Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
पर्सा: मोतिहारी चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज चितवन इन्धन पाइपलाइन विस्तारकार्य शुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाडी औपचारिकरूपमा सो कार्य प्रारम्भ गर्नुभएको हो । मोतिहारी–चितवन ग्यास पाइपलाइनसँगै अमलेखगञ्ज–चितवन पेट्रेलियम पाइपलाइनको विस्तारसमेत हुने भएको छ । अमलेखगञ्जबाट चितवनको लोथरसम्म करीब ६२ किलोमिटर पाइपलाइन विस्तार हुने नेपाल आयल नियमले जनाएको छ । देशका विभिन्न भागमा पाइपमार्फत इन्धन आपूर्ति गर्ने योजनाअनुसार पाइपलाइन विस्तारको कार्य थालनी गरिएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री यादवले बताउनुभयो । उहाँले देशभर पाइपमार्फत इन्धन आपूर्ति गर्ने योजनाअनुसार पाइपलाइन विस्तारकार्य भएको, जसमा पेट्रोलियम पदार्थ मात्र नभई खाना पकाउने ग्यास…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विकास र समृद्धिको नयाँ युगतर्फ जाने प्रक्रियामा रहेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिका वडा नं १५ तीनथानामा आज आयोजित ‘वडाध्यक्ष शैक्षिक विकास कोषको दोस्रो वार्षिकोत्सव सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले प्राथमिकता निर्धारण गरेर मुलुकको समृद्धिको यात्रा तय गरिएको बताउनुभयो । शिक्षा क्षेत्र विकसित मुलुकको प्राथमिकतामा रहेको उदाहरण पेश गर्दै उहाँले अबको लगानी शिक्षा क्षेत्रमा गरिनुपर्नेमा जोड दिनुभयो । “अबको लगानी शिक्षामा हुनपर्छ, शिक्षा नीति निर्माण गर्दा ध्यान दिनुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “अहिले हाम्रो पार्टी र सरकारले शिक्षामा लगानी वृद्धिका साथै शिक्षा नीतिमा आमूल सुधार…
काठमाडौँ: काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ठूला मिठाई पसलबाट उत्पादन भएका मिठाइजन्य खाद्यवस्तु गुणस्तहीन पाइएका छन् । शुक्रबार महानगरपालिकाको कृषि तथा पशु सेवा विभागले गरेको अनुगमनका क्रममा मिठाई पसलमा लेवल नराखिएका वस्तु बेच्न राखिएको, मिठाई बनाउने सामान गुणस्तहीन र सफाइमा ध्यान नदिएकोजस्ता समस्या पाइएको हो । अनुगमनका क्रममा सुन्धारामा रहेको गुलाब मिठाई पसलबाट २६ किलोे र वाग्मती स्वीटबाट १० किलो मिठाई बनाउने पिठोमा साङ्ला भेटिएको करीब १६० मिठाइ नष्ट गरिएको छ । अनुगमन टोलीले उक्त मिठाई पसललाई सरसफइसँगै विवरणसहितको ट्याग राखेर मात्र बिक्री गर्न निर्देशन दिनुका साथै थप कारवाही प्रक्रिया अघि बढाउने जनाएको छ । जनस्वास्थ्यमा गम्भीर…
चितवन:नेपालमा गरिमा भनी विक्री गरिएको धानको बीउ गरिमा नभएको पाइएको छ । राष्ट्रिय बीउबिजन समितिले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्याङ्कन र सिफारिस गर्न प्रचलित कानूनअनुसारको समितिलाई निर्देशन गरेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष डा युवकध्वज जिसीको अध्यक्षतामा बिहिबार बसेको बैठकले सो समितिलाई एक महीनाभित्र सम्बन्धित मन्त्रालयमा प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ । समितिका सदस्य सचिव बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाका अनुसार समितिमा दर्ता भएको गरिमा वर्णशङ्कर जातको धान सुचीकृत जातको सुचीबाट हटाउन सम्बन्धित मन्त्रालयमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको छ । बैठकले दर्ता गर्दा पेश…
काठमाडौँ: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता हुनुभएको छ । चिलिको सान्टियागोमा गत असोज २८ देखि यही कात्तिक १ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ८८ औँ महासभामा भाग लिएर शुक्रबार राति स्वदेश फर्कनुभएको हो । एनसिवी नेपालका प्रमुखसमेत रहनुभएका महानिरीक्षक खनाल इन्टरपोलको महासभामा भाग लिन गत असोज २६ गते राति चिलि प्रस्थान गर्नुभएको थियो । महासभामा भाग लिन उहाँसँगै प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसमेत चिली जानुभएको थियो ।
काठमाडौँ: चक्रपथको कलङ्की–महाराजगञ्ज खण्डमा सडकको अधिकार क्षेत्र (राइट अफ वे) मा रहेका भौतिक संरचनाका कारण विस्तारमा बाधा पुग्ने देखिएको छ । कोटेश्वर–कलङ्की सडकखण्ड विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्डका रूपमा यहाँको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयारी गरिरहेको छ । यस खण्डमा विभिन्न संरचना रहेकाले तीनलाई तत्काल हटाउनुपर्ने देखिएको सडक विभाग, विकास सहायता कार्यन्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । सडकको अधिकार क्षेत्रमा घरटहरालगायतका संरचना हटाउनु पहिलो चरणमा जस्तै यो चरणमा पनि समस्या हुनसक्ने देखिएको छ । स्वयम्भू, ठूलोभ¥याङ, महाराजगञ्ज चोक लगायतका स्थानमा सडक छेउमा संरचना हटाउनु समस्या रहेको छ । स्वयम्भूमा बुद्धको ठूलो मूर्ति रहेकामा त्यसलाई समेत…
काठमाडौँ: यातायात सहकारी संस्थाले बस खरीदमा ढिलाइ गरेपछि अब कसरी अघि बढ्ने बारेमा सरकारले टुङ्गो लगाएको छैन । सरकारले विद्युतीय बस खरीदका लागि रु तीन अर्ब दिएको तीन महीना नाघ्दासमेत अपेक्षाकृतरूपमा प्रक्रिया अघि नबढेपछि साझासँग सरकारले सोधपुछ गरे पनि त्यसपछि कुनै निर्णय भएको छैन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ काठमाडौँमा नहुनुभएकाले तत्काल कुनै निर्णय हुन नसकेको मनत्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार तिहारपहिले नै बस खरीद प्रक्रियाका सम्बन्धमा निर्णय गर्ने योजना बनाइएको छ । उहाँले भन्नुभयो, “आज बैठक बसेर केही निर्णय हुने सम्भावना छ, त्यो हुन नसकेमा तिहार सकिनासाथ निर्णय हुनेछ ।” मन्त्रालयले सकेसम्म…
काठमाडौँ: काठमाडौँ उपत्यकामा तिहारको समयमा खेलिने देउसी-भैलो कार्यक्रम ढिलोमा राति १० बजेसम्म मात्रै खेल्न पाउने व्यवस्था सरकारले गरेको छ। काठमाडौँ र भक्तपुर जिल्लाको हकमा १० बजेसम्म राति र ललितपुरमा भने राति ९:०० बजेसम्म मात्रै देउसी-भैलो खेल्न दिने निर्णय भएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले पहिलोक्लिकलाई जानकारी दिएका छन्। देशभर लक्ष्मीपूजाको दिनदेखि तीन दिनसम्म हिन्दु संस्कृति र परम्परा अनुसार देउसी-भैलो खेल्ने गरिन्छ।
काठमाडौँ: यम पञ्चकको पहिलो दिन भोलि काग पूजा। कागको पूजा गरी मीठो परिकार खान दिएर काग तिहार मनाइन्छ। वैदिक सनातन हिन्दू धर्मअनुसार कागलाई यमदूत र सन्देश वाहकका रूपमा मानिन्छ, पुजिन्छ।काग तिहारका दिन यसको पूजा नगरी खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ। तर हिन्दू धर्मावलम्बीले सम्मान गर्ने र पुज्ने कागलाई छिमेकी मुलुक भारत, मलेसिया, सिंगापुर, अष्ट्रेलियालगायतका मुलुकमा भने हेयका दृष्टिले हेरिन्छ। यतिसम्मकि काग मार्ने अभियान नै चलाइन्छ। नेपालसँग मिल्दो धार्मिक र सांस्कृतिक अभ्यास भएको भारतको वन्यजन्तु संरक्षण ऐन १९७२ ले कागलाई रोग फैलाउने र मार्न मिल्ने पन्छीका रूपमा सूचीकृत गरेको छ। मलेसिया, सिंगापुर, अष्ट्रेलिया सहितका युरोपेली मुलुकमा…
काठमाडौँ: आफ्नै मन्त्रालयको जिम्मेवारीलाई अधिकांश मन्त्रालयले अलपत्र पार्दै आइरहेका छन् । कार्यविभाजन नियमावलीले हरेक मन्त्रालयको काम र जिम्मेवारी निर्धारण गरिदिएको छ । यो हरेक मन्त्रालयको मुख्य मार्ग्निर्देशक सिद्धान्त पनि हो । तर, यही जिम्मेवारीलाई मन्त्रालयहरूले अलपत्र पार्दै आइरहेका हुन् । कतिपय मन्त्री र सचिवले त आफ्नो मन्त्रालयको कार्यविभाजन के हो भन्नेबारेमा समेत राम्ररी जानकारी नै नराख्ने गरेको समेत पाइएको छ । मन्त्रालयका महाशाखा तथा शाखामा कार्यरत अधिकांश कर्मचारीसमेत आफ्नो मन्त्रालयको कार्यविभाजनबारे अनविज्ञता प्रकट गर्ने गरेका छन् । तत्कालीन सरकारले २०७४ साल चैतमा कार्यविभाजन नियमावली जारी गर्दै मन्त्रालयको जिम्मेवारी निर्धारण गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सो…