Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:  नेपाल विद्युत् प्राधिकरणले रातिको समयमा विद्युतीय सवारी साधनलाई चार्ज गर्न सस्तो दरमा विद्युत् उपलब्ध गराउने भएको छ । सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई विस्तार गर्ने र सार्वजनिक यातायातामा पेट्रोलियम पदार्थको खपत घटाउने लक्ष्य राखेकामा त्यसलाई पूरा गर्न रातिको समयमा सस्तो दरमा विद्युत् उपलब्ध गराउने नीति लिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा प्रतियुनिट चार रुपैयाँ २० पैसामा विद्युतीय सवारी साधनका लागि विद्युत् उपलब्ध गराउने प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रातको समयमा विद्युत्को माग असाध्यै कम हुने भएकाले सोही समयमा विद्युत्को खपत बढोस् भनेर सस्तो दरमा विद्युत् उपलब्ध गराइएको छ, हाल केही कम्पनीले मात्रै…

Read More

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका प्रमुख निर्देशक कुलमान घिसिङले घरबेटीले कोठा भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिए कारबाही हुने बताएका छन्। आइतबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताएका हुन्। प्राधिकरणले तोकेको अधिकतम रकमभन्दा बढी लिएको उजुरी आए कारबाही हुने उनको भनाइ छ। ‘अहिलेको कानुन अनुसार नेपाल विद्युत प्राधिकरणले बिक्री गरेको बिजुली अरु कसैले पनि पुनः बिक्री वा व्यापार गर्न पाइदैन’, पत्रकारले सोधेको प्रश्नको जवाफमा घिसिङले भने, ‘घरबेटीले बढी महसुल लिएको उजुरी आए कारबाही गर्छौँ।’ प्राधिकरणले अहिले प्रतियुनिट अधिकतम १३ रुपैयाँसम्म महसुल लिँदै आएको छ। उनले घर बहालमा बस्नेहरुलाई विजुलीको दर/रेटबारे जानकारी लिएर त्योभन्दा बढी नतिर्न आग्रह गरे । प्राधिकरणले…

Read More

काठमाडौँ: पहिलो पटक इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुनाले काठमाडौँ उपत्यकाका विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेका छन् । काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा बिहीबार काठमाडौँ आएका विभिन्न देशका नगरप्रमुख र उपप्रमखसहितको टोलीले गत शुक्रबार वसन्तपुर तथा त्यस आसपासका भित्री शहरको, शनिबार स्वयम्भू र चन्द्रागिरिको अवलोकन गरेका छन् । त्यसैगरी आज पाटनको सङ्ग्रहालय, कृष्ण मन्दिर र भक्तपुरको पचपन्न झ्याले दरबारको अवलोकन गरेका छन् । जात्रा अवलोकन गर्न चीन, भारत, अमेरिका, भुटान र जापानबाट प्रतिनिधि आएका छन् । महानगरको निमन्त्रणामा इन्द्रजात्रा अवलोकन गर्न पाँच देशका ११ शहरबाट ४१ जना पाहुना आउनुभएको थियो । विदेशी नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई विभिन्न स्थानको अवलोकन गराउने क्रममा कामपाका…

Read More

काठमाडौँ : पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार २०० कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ६०० मा कारोवार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ९०० कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ७० हजार ३०० मा कारोवार भएको थियो ।पछिल्लो सातादेखि सुनको मूल्य लगातार घट्दै गएको छ । सुन भदौ…

Read More

काठमाडौँ :मनसुन पुनः सक्रिय भएकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण मनसुनी गतिविधि केही सक्रिय भएको मौसमविद् शान्ति कँडेलले बताए । “अझै तीन दिन देशभर हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको र सो अवधिभर वर्षा अविरल नभई केही समय बलदी हुने केही समय वर्षा हुने क्रम निरन्तर भइरहनेछ”, उनले भने । हाल देशभर आंशिकदेखि सामान्य बदली भई मध्यको पहाडी भेगलगायत पूर्वी तथा पश्चिमी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले आगामी २४ घण्टाको मौसम…

Read More

काठमाडौं : दशैंको पूर्वसन्ध्यामा महानगरीय प्रहरीले आउने सातादेखि राजधानी लक्षित विशेष सुरक्षा योजना लागू गर्ने भएको छ । चाडपर्व लक्षित आपराधिक गतिविधि हुन नदिन महानगरीय प्रहरी आयुक्तको कार्यालयले आउने असोज ४ गतेदेखि सुरक्षा योजना कार्यान्वयन गर्न लागेको हो । महानगरीय पहरी आयुक्तको कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले हिन्दु धर्मावलम्बीहरुको तीन ठूला चाडपर्वहरु दशैं, तिहार र छठ पर्व सम्मका लागि यो सुरक्षा योजना लागू हुने बताएका छन । उनले भने, “असोज ३ गते मनाइने संविधान दिवसको तयारीमा हामी यतिबेला खटिएका छौं, त्यसको भोलीपल्टदेखि नै यो विशेष सुरक्षा योजना अन्तर्गतका कार्यक्रमहरु ल्याइनेछन । ”…

Read More

काठमाडौँ : आजदेखि दुई लाखभन्दा बढीको भुक्तानीमा चेक काट्नु नपर्ने नियम कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई चेक काट्ने तथा अन्य व्यावहारिक समस्यालाई समेत समाधान गरिदिने भएको छ । बैंकका अनुसार दुई लाखभन्दा बढीको भुक्तानीमा चेक काट्नु नपर्ने भएको हो । यस्तै बैंक तथा वित्तीय संस्थाले एकापसमा गर्ने भुक्तानीमा समेत सोही प्रणाली लागू भएकाले चेक काट्नुपर्ने अवस्थाको अन्त्य भएको हो । यसबाट चेक बोक्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ । आफ्नो खाता भएको बैंकमा गएर कसलाई भुक्तानी दिनुपर्ने हो, त्यसको सूचना दिएपछि बैंकका कर्मचारीले चेक नकाटी भुक्तानी…

Read More

मकवानपुर : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अझै पनि हजारौँ बालबालिका विद्यालयबाहिर रहेका र तिनले जोखिमयुक्त श्रम गर्न बाध्य हुनु परेको बताएका छन । राष्ट्रिय बाल दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले उनीहरुलाई त्यस अवस्थाबाट बाहिर ल्याउन प्रदेश सरकार ठोस नीति तथा कार्यक्रमसहित अघि बढ्न लागेको बताए । ‘सुनिश्चित बाल अधिकार ः समृद्ध नेपालको आधार’ भन्ने नारा साथ मनाउन लागिएको बाल दिवस, २०७६ का अवसरमा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, श्रमशोषण र दुव्र्यवहार अन्त्य गर्दै उनीहरुको सर्वाङ्गीण विकासका लागि सबै सचेत र जागरुक रहनुपर्ने जारी सन्देशमा उल्लेख थियो । विद्यालय भर्ना अभियान, अनाथ…

Read More

पोखरा : आश्विन कृष्णपक्ष (पितृपक्ष)का अवसरमा हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने तीर्थयात्रीहरूका कारण पोखरादेखि मुक्तिनाथसम्म चहलपहल बढेको छ । प्रत्येक वर्ष पितृपक्षका अवसरमा मुस्ताङको कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृको उद्धार हुने विश्वासका कारण देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका हुन् । मुक्तिनाथ जाने प्रमुख नाका पोखरा भएकाले यहाँबाट पर्वत, म्याग्दी हुँदै स्थलमार्गबाट एक दिनको यात्रामा मुक्तिनाथ पुग्न सकिन्छ भने हवाई मार्गबाट आधा घण्टाको उडानमा जोमसोम विमानस्थल हुँदै पनि जान सकिन्छ । पोखरा विमानस्थलबाट जोमसोमसम्म समिट र तारा एयरलायन्सले दैनिक उडान गरिरहेकामा सोह्र श्राद्धको समयमा केही उडान थप गर्ने गरेको पोखरा विमानस्थल…

Read More

हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागुऔषध चरेस पाँच किलोसहित तीन जना भारतीय नागरिक तथा साढे १२ किलो गाँजासहित दुई जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनालाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । प्रहरीले शनिबार दिउँसो हेटौँडा, रातोमाटे चेकपोष्टबाट बी।आर।०१पीएफ ७९९८ नंको भारतीय कारमा अगाडिपट्टिको एसीमा फल्स बटम बनाई चार किलो ९०० ग्राम चरेस लुकाई हेटौँडातर्फ ल्याउँदै गर्दा उक्त परिमाणको चरेससहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय शिवराज सिंह, सोही ठाउँका २४ वर्षीय ज्ञानीकुमार पासवान र अर्का सोही…

Read More