Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: गृहमन्त्री रामबहादुर थापा बादलले दशैं, तिहार र छठका बेला शान्ति सुरक्षा सुदृढ बनाउने बताएका छन् । सर्वसाधारणको यात्रा सुरक्षित बनाउन र शान्ति सुव्यवस्था कायम गर्न गृह मन्त्रालयले तयारी गरेको पनि उनले जानकारी दिए । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले राजमार्ग र सहायक राजमार्गमा यात्रु सहायता कक्ष स्थापना गर्ने, टिकटमा कालोबजारी र कृत्रिम अभाव रोक्ने बताएका हुन् । त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयसँगको समन्वयमा बिग्रे, भत्केका सडक सुधार गर्ने, सर्वसाधारणको भीड हुने धार्मिक स्थलमा विशेष सुरक्षा व्यवस्था गर्ने गृहमन्त्री थापाले बताएका छन् । उनले भारतबाट दशैं मान्न घर फर्किने नेपालीलाई सहयोग गर्न…
सुर्खेत: गत वर्ष जुम्ली कृषकले आफ्नै बगैँचामा प्रतिकेजी रु ७० मा स्याउ बिक्री गरे । उत्पादन थोरै भए पनि आम्दानी मनग्य नै भयो उनीहरुको । यस वर्ष भने प्रतिकेजी रु ३५–५० मूल्य पाउन पनि उनीहरुलाई हम्मेहम्मे भएको छ । यो वर्ष जुम्लाले छ हजार १०० मेट्रिक टन स्याउ उत्पादन गरेको छ । स्याउ नेपालका प्रमुख शहर सुर्खेत, कोहलपुर, नेपालगञ्ज, धनगढी, बुटवल, पोखरा, काठमाडौँ मात्र नभएर सल्यान, जाजरकोट, दैलेख, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची र गुल्मी जस्ता पहाडी र भित्री मधेशका जिल्लामा पुगेको छ । रङ्गीन, स्वादिलो, पोटिलो, आकर्षक र सस्तो भएर होला यसले चाइनिज तथा भारतीय स्याउलाई पनि विस्थापित गरेको छ…
सुर्खेत: कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । यही असोज ३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय आज बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले डा भीमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभयो । आव.२०७५÷७६ को बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनका सम्बन्धमा विभिन्न क्षेत्रबाट आएका गुनासा र प्रदेशसभामासमेत भएको छलफलका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको उहाँले बताउनुभयो । “समितिलाई एक महीनाभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ”, प्रवक्ता केसीले भन्नुभयो, “जुन प्रतिवेदनले संसद् तथा अन्य क्षेत्रबाट…
काठमाडौँ: यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुनको औसत समय आज अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन । हाल वायु पश्चिमतिर नै सक्रिय भइरहेको छ । त्यसैले अझै एक साता मनसुनको समय लम्बिने भएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । “नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ तर यस वर्ष १० दिन ढिलो गरी असार ५ (जुन २०) मा मनसुन भित्रिएको थियो ।…
मिक्लाजुङ: दशैँ तिहारमा घरपोत गर्न सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि पाँचथरको फिदिम नगरपालिका–४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन् । चाडपर्वको मुखमा रातो माटोले राम्रो भाउ पाएपछि त्यस ठाउँका स्थानीय उत्साहित बनेका हुन् । रातो माटो प्रतिबोरा रु ६० देखि ८० सम्म बिक्री हुने गरेको छ । यहाँको रातो माटो छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापामा निर्यात हुने गरेको छ । फिदिमको चारखम्बे क्षेत्रबाट वार्षिक रु पाँच लाखसम्मको माटो बिक्री हुँदै आएको स्थानीय भीम सिगुले बताउनुभयो । उहाँले भन्नुभयो, “माटो दशैँ र तिहारमा बढी बिक्री हुने गरेको छ, माटो बिक्री गरेरै आफूले रु तीन लाख वार्षिक…
काठमाडौँ: मास प्रिन्टरमा छापिने स्मार्ट कार्ड (लाइसेन्स) त्रिभुवन विमानस्थल भन्सार कार्यालय आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलमा १ लाख स्मार्ट कार्ड आइपुगेको र भन्सार पास गर्ने प्रकृया चलिरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए। ‘अहिले १ लाख कार्ड आइपुगेको छ। अब छिटै बाँकी ९ लाख पनि आइपुग्छ,’ उनले भने। स्मार्ट कार्ड विभागमा आएसँगै मासप्रिन्टरबाट लाइसेन्स छाप्ने प्रकृया सुरू गर्ने हमालले जानकारी दिए। मास प्रिन्टर केही समय अघि नै आइपुगे पनि कार्ड नआइपुग्दा विभागले ठूलो परिमाणमा लाइसेन्स छाप्न सकेको थिएन। विभागले एसियाली विकास बैंकको सहयोगमा एउटा मास प्रिन्टर र १० लाख कार्डको ठेक्का आह्वान गरेको थियो। यो ठेक्का…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले शनिबारको सचिवालय बैठकमा औपचारिक रूपमै घोषणा गरे- म कास्की २ बाट चुनाव लड्न चाहन्नँ। कास्की-२ बाट चुनाव जितेर मन्त्रीसमेत भएका रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको निर्वाचन क्षेत्र रिक्त छ। वामदेवले पटक-पटक अधिकारीको क्षेत्रमा आफू नलड्ने बताउँदै आएका थिए। फागुन १८ गते उनले फेसबुकमा स्टाटस नै लेखे- मृत्युशोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइनँ। जीवनभर दिने पनि छैन। मेरो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि म क. रवीन्द्रको दु:खद निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने छैन।
सप्तरी: राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार राति अज्ञात समूहले गोली प्रहार गरेको छ । भारतीय नम्बरको मोटरसाइकलमा रहेका दुई जनाले डाक्नेश्वरी नगरपालिका–८ विषहरिया टोलस्थित कोशी पम्प नहर नजिक रोकी एक्कासि गोली प्रहार गरेको मण्डलले बताए । मण्डल राजविराजबाट स ११ प १३६६ नम्बरको मोटरसाइकलबाट बह्मपुरस्थित घर गइरहेका थिए । मण्डलको बायाँ हातको पाखुरामा गोली लागेर घाइते भएको अवस्थामा उपचारार्थ राति अस्पताल आएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकले बताएका छन् । मण्डलको पाखुराबाट अत्यधिक रक्तश्राव भएकाले उनलाई तत्कालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालका अहेव सन्तोष मेहताले जानकारी दिनुभयो । मण्डलको…
काठमाडौं : नेकपाका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन्। पढाइका विषय छन्– चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगीकरण, सहरीकरणलगायत। साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन्। ‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीनजना गाउँपालिकाका अध्यक्ष छन्। युनान प्रान्तको कुनमिङस्थित ‘युनान युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स’ मा चिनियाँ विशेषज्ञ र प्रध्यापकले तिनलाई पढाउने गरेका छन्। कक्षा बिहान र अपराह्न गरी दुई चरणमा दैनिक हुन्छ। कक्षा नभएका बेला चीनको विकास देखाउन स्थलगत भ्रमणमा लगिन्छ। टोलीमा ७ वटै प्रदेशबाट कम्तीमा ४ जना सहभागी छन्। उनीहरू सबैलाई प्रधानमन्त्री कार्यालयले छानेको हो।…
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महानगर अध्यक्ष र सचिवको टुंगो लगाएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो । जसअनुसार काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउला र सचिव रविन्द्र श्रेष्ठ चयन भएका छन् । ललितपुरको अध्यक्षमा मञ्जरी कायश्थ र सचिव ज्ञानेन्द्र शाक्य तथा पोखराको अध्यक्षमा दिपक पौडेल र सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन् । भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र, सचिव ईश्वर सापकोटा, वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिव विश्वम्भर शर्मा तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएका छन् ।…