Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    • सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
    • प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
    • सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
    • १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 24
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » आन्तरिक लगानीका लागि भरपर्दो स्रोत भएको सञ्चयकोषको २० आयोजनामा शेयर

    आन्तरिक लगानीका लागि भरपर्दो स्रोत भएको सञ्चयकोषको २० आयोजनामा शेयर

    पहिलोक्लिकपहिलोक्लिकSeptember 17, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौैँ : आन्तरिक लगानीका लागि भरपर्दो र विश्वासिलो संस्थाका रुपमा स्थापित हुँदै गएको कर्मचारी सञ्चयकोषले रु तीन खर्ब ४५ अर्ब बराबरको वित्तीय स्रोतको व्यवस्थापन गर्दै आएको छ ।

     

    करीब छ लाख सञ्चयकर्ताले मासिक कोष कट्टी गरेर जम्मा गरेको रकम बढ्दै गएको सन्दर्भमा लगानीका विविध क्षेत्र र आयामको खोजीमा कोष क्रियाशील भएर लागेको छ ।

     

    कोषमा रु तीन खर्ब नौ अर्ब ८५ करोड बराबरको कोष मौज्दात छ । यस्तै रु ३१ अर्ब ४५ करोड जगेडा कोषमा छ ।

    अन्य दायित्व तथा व्यवस्था भने रु चार अर्ब ३९ करोड छ ।

    कोषले रु तीन खर्ब ४५ अर्ब ६९ करोड कूल स्रोत र रु तीन खर्ब ३८ अर्ब छ करोड बराबरको लगानी गरेको छ ।

    कोष स्थापनाको ५८ औँ वर्ष प्रवेशको अवसरमा आज सार्वजनिक गरिएको विवरणअनुसार कोषले सञ्चित रकममा ८।२५ प्रतिशतले ब्याज प्रदान गरेको छ ।

    कोषले सञ्चयकर्ता सापटीमा ५३, परियोजना कर्जामा १६, बैंकहरुको मुद्दती निक्षेपमा २३ र अन्य क्षेत्रमा आठ प्रतिशत लगानी गरेको छ ।

     

    व्यक्तिगत विवरण (केवाइसी)मार्फत दुई लाख ५० हजार बढी सञ्चयकर्ताको विवरण अध्यावधिक गरिसकेको कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए ।

     

    त्यस्तै निजामती किताबखाना, महालेखा नियन्त्रकको कार्यालय र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडसँग भएका समझदारी सम्झौता कार्यान्वयन भइरहेका छन् ।

     

    नेपाल क्लियरिङ हाउससँग सहकार्य गरी कोषबाट प्रवाह हुने सापटी र भुक्तानीलाई चेकरहित बनाइएको छ ।

    हाल परीक्षणको रुपमा लागू गरिएको यस कार्यक्रमलाई चालू आर्थिक वर्षभित्र कोषका सबै कारोबारमा कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

     

    सञ्चयकर्तासँगको सबै प्रकारका कारोवारको जानकारी एसएमएसमार्फत प्रदान गर्ने प्रक्रिया शुरु गरिएको जानकारी दिँदै गौतमले नयाँ नियुक्त हुने कर्मचारीलाई राष्ट्रिय किताबखानाबाटै कोषको परिचयपत्र नम्बर प्रदान गर्न थालिएको बताए ।

    कोषले २० वटा आयोजनामा आफ्नो शेयर लगानी गरेको छ ।

     

    रु १२ अर्ब ५० करोड बराबरको सरकारी ऋणपत्रलाई दोस्रो बजारमार्फत बिक्री गरी सो रकमलाई लामो अवधिको मुद्दती निक्षेपमा लगानी गरिएको छ ।

    यस निर्णयबाट कोषको प्रतिफलमा वार्षिक करीब रु ७५ करोड वृद्धि भएको छ ।

     

    लगानीबाट प्राप्त कूल प्रतिफलमध्ये ९५ प्रतिशत बढी रकम ब्याज, मुनाफा र सामाजिक सुरक्षा सुविधाको रूपमा सञ्चयकर्तालाई नै प्रदान गरिएको छ ।

     

    आव २०७४÷७५ मा भएको रु तीन अर्ब ९४ करोड खुद मुनाफामध्ये रु दुई अर्ब ७६ करोड सञ्चयकर्तालाई मुनाफाको रुपमा वितरण गरिएको छ ।

     

    मुनाफामध्ये आधा रकम सञ्चयकर्ताको खातामा जम्मा गरिएको छ ।

     

    आधा रकम वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीमा सञ्चयकर्ताको नाममा शेयर लगानी गर्ने प्रयोजनका लागि जम्मा गरिएको छ ।

    आव २०७४÷७५, आव २०७५÷७६ मा २१ हजार सञ्चयकर्तालाई रु १९ करोड ९७ लाख सामाजिक सुरक्षा सुविधा वितरण गरेको छ । कोषको वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले कोषलाई प्राथमिक बजार र ऋणपत्र खरीदका लागि प्रयोग गर्ने तयारीमा सरकार रहेको बताए ।

    नागरिक लगानीकोषलाई दोस्रो बजारमा प्रवेश गराउने तयारी भइरहेको उल्लेख गर्र्दै उनले हाल धितोपत्र बजारमा सूचीकृत भएका अधिकांश कम्पनीको नाफा वृद्धि भएकाले नवप्रवेशी र दोस्रो बजारमा लगानी गरेर त्यसबाट नाफा कमाउँछु भन्नेको लागि यो समय उपयुक्त समय रहेको बताएका छन ।

     

    पूँजी निर्माणको निम्ति कोषमा रहेको रु तीन खर्ब माथिको पूँजीलाई परिचालन गरियो भने त्यसले पूँजी निर्माणका साथै ठूला आयोजना अगाडि बढाउन सहज हुने उल्लेख गरेका छन ।

     

    उनले भने , “पूँजी निर्माण पछि थप रोजगारीको अवसर सिर्जना हुन्छ भने सञ्चयकर्ता सुरक्षित हुन्छन् ।”

     

    हाल सरकारी निकायको स्वामित्वमा रहेका विभिन्न कोषमा कूल गार्हस्थ्य उत्पादनको २० प्रतिशत जति रकम जम्मा भएको तथ्य पेश गर्दै अर्थमन्त्रीले त्यो रकमलाई विभिन्न क्षेत्रमा परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

     

    उनले कोषजस्ता ठूला कोष मुद्रा बजारमा खेल्न नहुने भन्दै मुद्रा बजारमा खेलेर अस्थिरता निम्त्याउने भन्दा दीर्घकालीन योजनामा लगानी गर्न सुझाव दिए ।

     

    उनले धितोपत्र बजारमा नयाँ लगानीकर्ताका निम्ति अहिले उपयुक्त समय भएको स्पष्ट पारे ।

     

    शेयर बजार घटिरहेको अहिलेको स्थितिमा नवप्रवेशीका लागि उपयुक्त समय रहेको उनको धारणा थियो ।

     

    सरकारले पूँजी बजारको सुधारका निम्ति विभिन्न ऐन कानून ल्याएको, केहीलाई संशोधनको प्रक्रियामा लगेको र बजारमैत्री वातावरण निर्माण गरेको भन्दै अर्थमन्त्रीले लगानीका लागि उपयुक्त समय भएको बताए ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026

    सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!

    November 24, 2026

    १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’

    November 24, 2026

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.