Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- करण केसीको १६ बलमा ४० रनको विस्फोटक ब्याटिङ, ओमानविरुद्ध नेपालले दियो २६४ रनको लक्ष्य
- खगेन्द्र सुनारलाई रास्वपाद्धारा औपचारिक कार्यक्रममा जान रोक
- वर्ल्डलिङ्कसहित इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पक्का भएको पार्टी नेताहरुलाई जानकारी गराएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको भ्रमण हुने भएको जानकारी गराएका हुन् । यद्यपि उनले भ्रमणबारे धेरै बताएनन्, ‘एजेण्डा नै बनाएर फेरि छलफल गरौंला’ भनेको सचिवालयका एक नेताले जानकारी दिए । राष्ट्रपति सी जिनपिङ दशैं लगतै भारत हुँदै नेपाल आउने छन् । सी भारत९चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन दिन अनौपचारिक छलफल गरेर उनी नेपाल आउनेछन् । …
काठमाडौँ: कृषि विकास बैंकले संबिधान दिवसको अवसर पारेर शुक्रबार ललितपुर महानगरपालिका वातवरण सुधार समिति वडा नं.१५ लाई वृक्षारोपण लगायत वातरवरण संरक्षणका निमित्त आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत सातदोवाटो ललितपुरको आयोजित कार्यक्रममा प्रमुख अतिथी ३ नं.प्रदेश सभासद राजकाजी महर्जन,विशेष अतिथी कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र विशेष अतिथीकै रुपमा पूर्व सभासद जनक चालिसेले रहनुभएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले समितिलाई वृक्षारोपण लगायत वातरवरण संरक्षणका निमित्त १,२०,००० को चेक बातरवरण सुधार समितिका संयोजक तथा १५ नं. वडासदस्य महेन्द्र मानन्धरलाई हस्तान्तरण गर्नुभयो । स्थानीय नागरीकहरुको…
भद्रपुर: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले आगामी हिउँदे अधिवेशनमा प्रदेशको प्रहरी ऐन बनाइने बताउनुभएको छ । आज झापाको चन्द्रगढीमा ‘संविधान कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले प्रदेश ऐन बनेपछि प्रदेशको शान्ति, सुरक्षा सोही बमोजिम हुने बताउनुभयो । हालसम्म प्रदेश सरकारले ४१ कानून बनाइसकेको मन्त्री कार्कीले बताउनुभयो । उहाँले अब बन्ने प्रहरी ऐनमा कार्यक्षमताका आधारमा सरुवा, बढुवा र पदक प्राप्तिको प्रष्ट व्यवस्था हुने उल्लेख गर्नुभयो । “सोर्सफोर्सको आधारमा प्रहरीलाई राम्रा ठाउँमा सरुवा गरिने परिपाटी अत्यन्त गलत छ”, मन्त्री कार्कीले भन्नुभयो, “प्रदेशको प्रहरी ऐन बनेपछि बढुवा र पदकका लागि नेताको घर धाउने प्रवृत्तिको पनि अन्त्य हुनेछ…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताउनुभएको छ । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका क्रममा कुनै अप्ठ्यारो आइलागे क्रमशः पन्छाउँदै परिमार्जन गर्न सकिने पनि दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थालाई पनि यसले यसै अवधिमा मूल धारमा फर्काउन सफल भएको छ । जो अझै बाटो भुलिरहेका छन्, उनीहरुलाई पनि मूल धारमा आउन ढिला नगर्न मेरो आग्रह छ ।” प्रधानमन्त्री ओलीले सम्बोधनमा आफ्नो कार्यकालको हालसम्मको अवधिमा भएका आर्थिक…
काठमाडौँ: संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाउँदै नेपाल सरकार, नेपाली जनताका साथै राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ । संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीया, थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा वजिरक्लाओचाओयुहुआ, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति चो रोङ हे, अरब गणतन्त्र, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र म्यान्माका राष्ट्रपति विनमिन्टले राष्ट्रपति भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर हार्दिक बधाई ज्ञापन गर्नुभएको हो ।
काठमाडौँ: पाँचौं संविधान दिवसको अवसरमा अहिले सैनिक मन्च टुंडिखेलमा बिशेष कार्यक्रम शुरु भएको छ। सरकारले आज यस अवसरमा सार्वजनिक बिदा समेत दिएको छ । टुँडिखेल संविधान दिवसको अवसरमा सबै निजामती, जंगी, संबैधानिक अंगका प्रतिनिधि र सर्वसाधारणको बाक्लो उपस्थिति छ ।
रासस अछाम : नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताउनुभयो । तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ । प्रहरीले विस्फोट गराउने समूहको खोजी गरिरहेको छ । नगरपालिका कार्यालयको ढोका नजीक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताउनुभयो । यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्ष्य गरी उहाँको निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो…
काठमाडौँ: अढाइ वर्षदेखि पन्जाब राज्यको अमृतसरस्थित केन्द्रीय कारागारमा रहेका २८ वर्षीय डिल्लीराम थारु छुटेको छन् । सरकारले समयमै छुटाउन पहल नगर्दा उनले अनाहकमा अढाइ वर्ष जेल बस्नुपरेको हो । थारुलाई जेल प्रशासनले बुधबार दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश अधिकारीको जिम्मा लगाएको छ । डिल्लीरामको रिहाईले भारतको अन्य जेलमा रहेका नेपालीका परिवारलाई पनि सकारात्मक सन्देश प्रवाह हुने भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले बताए । यो समाचार कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसका अवसरमा विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिने घोषणा भएको छ । नेपाल सरकारको सिफारिसअनुसार महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) दिवङ्गत साहित्यकार मदनमणि दीक्षित र दिवङ्गत तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई दिइने भएको छ । सुप्रबल जनसेवाश्री (प्रथम) श्रेणीबाट प्रा डा दिव्यासिंह शाह, दिवङ्गत पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा पाँच विदेशी प्राध्यापकलाई विभूषित गरिनेछ । राष्ट्रपति कार्यालयका अनुसार उज्ज्वल कीर्तिम राष्ट्रदीप (द्वितीय) बाट उच्चस्तरीय प्रशासन सुधार आयोग कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई विभूषित गरिने भएको छ । यसैगरी विभिन्न पेशाकर्मी, व्यवसायी, कर्मचारी र सुरक्षाकर्मी…
काठमाडौं: ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने नाराका साथ आज संविधान दिवस मनाइदैछ । बिहीबारदेखि संविधान दिवस तथा राष्ट्रिय दिवसको कार्यक्रम सुरु भएको हो । नेपालको संविधान, २०७२’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइँदै आएको संविधान दिवसको दिनलाई नै सरकारले राष्ट्रिय दिवसको रुपमासमेत मनाउने निर्णय गरेको छ । यसैवीच , आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिदैछ । यस्तै विदेशस्थित राजदूतावासमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउने तथा प्रदेश र स्थानीय सरकारले पनि आ–आफ्नै तरिकाले दिवस मनाउने कार्यक्रम तय भएको छ ।…