Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका युवराज कँडेलको बयान आज सोमबार शुरु भएको छ । हिजो आइतबार सोही अभियोगमा पक्राउ परेकी अस्मिता भनिने रुकु कार्कीको बयान लिइएको थियो । चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार कँडेलको बयानपछि रवि लामिछानेको बयान शुरु गरिने छ । त्यसलगत्तै थुनछेक बहस शुरु हुने उनले जानकारी दिए । बहसका लागि वादीका पक्षबाट तीन सरकारी वकिलका साथै जाहेरवाला तथा प्रतिवादीका तर्फबाट पाँच÷पाँच वकिलले बहस गर्ने जानकारी प्राप्त भएको उनले बताए । अन्य कानून व्यवसायी पनि थपिन सक्ने श्रेस्तेदार गिरीको भनाइ थियो । बहस सकिएपछि मात्र थुनछेक हुने–नहुने भन्ने आदेश जारी हुने…

Read More

काठमाडौं : सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ । आज सोमबार प्रतितोला १ हजार रुपैयाँले बढेर प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यसअघि हिजो आइतबार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले बढेर ७३ हजार २ सय रुपैयाँ पुगेको छ । आज सोमबार चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँ रहेको छ । पछिल्लो सयम सुनको भाउ निरन्तर बढेपछि बजारमा क्रेता ज्यादै न्यून देखिएका छन् । सुनको मूल्य बढ्नुमा अमेरिका…

Read More

काठमाडौं : देशमै पहिलो पटक प्रविधिको प्रयोग गरी प्रधानमन्त्री केपि शर्मा ओलीको उपस्थिति हुने गरी आज सोमबार मन्त्रिपरिषद्को बैठक बस्दैछ। सिंगापुरबाट प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्समार्फत बैठकमा उपस्थिति जनाइ आज दिउँसो १ बजे बैठक बस्ने तयारी भएको मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । गर्नैपर्ने नियमित कामकारबाही नरोकियोस भन्नका निम्ति गत साता बसेको मन्त्रीपरिषदको बैठकले सो व्यवस्थाको निर्णय गरेकोृ थियो । आजको बैठकमा सिंगापृुरबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने र यता अन्य मन्त्रीहरु सहभागी हुने कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं: कृषि प्रधान देशको रुपमा चिनिएको नेपालको अझै पनि कृषि तथा पशुजन्य वस्तुमा परनिर्भरता बढ्दैछ । गत आर्थिक वर्षमात्रै नेपालले २ खर्ब २४ अर्ब बराबरको कृषि तथा पशुजन्य वस्तु आयात गरेको छ । कुल १४ खर्ब १८ अर्ब आयात गरेकोमा कृषिजन्य बस्तुको आयात मात्रै झन्डै १६ प्रतिशत रहेको छ । यति ठुलो मात्रामा कृषि तथा पशुजन्य बस्तु आयात गर्नु कृषि प्रधान देश नेपालको लागि चुनौती रहेको व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अधिकृत कृष्ण राज बजगाईंले बताए । उनका अनुसार गत आर्थिक वर्ष २ खर्ब २४ अर्बको कृषि तथा पशुजन्य बस्तु आयात गर्दा नेपालबाट जम्मा ३६ अर्बको कृषि जन्य बस्तु निर्यात…

Read More

भद्रपुर: आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू जेट एयरलाइन्सको एयर होस्टेजका रुपमा काम गर्दै आएको बताउने राईलाई दुई पुरुषले दिएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । राईले बुबा अमेरिका बस्ने, आमा डाक्टर, दाजु पाइलट भएको परिचय दिई मोबाइल र मेसेन्जरमा निरन्तर कुराकानी गरेर नजिक हुने र लामो समय कुराकानी गरेपश्चात् विवाह गर्नेसम्मको प्रलोभन दिएर…

Read More

काठमाडौँ: संसद्मा पेस भएको एक वर्ष बितिसके पनि नागरिकता विद्येयकको टुंगो लागेको छैन । संसद्बाट विद्येयक पारित नहुँदा संविधानमा राखिएका नागरिकतासम्बन्धी कतिपय नयाँ प्रावधान कार्यान्वयन हुन सकेका छैनन् । यसले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तान नागरिकता पाउनबाट बञ्चित बनेका छन् । अन्य प्रकृतिका नागरिकता वितरण निरन्तर छ । संविधानमा व्यवस्था भए पनि कानुन नबन्दा जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानले नागरिकता पाएका छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन् ।

Read More

चितवन: जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै आज बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा जारी आदेशमा ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनसम्बन्धी अनुसन्धान, अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीबाट अशान्ति हुन सक्ने देखिएको उल्लेख छ । जसका कारण पाँच जनाभन्दा बढी एकै स्थानमा जम्मा हुन नपाउने आदेश जारी गरेको हो । …

Read More

काठमाडौं : सरकारले अनलाइन सपिङलाई कानुनी दायरामा ल्याउने भएको छ। सामाजिक सञ्जाल र वेवसाइट प्रयोग गरी सञ्चालन भइरहेका अनलाइन सपिङले उपभोक्ता ठगेको गुनासो बढेपछि सरकारले उनीहरूलाई कानुनी दायरामा ल्याउन लागेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा विद्युतीय व्यापारको विकास र उपयोगसम्बन्धी राष्ट्रिय रणनीति २०७६ मार्फत विद्युत् र वेवसाइडमार्फत हुने व्यापारिक गतिविधिलाई कानुनी दायरामा ल्याउन लागेको हो। मन्त्रिपरिषद् बैठकले गत असार ८ गते यो रणनीति स्वीकृत गरेको थियो। हालसम्म यस्ता व्यापारिक गतिविधि जसलाई मन लाग्यो उसले इन्टरनेटमार्फत वेवसाइट र समाजिक सञ्जालमार्फत सञ्चालन गर्दै आएका छन्। खाद्यान्नदेखि तरकारी, लुगाफाटा, विद्युतीय सामग्री, भाडावर्तन, फास्ट फुड, फर्निचर, बोटबिरुवा, औषधि, कस्मेटिक्सलगायत सामग्रीको झूठो र…

Read More

काठमाडौं : निजी आवास पुनर्निर्माणका लागि विश्व बैंक सहायता थप्न सकारात्मक देखिएको छ। निजी आवास पुनर्निर्माणमा आवश्यक स्रोतको खाडल पूरा गर्न सरकारले विश्व बैंकसहित अन्य दातृ निकायसँग वार्ता अघि बढाएको छ। निजी आवास पुनर्निर्माणका लागि सबै लाभग्राहीलाई अनुदान उपलब्ध गराउन सरकारलाई करिब एक खर्ब ५० अर्ब रुपैयाँ अपुग हुने आँकलन गरिएको छ। आवश्यक स्रोतमध्ये ३३ अर्ब रुपैयाँ बहुपक्षीय दातृ निकाय विश्व बैंकसँग लिने तयारी छ। यसअघि दुईपटक नेपाल भ्रमणमा आएका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष हात्र्विग साफरसँग अर्थमन्त्री डा.युवराज खतिवडाले निजी आवास पुनर्निर्माण निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी काम भइरहेकाले सहयोग थप्न आग्रह गरेका थिए। विश्व बैंकका राष्ट्रिय…

Read More

काठमाडौं : आइतबार साँझ काठमाडौंको सिनामंगलमा डरलाग्दो दुर्घटना भएको छ। तीनकुनेतर्फबाट गौशाला जाँदै गरेको टिपरले सिनामंगलमा ठक्कर दिँदा तीनवटा बाइक कच्याककुचुक भएका हुन्। घटनास्थलमा पुगेका अन्नपूर्णका पत्रकार यम विरहीका अनुसार तीनवटा बाइक कच्याकुचुक भएका छन् भने एकजनाको शरीर क्षतविक्षत अवस्थामा घटनास्थलमा देखिन्छ। अन्य चार जनालाई भने उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ। टिपरको खोजी भइरहेको गौशाला प्रहरीले बताएको छ।

Read More