Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जङ्गलमा गाईगोरु फालेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले बुधबार गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका अनुसार छानबिन समितिले उक्त घटनामा केही व्यक्ति दोषी देखिएकाले कारवाहीका लागि सिफारिस गर्दै बुधबार गृहमन्त्री थापालाई प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिसका आधारमा दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए । गत भदौ १२ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएको झण्डै ३०० मध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जङ्गल आसपास क्षेत्रमा मृत फेला परेका थिए । घटनापछि भदौ १४ गते गृह मन्त्रालयले गाईगोरुको अस्वभाविक मृत्यु भएको…
काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि पुनःओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.०३ अङ्कले घटेर एक हजार १३१.५३ मा पुगेको छ । यसैगरी सेन्सेटिभ परिसूचक पनि ०.७१ अङ्कले घटेर २४७.७० मा पुगेको थामिएको छ । परिसूचक घटेसँगै कारोवार रकममा पनि भारी गिरावट आएको छ । आज कूल १६६ कम्पनीको सात लाख ७७ हजार ७३५ कित्ता शेयर रु १६ करोड ६९ लाख २१ हजार ७७९ मा खरीद बिक्री भयो । कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई समूहको मात्र शेयर उकालो लागेको छ । दश उपसमूहको शेयर भने ओरालो लागेको छ । लघुवित्त…
काठमाडौँ: काठमाडौँ: कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी प्रकरणको योजनाकार काले भनिने पिटर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । विदेशी नागरिक ‘काले’ भन्ने ‘पिटर’ ले मुम्बइमा बसेर नेपाली बैंक तथा वित्तीय संस्था लुट्ने योजना बनाएको खुलेको छ। उनले ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए। उनले प्रणाली ह्याक गरी पैसा लुट्ने योजना बाएका थिए। उनले विभिन्न नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका विभिन्न संस्थाहरुमा ‘क्रेडिन्सियल ह्याकिङ’ गरी रकम निकाली रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३…
गोरखा: नेपाल खाद्य संस्थान गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न शुरु गरेको छ । गोरखा सदरमुकाम क्षेत्रका उपभोक्तालार्ई लक्षित गरी संस्थानको कार्यालय पाटेचौरबाट सहुलियदरमा चामल बिक्री गर्न शुरु गरेको संस्थानका गोरखा शाखा प्रमुख नवीन बस्नेतले जानकारी दिनुभयो । संस्थानले यही भदौ २७ गते निणर्य गरी असोज २ गतेदेखि जिल्लामा सहुलियतको चामल बिक्री शुरु गरेको उहाँले बताउनुभयो । “निणर्य छिटो गरेको भए पनि खाद्य संस्थानको केन्द्रीय कार्यालयबाट चामल मगाउनुपर्ने भएकाले तीन÷चार दिन ढिलो गरि बिक्रि शुरु गरेका हौ”, उहाँले भन्नुभयो, “दशै तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेको बिक्री शुरु गरिएको हो ।” उहाँले आउँदो कात्तिक…
चितवन: नेपाली काङ्ग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खांँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताउनुभएको छ । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली जनताले कम्युनिष्ट शासन ल्याउन भोट नहालेको बताउनुभयो । नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै उहाँले चीनमा जनताले मतदान गर्न नपाउने बताउनुभयो । सरकारले चिनियांँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाउँदै उहाँले चिनियांँ राजनीति भित्र्याए स्वयं कम्युनिष्टलाई नै घातक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “संसारमा चीनको जस्तो शासन कहींँ पनि छैन । चीनमा एकमात्र चिनियाँ कम्युनिष्ट पार्टी छ जसले लोकतन्त्रलाई कदापी स्वीकार्दैन ।” सरकारले मिडियालाई अङ्कुशमा राख्न मिडिया…
काठमाडौँ: ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन विशेष जाँचका लागि ४३० जनशक्ति थप गरिएको जानकारी दिनुभयो । “हाल ३६८ स्थानमा नियमित जाँचका लागि ७५० जनशक्ति परिचालन गरेकामा चाडपर्वलाई लक्षित गरेर ४३० जनशक्ति थप गरेका छौँ”, उहाँले भन्नुभयो । ट्राफिक प्रहरीले चाडपर्वका समयमा नागढुङ्गा, कलङ्की, स्वयम्भु, माछापोखरी, नयाँ…
काठमाडौं: कृषि विकास बैंकको बैङ्किङ्ग प्रणालीमा अनधिकृत प्रवेश गरेर लुटिएको झन्डै एक करोड ५६ लाख रुपैयाँ सुरक्षित रहेको खुलेको छ। नेपाल प्रहरीले यस घटनामा जोडिएका हालसम्म ११ जनालाई पक्राउ गरिसकिएकोले लुटिएको रकम पनि सुरक्षित नै रहेको, अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकृतले पहिलोक्लिकलाई बताए। पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, रसुवाका लक्ष्मी तामाङ, निर्मला तामाङ, नीमा तामाङ सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, नुवाकोटका लेवाङ तामाङ र लमजुङका विद्या सागर लगायत छन् । कृषि विकास बैंकको लाहान शाखाबाट बैंकिङ प्रणालीमा प्रवेश गरेको अज्ञात व्यक्तिबाट परिचालित समूहले स्टेटमेन्टभित्रै आक्रमण गरेर उक्त रकम ट्रान्सफर गराएर निकाल्न सफल भएको अनुसन्धानमा संलग्न…
काठमाडौं: कृषि विकास बैंकले सिस्टम ह्याक गरी बैंकको रकम चाेरी भएकाे सवालमा नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको छ। राष्ट्र बैंक आज बिहानैदेखि सोही विषयमा छलफलमा जुटेको छ। कृषि विकास बैंकले चार करण रकमसम्म तलमाथि भएको जनाए पनि राष्ट्र बैंकलाई मौखिक रुपमा दुई करोड भन्दा बढी रकम सारिएको जानकारी गराएको थियो। तर बैंकले राष्ट्र बैंकलाई लेखेको पत्रमा भने ५० लाख रुपैयाँ सारिएको उल्लेख गरेर पत्र पठाएको छ। लाहान कार्यलयको इनकमबाट डेविट गरेर ५० लाख बिभिन्न खातामा ट्रान्सफर गरेर निकालेको भन्ने पत्र हामीकोमा आएको छ’ राष्ट्र बैंक भुक्तानी विभाग प्रमुख बमबहादुर मिश्रले थाहाखबरसँग भने। नेपाल प्रहरील झण्डै दुई करोड…
काठमाडौं: कृषि विकास बैंकको ५३ लाख भन्दा बढी रुपैयाँ बढी रकम चोरी भएकोको सवालमा ब्यालेन्स सिट नै ह्याक गरेको आशंका गरिएको छ। यस विषयमा कृषि विकास बैंकले राष्ट्र बैंकलाई जानकारी गराइसेको छ। बैकले साढे २ करोड ह्याक भईसकेकाे पुष्टि गरेको छ। चार कराेड रकम चाेरी भएकाे कृषि विकास बैंक स्रोतले जनाएकाे छ। बैककाे पाँच वटा शाखाबाट पैसा निकालिए बताएकाे छ। ‘अहिलेसम्म बैकका चार/पाँचवटा शाखा मार्फत ह्याकिङ गरिएकाे सूचना आएको छ’ कृषि विकास बैक स्राेत भन्छ, ‘झण्डै चार करोड रकम तलमाथि भएकाे हुन सक्ने देखिएको छ, साढे २ करोड पुष्टि भइसकेकाे छ।’ बैंककाे नाफा नाेक्सान खाताबाट साे…
काठमाडौँ: राष्ट्र बैंकका अनुसार कूल ७५३ स्थानीय तहमध्ये ७३७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । प्रदेश नं १ मा कूल १३७ स्थानीय तहमध्ये १३६ मा बैंकका शाखा खुलेका छन् । प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३४, प्रदेश नं ३ का ११९ स्थानीय तहमध्ये ११७, गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ८४ मा ‘क’ वर्गका वाणिज्य बैंकको उपस्थिति देखिएको छ । यस्तै प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । कर्णाली प्रदेशको ७९ स्थानीय तहमध्ये ७५ र सुदूरपश्चिम प्रदेशको कूल ८८ स्थानीय तहमध्ये ८२ मा बैंकको शाखा खुलेको केन्द्रीय बैंकले जनाएको…