काठमाडौँ: काठमाडौँ: कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी प्रकरणको योजनाकार काले भनिने पिटर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
विदेशी नागरिक ‘काले’ भन्ने ‘पिटर’ ले मुम्बइमा बसेर नेपाली बैंक तथा वित्तीय संस्था लुट्ने योजना बनाएको खुलेको छ।
उनले ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए। उनले प्रणाली ह्याक गरी पैसा लुट्ने योजना बाएका थिए। उनले विभिन्न नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका विभिन्न संस्थाहरुमा ‘क्रेडिन्सियल ह्याकिङ’ गरी रकम निकाली रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार, कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३ लाख ९६ हजार ह्याक भएको छ। पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख ह्याक भएको छ।
पिटलले मुम्बइमा बसी नेपालका मानिसहरुसँग सम्पर्क गरेको भेटिएको छ। उनले भारतमा उनीहरुलाई बोलाइ मिटिङ गर्ने र कमिसन डिल गर्ने गरेको भेटिएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थाको ह्याक गरेको रकम विभिन्न नेपाली ब्यक्तिहरुको नाममा निकाली १५ देनखि ३५ प्रतिशतसम्म कमिसन दिइ हुन्डिमार्फत बाँकी पैसा भारत लैजाने गरेको फेला परेको छ।