Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिहारको शुभसाइतमा आफ्ना दिदी बहिनीहरुबाट भाइटीका ग्रहण गर्नुभएको छ । खुमलटारस्थित निवासमा अध्यक्ष दाहालले बहिनीहरु कमला, अप्सरा, सरस्वती, विष्णु र मिठुको हातबाट टीका लगाउनुभएको हो । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नी दिदी कालिका भण्डारी तथा र बहिनीद्वय इन्दिरा न्यौपाने र वसुधा पोखरेलको…
याङ्गुन: म्यानमारका रखाइन विद्रोहीद्वारा शनिबार अपहरण गरेका केही सुरक्षाकर्मीलाई उक्त समूहले हत्या गरेको सेनाले जनाएको छ । तर विद्रोहीले उनीहरूको मृत्युमा सरकारी सुरक्षाकर्मी दोषी रहेको जनाएको छ । रखाइन बुद्धमार्गी म्यानमारी आराकन सशस्त्र समूह स्वायत्तताका लागि आन्दोलनरत रहेको छ । म्यानमारको जातीय रखाइन विद्रोही समूहले शनिबार देशको पश्चिमी क्षेत्रबाट ४० भन्दा बढी सुरक्षाकर्मीलाई अपहरण गरी लगेका सेनाले जनाएको थियो । सरकारी सेनाले स्थानीय आराकन सैनिक विद्रोहीका गतिविधि नियन्त्रणका लागि हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी खटाएको छ । उक्त समूहले रखाइन बुद्धमार्गीहरूको थप स्वतन्त्रताका लागि सङ्घर्ष गरिरहेको छ । विद्रोहीको एक नदीको किनारा लुकीबसेको एक समूहले काममा खटिएका…
निजगढ: दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ । विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर पछिल्लो समय बाहिरिएका हल्लाले विमानस्थललाई अन्तरराष्ट्रियरूपमै विवादित बनाइरहेका बेला आयोजनाले यस्तो बताएको हो । न्यून सङ्ख्यामा मात्रै रुखको क्षति हुने गरी विमानस्थल निर्माण गर्न सकिने आयोजना प्रमुख ओम शर्माले बताउनुभयो । आयोजना प्रमुख शर्माले वातावरणलाई ठूलो प्रभाव नपर्ने गरी विमानस्थल निर्माण गर्न सकिने बताउनुभयो । दुई धावनमार्गसहितको विमानस्थल निर्माणका लागि एक लाख २० हजार मात्र रुख काट्दा पुग्ने शर्माले बताउनुभयो । अन्तरराष्ट्रिय मापदण्ड बमोजिमका दुई धावनमार्ग र अन्य आवश्यक पूर्वाधार निर्माणका लागि बढीमा…
काठमाडौँ: नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९६६ कात्तिक औँसीका दिन काठमाडौँको डिल्लीबजारमा उहाँको जन्म भएको थियो । लक्ष्मीपूजाका दिन जन्मिएकाले उहाँको नाम लक्ष्मीप्रसाद राखिए पनि उहाँ सरस्वतीको प्रसाद बन्न पुग्नुभयो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निवन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ…
काभ्रेपलाञ्चोक: ‘गौरवको आयोजना’को रुपमा लिइएको सुनकोशी–तेस्रो जलाशययुक्त आयोजना निर्माण प्रक्रिया शुरु भएको छ । आयोजना निर्माण थाल्नुअघिको प्रक्रियाअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरूपमा सुनकोशी–३ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)का लागि क्षेत्र निर्धारणका लागि प्रक्रिया शुरु गरिएको हो । प्रदेश नं ३ अन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीको सिमाना भएर बग्ने सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना तथा रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । यसका लागि आयोजनाबाट प्रभावित हुन सक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट…
काठमाडौँ: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुनै प्रकारको दूरी नबढेको र बढ्ने अवस्थासमेत नरहेको जनाउनुभएको छ । असंलग्न आन्दोलन(नाम)को अजरबैजानको बाकुमा सम्पन्न १८औंँ शिखर सम्मेलनमा नेपाली प्रमण्डलको नेतृत्व गरी आज स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा अध्यक्ष दाहालसँग दूरी बढेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले उक्त जवाफ दिनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहाँ काठमाडौँमा र म बाकुमा हुँदा दूरी त बढ्ने नै भयो । किनकी दूरी नै टाढा छ । त्योभन्दा अरु टाढा केही पनि छैन । दूरी बढ्ने स्थिति र सम्भावना पनि छैन ।”…
काठमाडौँ: काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति रु दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर,…
दोहा: प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा कतारको राजधानी दोहा आइपुग्नुभएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान काठमाडौँ पुग्नेछ । दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली राजदूत डा नारदनाथ भारद्ववाज वाग्ले र नेपाली दूतावासका अन्य वरिष्ठ अधिकृतहरुले स्वागत गर्नुभयो । यही कात्तिक ८ र ९ गते भएको सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो । यसअघि बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय…
काठमाडौँ: नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका आमन्त्रित सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक…
काठमाडौँ: धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । सामान्य अङ्कले बढेको बजार साताको शुरुदेखि अन्तिम दिनसम्म पनि बढ्ने क्रममा नै रह्यो । कूल १५५ कम्पनीको ३४ लाख ८४ हजार २७१ कित्ता शेयर रु ९३ करोड ४३ लाख ९६ हजार ९७ मूल्यमा खरीद बिक्री भए । साताभर बजारमा नवीकरण शुल्क नबुझाएका कारण बजारले लय समात्न सकेन । जसका कारण बजार बढेको जस्तो देखिए पनि कारोवार रकममा भने उल्लेख्य सुधार आउन सकेन । साताको दुई दिन बजार ओरालो लाग्यो भने तीन दिन उकालो लाग्यो । नवीकरण शुल्क नबुझाएका कारण समस्यामा परेका कम्पनीले उक्त शुल्क…