अलैँची पनि बेच्नै गाह्रो छ । उचित मूल्य नपाएपछि अलैँची किसान निराश छन् । राङ्खानी, माझगाउँका किसान मनबहादुर श्रीषले अलैँची खेतीबाट आफू निरुत्साहित बनेको प्रतिक्रिया दिनुभयो । “शुरुमा राम्रो भाउ पाएपछि उत्साहित भएर अलैँची खेतीतिर लागियो”, उहाँले भन्नुभयो, “अहिले त खर्च पनि उठ्न छोड्यो ।” श्रीषले तीन रोपनी जग्गामा व्यावसायिक अलैँचीखेती गर्दै आउनुभएको छ ।…

Read More

बनियानी: नक्कली कागजात तयार गरी रु चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली कागजात बनाएर काठमाडौँ–३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीको लागि बैंकबाट रु चार करोड ६० लाख कर्जा निकालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सुनसरी इटहरीका एभरेष्ट कन्सल्टेन्सीका इञ्जिनीयर भेषराज खत्री, मोरङ बेलबारी–३ का इञ्जिनीयर कर्ण चामलिङ, मकवानपुर हेटौँडा–४ घर भई काठमाडाँै–३१ नयाँ बानेश्वरमा बस्दै आएका सुरेन्द्र श्रेष्ठ, काठमाडौँ–३ महराजगञ्ज चक्रपथका भुपेन्द्र श्रेष्ठ,…

Read More

बाँके: पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको निकुञ्जका अधिकारीहरु बताउँछन् । बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हँुदै मानव बस्तीतर्फ बाघ पस्न थालेका छन् । निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रवेश गर्न थालेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले बताउनुभयो । निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले यसको न्यूनीकरणका…

Read More

गलेश्वर: यस वर्षको शरद याममा संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८१६७ मि) को आरोहणका लागि तीन समूहका ३१ जनाले अनुमति लिएका छन् । पर्यटन विभाग पोखराका अनुसार कात्तिकको पहिलो सातासम्म शरद याममा धवलागिरि हिमाल आरोहणका लागि ३१ जनाले अनुमति लिएको र उनीहरुबाट रु ३२ लाख रोयल्टी प्राप्त भएको छ । यस वर्षको शरद यामका लागि पर्यटन विभागले कात्तिकसम्म दिएको अनुमतिबाट रु ३२ लाख आठ हजार पाँच रोयल्टी उठेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धवलागिरिको पश्चिम मोहडाबाट आरोहण गर्ने अनुमति लिएको जनाइएको छ । धवलागिरि गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सिमाना तथा छिमेकी जिल्ला मुस्ताङबाट समेत धवलागिरि हिमालमा जान सकिने…

Read More

काठमाडौँ: १४ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको बिहीबार मनोनयन दर्ता हुँदैछ । स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ गते तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरूले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन सक्नेछन् । मनोनयन दर्तापछि बिहीबारै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गराएका उम्मेदवारहरूको सूची प्रकाशित हुनेछ । भोलिपल्ट शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारहरूविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ । २३ गते दिउँसो साढे १ बजेसम्म उजुरीउपर जाँचबुझ गरी सोही दिन…

Read More

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले १५ प्रतिशतसम्म विद्युत्को महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ । प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत् नियमन आयोगसमक्ष महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो । नियमन आयोगले ‘विद्युत् उपभोक्ता महशुल निर्धारण निर्देशिका २०७६’ मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेकै दिन प्राधिकरणले महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो । नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले प्राधिकरणले बुधबार मात्र महशुल वृद्धिका लागि प्रस्ताव गरेको जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन् ।

Read More

गौर : निलम्बित सांसद मो. अफताब आलम जोडिएको बम विस्फोट र हत्याका घटना भएको तत्कालीन प्रहरी अधिकारीहरूले स्वीकार गरेका छन्। तर, जबाफदेहिताबाट उनीहरू पन्छिएका छन्। आलमलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरीसामु उनीहरूले ‘हो, घटना भएको थियो’, ‘थाहा थियो’, ‘कारबाही गर्नू भनेको थिएँ’ जस्ता उत्तर दिएका छन्। त्यस बेलाका जिल्ला र इलाका इन्चार्जदेखि केन्द्रैसम्मका प्रहरी अधिकारीमाथि थाहा पाएर पनि कारबाहीको दायरामा नल्याएको प्रश्न उब्जिएको छ। प्रहरीसँगको उनीहरूको बयान यस्तो छ– विस्फोट भएकै हो ओमविक्रम राणा, तत्कालीन प्रहरी महानिरीक्षक विस्फोट सम्बन्धमा अनुसन्धानमा रहेका अधिकृतले घटना विवरण जानकारी गराए। त्यतिखेर बम बिस्फोट भएको देखिन्छ। केही मानिस घाइते भएको र केही मृत्यु भएको…

Read More

काठमाडौँ : स्वीस सरकारले झोलुङ्गे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न रु दुई अर्ब दश करोड अनुदान सहयोग उपलव्ध गराउने भएको छ । अनुदान सहयोगसमम्बन्धी समझदारीपत्रमा नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजावेथ फ पेलर ओस्वाल्ड र अर्थ सचिव राजन खनालले आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा दिइएको जानकारीअनुसार नेपालका दुर्गभ भेगका आठ हजारभन्दा बढी स्थानामा निर्मित झोलुङ्गे पुलबाट औसतमा दैनिक १४ लाख मानिसको आवागमन सहज भएको छ भने विद्यालयमा उपस्थित हुने बालबालिकाको सङ्ख्यामा १६प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी उपचारका लागि स्वास्थ्य केन्द्रमा पुग्नेको सङ्ख्या २६ प्रतिशतले बढेको छ । ती पुलका…

Read More

काठमाडौँ:निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न रिक्त पदका लागि आगामी मङ्सिर १४ गते हुने  उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा गरेर कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी गराएको छ । उपनिर्वाचनको तयारीबारे जानकारी दिन आयोगको मिडिया सेन्टरमा आज आयोजित पत्रकार भेटघाटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित हुने जनप्रतिनिधि र मतदाताको सङ्ख्याका हिसाबले त्यति ठूलो नभए पनि उपनिर्वाचनले निकै ठूलो राजनीतिक अर्थ र महत्व बोकेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “सङ्ख्यात्मक हिसाबले त्यति ठूलो होइन, मतदाताको सहभागिताको दृष्टिकोणले ्पनि त्यति ठूलो सहभागिता होइन तर यसको महत्व र राजनीतिक अर्थ भने निकै महत्वपूर्ण छ भन्ने आयोगको बुझाइ छ, उपनिर्वाचनलाई निष्पक्ष, तटस्थ र…

Read More