Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026

    नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

    November 24, 2026

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत
    • नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    • सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
    • प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
    • सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
    • १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 25
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » योगदानकर्ताको आश्रित परिवारले सामाजिक सुरक्षा कोषबाट आर्थिक सहायता पाउन थाले

    योगदानकर्ताको आश्रित परिवारले सामाजिक सुरक्षा कोषबाट आर्थिक सहायता पाउन थाले

    पहिलोक्लिकपहिलोक्लिकOctober 24, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन रोजगारदाता र श्रमिकले मन खुम्च्याइ रहँदा कोषमा योगदान गरेर मृत्यु भएका योगदानकर्ताको आश्रित परिवारले कोषबाट आर्थिक सहायता प्राप्त गर्न थालेका छन् ।

     

    कोषमा योगदान आरम्भ गरेका एक निजी कम्पनीमा काम गर्ने इञ्जिनीयर रुपेन्द्र थापा तथा अर्को एक कम्पनीमा काम गर्ने प्रकाश तामाङ मोक्तानका आश्रित परिवारले कोषबाट आर्थिक सहायता प्राप्त गरेका हुन् । उनीहरुका परिवारले आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत प्राप्त गर्ने अन्तिम दाहसंस्कार खर्च एकमुष्ठ प्रतिव्यक्ति रु २५ हजार सहायता प्राप्त गरेका छन् ।

     

    यसैगरी मासिक निवृत्तिभरणबापत थापाको आश्रित परिवारले आधारभूत पारिश्रमिकको ६० प्रतिशत हुन आउने मासिक रु १७ हजार १०० र तामाङको परिवारले मासिक रु १० हजार २०० प्राप्त गरेको कोषले जनाएको छ ।

     

    त्यस्तै निजहरुले जम्मा गरेको योगदान रकममध्ये वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको सङ्कलित रकम तथा प्रतिफलसमेत जोडी हुन आउने रकम एकमुष्ठ प्रदान गर्ने प्रक्रिया अगाडि बढेको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले बताउनुभयो । उनीहरुको सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

    सूचीकरणका लागि एक महीना थप

     

    कोषमा सूचीकरणका लागि एक महीना समय थपिएको छ । यसअघि असोज मसान्तसम्म सूचीकरणका लागि तोकिएको थियो । तोकिएको समयावधिभित्र कोषमा सूचीकृत हुनुपर्ने रोजगारदाता तथा योगदानकर्ता ठूलो सङ्ख्यामा सूचीकरण हुन बाँकी रहेकाले सूचीकरणका लागि समय थप गरिएको आज यहाँ आयोजिक कार्यक्रममा कोषका कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिनुभयो ।

     

    विभिन्न क्षेत्रबाट सूचीकरणका लािग केही समय थप गर्न अनुरोध भएकाले समयावधि थप गरिएको कोषले जनाएको छ । थप गरिएको समयभित्र सबैलाई सूचीकृत हुने कोषले आग्रहसमेत गरेको छ । हालसम्म कोषमा आठ हजार ८१८ प्रतिष्ठान र एक लाख ९६८ श्रमिक सूचीकृत भइसकेका छन् । कोषमा हालसम्म रु सात करोड ६५ लाखभन्दा बढी योगदान रकम सङ्कलन भइसकेको छ ।

     

    कोषप्रति आकर्षण बढाउन नयाँ योजना ल्याइँदै

     

    योजनामा सबै श्रमिकलाई समेट्न कोषले आकर्षक योजना ल्याउन लागेको जनाएको छ । योगदान रकम लगानी गर्नेसम्बन्धी कार्यविधि अन्तिम चरणमा पुगेको कार्यकारी निर्देशक ज्ञवालीले जानकारी दिनुभयो । “लगानी कार्यविधि स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको छ”, उहाँले भन्नुभयो, “कार्यविधिमा कोषमा योगदान गर्ने योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत योगदान कर्जा (सामाजिक, शैक्षिक र घर कर्जा) पाउने व्यवस्था गरिँदै छ ।”

     

    कोषमा जम्मा भएको योगदान रकम मुद्दति निक्षेप, विभिन्न कम्पनीको शेयरमा लगानी, बैंक तथा वित्तीय संस्थासँग मिलेर सहवित्तीयकरणमा विभिन्न क्षेत्रमा लगानी गर्न सकिने व्यवस्थासहितको लगानी नीति निर्माण गरिएको छ ।

     

    श्रमिकको जीवन अलपत्र पारेर समृद्धि कल्पना गर्न सकिँदैनः मन्त्री विष्ट

     

    कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जनताको जीवनस्तर बदल्न सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै कोषमा सूचीकृत हुन रोजगारदाता र श्रमिकलाई आह्वान गर्नुभयो ।

     

    लाखौँ श्रमिकको जीवनलाई अलपत्र पारेर विकास र समृद्धि कल्पना गर्न नसकिने बताउँदै उहाँले भन्नुभयो, “सरकारले श्रमिकको सभ्य, सुरक्षित र सम्मानित जीवनको जगमाथि समृद्धिको कल्पना गरेको छ । श्रमिकको जीवनलाई जोखिममा राखेर सम्पत्ति आर्जन गर्ने परिकल्पना गर्न सक्दैनौँ ।”

     

    सरकारको घोषणालाई अटेर गर्नेलाई कारवाही गर्ने चेतावनी दिँदै उहाँले बाध्य पारेर कानून कार्यान्वयन गर्ने अवस्थामा नपु¥याउन आग्रह गर्नुभयो । “अहिले अनुरोध गर्छौं, नबुझेका विषय बुझाउँछौँ, सबैको सुझाव, सल्लाह लिएर यसलाई परिमार्जन गर्छौं”, मन्त्री विष्टले भन्नुभयो, “यदि कोही कसैले अटेर ग¥यो भने सरकारको कानूनलाई कडाइका साथ कार्यान्वयन गर्छ । यो ऐच्छिक होइन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले अनिवार्य गरेको छ ।”

    Facebook Comments Box

    सामाजिक सुरक्षा कोष
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026

    नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

    November 24, 2026

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026

    सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!

    November 24, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.