Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सङ्घीय सरकारले कालोपत्रसहित सडक स्तरोन्नतिका लागि चार वर्षअघि नै बोलपत्र आह्वान गरे पनि काम हुन सकेको छैन । गोकर्ण–माइतीनेपाल–भीमदेव–पाखाथोक सडक कालोपत्रका लागि विसं २०७२ मै डिभिजन सडक कार्यालय मीनभवनले ठेक्का लगाएको थियो । तीन पटक म्याद थपे पनि बजेट नभएको भन्दै काम हुन सकेको छैन । सडक स्तरोन्नति नहुँदा धान रोप्ने खेतको गराजस्तो भएपछि गोकर्णेश्वर नगरपालिकाले रु १८ लाख खर्च गरेर खाल्डाखुल्डी पुर्न थालेको छ । स्थानीयवासी श्रीकृष्ण ज्योति सडकमा सवारी चलाउन त परैको कुरा पैदल हिँड्नसम्म नसकिने भएपछि नगरपालिकालाई अनुरोध गरेर चाडबाडअघि मर्मतसम्भारको काम गर्न लगाएको बताउनुहुन्छ । दुई निकायले एउटै सडकमा बजेट खर्च गर्दा कामभन्दा बजेट…

Read More

काठमाडौँ: राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको राहदानीसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको मंगलबारको बैठकले राहदानी विधेयक २०७५ माथि विधायन व्यवस्थापन समितिको संशोधन अनुसार परिमार्जन गरी पारित गरेको हो । यसअघि गत वैशाखमा राष्ट्रियसभाले विधायन व्यवस्थापन समितिको संशोधन अनुसार विधेयक परिमार्जन नै नगरी पारित गरेको थियो । त्यसपछि राष्ट्रपतिसमक्ष पुगेको विधेयक पुनर्विचारका लागि फिर्ता आएको थियो । फिर्ता आएको विधेयक मंगलबार भने विधायन व्यवस्थापन समितिको संशोधनअनुसार परिमार्जन गरी पारित गरिएको हो । मंगलबार परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले राहदानी विधेयक २०७५ विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । तर विधेयकमाथि राष्ट्रियसभाका कुनै सांसदले पनि धारणा राखेनन्…

Read More

काठमाडौँ: नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीको भत्ता बढाउने निर्णय गरेको छ। सैनिकहरूले पाउँदै गरेको भत्तामा प्रतिमहिना ८५ अमेरिकी डलर (साढे ९ हजार बढी रुपैयाँ) वृद्धि गर्ने निर्णय सेनाले गरेको हो। सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोमबारको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको एक हजार २९ अमेरिकी डलर भत्तामा ८५ डलर थप गरी प्रतिमहिना एक हजार ११४ अमेरिकी डलर (१ लाख २७ हजार रुपैयाँ) कायम गर्ने निर्णय गरेको हो। बैठकले गणको नेतृत्व गर्ने गणपति प्रमुख सेनानीले पाउने भत्तामा भने २१ डलर वृद्धि गरेको छ। प्रमुख सेनानीले यसअघि एक हजार ३७८ अमेरिकी डलर…

Read More

काठमाडौैँ: आन्तरिक लगानीका लागि भरपर्दो र विश्वासिलो संस्थाका रुपमा स्थापित हुँदै गएको कर्मचारी सञ्चयकोषले रु तीन खर्ब ४५ अर्ब बराबरको वित्तीय स्रोतको व्यवस्थापन गर्दै आएको छ । करीब छ लाख सञ्चयकर्ताले मासिक कोष कट्टी गरेर जम्मा गरेको रकम बढ्दै गएको सन्दर्भमा लगानीका विविध क्षेत्र र आयामको खोजीमा कोष क्रियाशील भएर लागेको छ । कोषमा रु तीन खर्ब नौ अर्ब ८५ करोड बराबरको कोष मौज्दात छ । यस्तै रु ३१ अर्ब ४५ करोड जगेडा कोषमा छ । अन्य दायित्व तथा व्यवस्था भने रु चार अर्ब ३९ करोड छ । कोषले रु तीन खर्ब ४५ अर्ब ६९ करोड कूल स्रोत र रु…

Read More

काठमाडौं: मुलुकमा आर्थिक समृद्घि हासिल गर्न लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिसँग जोड्नुपर्ने आवश्यकता सरोकारवालाहरुले औंल्याएका छन् । स्थानीय उत्पादनमा आधारित नेपालमा सदियौंदेखि चलिरहेका परम्परागत लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिको माध्यमबाट उत्पादकत्व र क्षमता बढाउनुपर्ने उनीहरुको सुझाव थियो । सातौं विज्ञान दिवसको पूर्वसन्ध्यामा नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको ‘विज्ञान, प्रविधि र उद्योगसँगसँगै’ विषयक एक दिने विचार गोष्ठीका सहभागीहरुले विज्ञान र प्रविधिको माध्यमबाट पुराना उद्योगहरुलाई सुदृढ र विकास गर्नुपर्नेमा जोड दिएका छन् । महासंघका अध्यक्ष श्याम गिरीले सरकारले लिएको समृद्घ नेपाल र सुखी नेपालीको लक्ष्य नेपाली उद्योग र तिनका उत्पादनसँग जोडिने…

Read More

विदुर : नुवाकोटको लिखु गाउँपालिका–६ मा फक्राउ परेका नेत्र विक्रम चन्द समूहका नुवाकोट जिल्ला सदस्य तथा युवा सङ्गठन नुवाकोटका उपाध्यक्ष रमन भन्ने प्रनिल पौडेललाई पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको छ । नुवाकोट जिल्ला अदालतबाट सोमबार पाँच दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेले बताए । नुवाकोटको बेलकोटगढी नगरपालिका–४ स्थित दशचर पेटारेमा गत महीनाको साउन १६ गते ऐनसेल कम्पनीको टावर क्षेत्रभित्र रहेको सोलार प्यानल तथा ब्याट्री बक्समा आगजानी गरेको आरोपमा प्रहरीले उनलाई विशेष सूचनाका आधारमा गत शुक्रबार पक्रेको थियो । उनी नुवाकोटको लिखु गाउँपालिका–६ स्थित बा ५८ प १३६२…

Read More

बाजुरा : जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन् । बजारको मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भएपनि बिक्री हुन नसकेको हो । दशैँ तिहार आउनअगावै चामल किन्नेको घुइँचो हुने संस्थानमा पछिल्लो समय चामल बिक्री हुन छाडेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले बताए । उनले भने , “कम मात्रामा चामल बिक्री हुन थालेपछि दशैँ र तिहारका लागि संस्थानको गोदाममा चामल प्रशस्त रुपमा रहेको छ । यो वर्षको चाडपर्वमा चामलको कुनै अभाव हुने छैन ।” बजारका पसलहरुमा सहजै चामल पाउन थालेपछि संस्थानको चामल कम मात्रामा बिक्री हुन…

Read More

काठमाडौँ : लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ । ‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो । विमानस्थलबाट हुने दुबैतर्फका उडान भने रोकिएको थिएन । डेढघण्टापछि अवरुद्ध अवतरण शुरु गरिएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए । अवतरण बन्द हुँदा भारतको नयाँ दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोका विमान आकाशमै फन्को लगाउँदै ‘होल्ड’ भएका थिए । कतिपय आन्तरिक उडानका जहाज पनि ‘होल्ड’मै थिए । उक्त विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र करीब ३०० आन्तरिक उडान–अवतरण हुँदैआएको छ ।…

Read More

काठमाडौँ : अर्थमन्त्री डा युवराज खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरेलगत्तै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज एकाएक बढेको छ । कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवका क्रममा आज अर्थमन्त्री खतिवडाले शेयर बजार घटिरहेको अहिलेको स्थितिमा नवप्रवेशीका लागि उपयुक्त समय रहेको धारणा राख्नुभएपछि बजार एक्कासि बढेको हो । बजार खुल्नेबित्तिकै आइतबार र सोमबारकै लयमा घट्न थालेको थियो । जब अर्थमन्त्रीको उक्त धारणा सार्वजनिक भयो तब बजारले उकालोको यात्रा तय ग¥यो । कारोबार शुरु भएको २८ मिनेटसम्म स्थिर रहेको बजार त्यसपछि भने एकाएक बढ्न थाल्यो । नेप्से परिसूचकको उकालो यात्रा अपराह्न १ बजेर २७…

Read More

काठमाडौैँ : आन्तरिक लगानीका लागि भरपर्दो र विश्वासिलो संस्थाका रुपमा स्थापित हुँदै गएको कर्मचारी सञ्चयकोषले रु तीन खर्ब ४५ अर्ब बराबरको वित्तीय स्रोतको व्यवस्थापन गर्दै आएको छ । करीब छ लाख सञ्चयकर्ताले मासिक कोष कट्टी गरेर जम्मा गरेको रकम बढ्दै गएको सन्दर्भमा लगानीका विविध क्षेत्र र आयामको खोजीमा कोष क्रियाशील भएर लागेको छ । कोषमा रु तीन खर्ब नौ अर्ब ८५ करोड बराबरको कोष मौज्दात छ । यस्तै रु ३१ अर्ब ४५ करोड जगेडा कोषमा छ । अन्य दायित्व तथा व्यवस्था भने रु चार अर्ब ३९ करोड छ । कोषले रु तीन खर्ब ४५ अर्ब ६९ करोड कूल…

Read More