Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रमा टेलिफोन तथा अन्य दूरसञ्चार सेवा प्रदायकको तारले कुरुप बनाएको छ । आगलागीको जोखिम पनि उत्तिकै बढेको छ । दुर्घटनालाई टार्न सकिँदैन, तर झोल्लिएका तारका कारण दैनिकजसो नै पैदलयात्री समस्यामा पर्ने गरेका छन् । सवारीसाधन तथा दैनिक जीवन यापनमा समेत अव्यवस्थित तारले हैरान पारेको छ । शहरी सौन्दर्यसमेत बिग्रिएको छ । संसारका धेरैजसो देशमा अस्तव्यस्त रुपमा विद्युत् र टेलिफोनका तार देखिँदैनन्, तर हाम्रो देशमा भने सेवा दिने नाममा शहरी क्षेत्र कुरुप बन्दै गएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने भएको छ । शहरी क्षेत्रमा समस्या पैदा भएको र सौन्दर्यमा समेत समस्या भएको भन्दै सरकारले पहिलो…
काठमाडौँ: ‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा प्रहरीले आज ¥यापर समीर लामा, घिसिङ (भिटेन) लाई पक्राउ गरेको छ । चन्द्रनिगाहापुर घर भई हाल ललितपुर बस्ने घिसिङलाई झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोशाकको दुरुपयोगसमेत गरेको पाइएको छ । घिसिङविरुद्ध ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको ललितपुरका…
काठमाडौँ: सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन रोजगारदाता र श्रमिकले मन खुम्च्याइ रहँदा कोषमा योगदान गरेर मृत्यु भएका योगदानकर्ताको आश्रित परिवारले कोषबाट आर्थिक सहायता प्राप्त गर्न थालेका छन् । कोषमा योगदान आरम्भ गरेका एक निजी कम्पनीमा काम गर्ने इञ्जिनीयर रुपेन्द्र थापा तथा अर्को एक कम्पनीमा काम गर्ने प्रकाश तामाङ मोक्तानका आश्रित परिवारले कोषबाट आर्थिक सहायता प्राप्त गरेका हुन् । उनीहरुका परिवारले आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत प्राप्त गर्ने अन्तिम दाहसंस्कार खर्च एकमुष्ठ प्रतिव्यक्ति रु २५ हजार सहायता प्राप्त गरेका छन् । यसैगरी मासिक निवृत्तिभरणबापत थापाको आश्रित परिवारले आधारभूत पारिश्रमिकको ६० प्रतिशत हुन आउने मासिक…
काठमाडौँ: सरकारले संविधानलाई स्वीकार गर्दै हिंसात्मक गतिविधि त्यागे नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग वार्ता गर्न सकिने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटले संविधानले राजनीतिक, आर्थिक, सामाजिकलगायत अधिकारको सुनिश्चित गरेको भन्दै उक्त समूहलाई संविधानलाई आत्मसात गरी हिंसा छोडेर वार्तामा आउन आग्रह गर्नुभयो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आफ्नै मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामी (सरकार) स्पष्टरूपमा भन्छौँ, ‘संविधान मान हिंसा छोड, पूरै खेल खत्तम’ सर्त त्यही माने भइगोनी अरु सर्तै चाहिँदैन, वक्तव्य जारी गरेर यसैगरी हामीले ‘हिंसा छोड्यौँ शान्ति रोज्यौँ’ भने पुग्छ ।” चन्द समूहले…
काठमाडौँ: यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ । बजारमा फूलको माग बढे पनि स्वदेशमै उत्पादन राम्रो रहेकाले आयात गर्ने फूलमा भने कमी आउने भएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । यस वर्षको तिहारमा खपत हुने मालामध्ये दुई लाख ५० हजार माला मात्रै भारतबाट ल्याउने र बाँकी अन्य सबै स्वदेशी उत्पादनले नै पुग्नेछ । अघिल्ला…
काठमाडौँ: अमेरिका र क्यानाडाबाट नेपालमा पटकपटक गाँजा र चरेस भित्य्राउने दुई पाण्डे दाजुभाईलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेका राजेन्द्र प्रसाद पाण्डे र सुरेन्द्र प्रसाद पाण्डेले अमेरिका र क्यानडाबाट नेपालमा लामो समयदेखि लागूऔषध भित्राउने गरेको खुलेको हो। प्रहरीले उनीहरुलाई विदेशबाट नेपाल नेपालमा लागूऔषध भित्र्याउने मुख्य योजनाकार तथा कारोबारी भएको पनि दावी गरेको छ। उनीहरुले नेपालमा भिन्न अडियो म्युजिक सिस्टमभित्र फल्स बटन बनाउने सो लागूऔषध भित्र्याउने गरेको खुलेको ब्युरो प्रमुख दिनेश कुमार अमात्यले जानकारी दिए। यस्तो छ लागूऔषधको धन्दा १. विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले विगत लामो समयदेखिको सूचना…
काठमाडौँ: सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो काम तीव्र बनाएको दाबी गरिरहँदा उपलब्धि भने सुस्त देखिएको छ । विभागमा उजुरी परेअनुसार अनुसन्धान गरी मुद्दा दायर गर्ने क्रममा तीव्रता आउन सकेको छैन । विभागले आक्रामक रूपमा काम गर्न नसक्दा र ठूला केसमा मुद्दा दायर गर्ने क्रम बढाउन नसक्दा नेपाल फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटीएफ)को रेटिङमा ग्रेलिस्टमा पर्ने खतरा बढेको छ । विभागका अधिकारी पनि राजनीतिक नेतृत्व कामप्रति प्रतिबद्ध हुन नसकेमा र जिम्मेवार निकायले जिम्मेवारीअनुसारको काम नगरे नेपाल ग्रेलिस्टमा पर्न सक्ने सम्भावना औँल्याउँछन् । यदि नेपाललाई फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटीएफ)ले रेटिङ गर्दा ग्रेलिस्टमा राखे नेपालप्रति विश्वले गलत दृष्टिले हेर्ने जानकार बताउँछन्…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोलाई अजरबैजानको राजधानी बाकुमा भेटवर्ता गर्ने भएका छन् । असंलग्न आन्दोलन(नाम)को १८ औं शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले त्यसको साइडलाइनमा भेनेजुयलाका कम्युनिष्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्न लागेका हुन् । मडुरो नामको वर्तमान अध्यक्ष हुन् । ओली र मडुरोबीच शनिबार बिहान भेट हुने कार्यक्रम छ । वार्ताबारे प्रधानमन्त्री कार्यालयले स्पष्ट पारेको छैन । ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतका उपराष्ट्रपति एम भेनलाई नायडुललगायतसँग भेटवार्ता गर्ने गर्नेछन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।
काठमाडौँ: बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर प्रहरीले बरामद गरेको छ । बरामद ट्र्याक्टर आफताव आलमका भाइ मो. महताव आलमको भएको प्रहरीको दाबी छ । आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना १ त ६४७२ नम्बरको ट्र्याक्टरमा राखेर इँटाभट्टामा लगिएको थियो । उनीहरुलाई जलाएको आलममाथि आरोप छ । प्रहरीका अनुसार प्रमाण मेटाउने उद्देश्यले उक्त ट्र्याक्टर आलमका भाइ महतावले ०६७ असार २३ गते बेचेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा फणि महतले लेखेका छन् ।
काठमाडौँ: नेपालमा चीनको प्रभाव बढ्दै गएको र त्यससँगै शरणार्थीका गतिविधिमाथि पनि सरकारले निगरानी बढाएको एक अमेरिकी अधिकारीले बताएका छन् । दक्षिण तथा मध्ये एसिया ब्युरोकी कार्यवाहक सहायक विदेशमन्त्री एलिस डब्लु वेल्सले मंगलबार अमेरिकी संसद्को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने परराष्ट्र मामिला उपसमितिमा उक्त कुरा बताएका हुन् । ‘नेपालमा चिनियाँ प्रभाव बढेसँगै तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउने कार्यक्रम गर्न नदिनेलगायत तिब्बती समुदायका गतिविधिमाथि सरकारी पक्षबाट निगरानी बढाइएको छ,’ उपसमितिमा उनले भनिन् । यो यो समाचार आजको नागरिक दैनिकमा छ ।