Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताको घरमा स्मार्ट मिटर जडानका लागि सर्वेक्षण शुरु गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका करीब ९० हजार ग्राहकको स्मार्ट मिटर जडान गर्ने तयारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरिङलाई महत्वाकाङ्क्षी योजनाका रुपमा अगाडि बढाउनुभएको छ । स्मार्ट मिटर जडान भएपछि मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानुपर्ने हालको व्यवस्थाको अन्त्य भई टेलिफोन सेवामा जस्तै स्वचालित बिलिङ लागू हुनेछ । जसले गर्दा मिटर रिडिङको लागत घट्ने प्राधिकरणको विश्वास छ । यसबाट वितरण सेवालाई आधुनिकीकरण गर्ने, वितरण चुहावटलाई घटाइ प्राधिकरणको वित्तीय स्वास्थ्यमा सुधार…

Read More

काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणलाई तत्काल अगाडि बढाइनुपर्नेमा गोरखा जिल्लाका राजनीतिक नेतृत्वले जोड दिएका छन् । गोरखा पत्रकार मञ्चले दशैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले गोरखाका साथै मुलुकलाई नै समृद्ध बनाउने सो परियोजना निर्माणमा कुनै पनि विलम्ब गर्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आयोजना सम्पन्न गर्न स्थानीयको सहयोग र सद्भाव रहँदा पनि निर्माणले गति लिन नसक्नु दुःखद् भएको बताउनुभयो । “आयोजनालाई अगाडि बढाउन स्थानीयको अत्यन्त ठूलो सहयोग रहेको छ, स्थानीयले कुनै विरोध…

Read More

काठमाडौँ: बलात्कार आरोपमा मुछिएका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्। महराले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका हुन् । सभामुखका स्वकीय सचिव सागर केसीले सिंहदरबारस्थित उपसभामुखको सचिवालयमा राजीनामासम्बन्धी व्यहोराको पत्र बुझाएको बताइएको छ । राजीनामापत्रमा उबले भनेका छन्, ‘‘हिजो(सोमबार)देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनको लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्म लागि राजीनामा दिएको छु ।’’ संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई आइतबार राति उनकै डेरामा गई बलात्कार गरेको आरोप महरामाथि लागेको थियो। उक्त घटनापछि…

Read More

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से १०.१३ विन्दुले बढेर एक हजार १४५.६९ विन्दुले बढेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.१९ विन्दुले बढेर २५०.२१ विन्दुमा पुगेको छ । नेप्से उकालो लाग्दा कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ । कूल १६४ कम्पनीको कूल १३ लाख ८६ हजार २८ कित्ता शेयर रु ३१ करोड १४ लाख ८८ हजार ६५२ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । होटल ७.९३, उत्पादन ५२.९२ र…

Read More

काठमाडौँ: नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०आँै मुलुक अष्ट्रेलिया भएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मुख्यालय मन्ट्रियलमा आज नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय हवाईसेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिनुभयो । “आइकाओको प्रधान कार्याल मन्टियल क्यानाडामा आज (१ अक्टोबर सन् २०१९ मा) नेपाल सरकार र अष्ट्रेलिया सरकारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भई हवाईसेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षरका साथै एक…

Read More

काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ । बैठकको तयारीका लागि शीर्ष नेताहरुको छलफल अहिले बालुवाटारमा जारी छ ।

Read More

काठमाडौँ: वर्षेनी दसैंका बेला यात्रुलाई हवाई जहाजको टिकट पाउन सकस हुन्छ। वायुसेवा प्रदायक कम्पनीले दसैं आउन एक महिनाअघि नै हवाई जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन्। यही बहानामा दसैंको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्ने गरेका छन्। महँगो टिकटसमेत पाउन यात्रुलाई मुश्किल हुन्छ। हरेक वर्ष दसैं आउनासाथ राजधानी काठमाडौंलाई कर्मथलो बनाएका लाखौं नागरिक घर जाने चटारोमा हुन्छन्। यात्रुका लागि घर फर्कन दुई विकल्प छन्। हवाई र सडक यातायात प्रयोग गरी यात्रु आ-आफ्नो गन्तव्यतर्फ लाग्छन्। विगत झैं यस वर्ष पनि दसैंमा घर फर्कन यात्रुले उही सास्ती खेप्नुपरेको छ। सबैजसो वायुसेवा कम्पनीले दसैंको टिकट सकिएको बताएका छन्।…

Read More

काठमाडौँ : पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ । पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिबहादुर पाण्डेले दैनिक भेटी गणना गरी बैंकमा दाखिला गर्ने कार्यको शुरुवात गर्नुभएको हो । कोषले विसं २०६६ चैत २६ गतेदेखि पशुपतिनाथ मन्दिरमा दानपेटिका राखी भेटीघाटी पारदर्शी गर्न शुरु गरेको थियो । भेटघाटी पारदर्शी गर्नुअघि कोषले नियमावली नै जारी गरेर पशुपतिनाथका भट्टहरुलाई तलब दिने व्यवस्था गरेको थियो । यो व्यवस्था गरेदेखि कोषकै कर्मचारीले भेटी गणना गरी बैंकमा दाखिला गर्ने गरेका थिए । कोषकै कर्मचारीले गणना गर्दा सार्वजनिक…

Read More

नेपालगञ्ज: जिल्ला कारागारमा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले कारागारबाटै धम्की दिई यहाँका विभिन्न ट्राभल एजेन्सीबाट अनधिकृत रकम असुल्ने गरेको तथ्य बाहिर आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार कारागारमा अपहरण तथा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका सानोबाबु भन्ने धनबहादुर सुनारले कारागारभित्रबाटै धम्की दिई यहाँका विभिन्न टुर्स एण्ड ट्रभल्सबाट दैनिक रकम असुल्ने गरेको तथ्य फेला पारेको हो । प्रहरीले रकम असुल्न सघाएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । धनबहादुरले टुर्स एण्ड ट्राभल्स एजेन्सीबाट रकम असुल्न प्रयोग गर्दै आएका उनका भतिजा युवराज सुनारलाई नियन्त्रणमा लिएको छ…

Read More

काठमाडौं : नेपालीको महान चाड दसैंलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकसहित स्वागत गर्छ। दसैं नजिकिँदै गर्दा बजारमा हरेक वर्ष झैं चहलपहल बढेको छ। किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, सफ्ट ड्रिङ्स, ग्याजेट, टेलिभिजन, वासिङ मेसिन, फ्रिजलगायत इलेक्ट्रोनिक्सका व्यापार अधिक हुन्छ। वस्तुका अतिरिक्त सेवा क्षेत्रमा सार्वजनिक सवारीसाधन, होटल÷रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारमा पनि बढोत्तरी हुन्छ। दसैं र लगत्तै पर्ने तिहार र छठलाई केन्द्रित गरेर विक्रेता तथा सेवाप्रदायकले विभिन्न अफर सार्वजनिक गरिरहेका हुन्छन्। उपभोगमा आधारित हाम्रो अर्थतन्त्रमा कुल उपभोगको एक तिहाइ दसैंमा उपभोग हुने अनुमान गरिएको छ। लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर मनविनोद गर्ने, खुसी साटासाट गर्ने र मान्यजनको…

Read More