काठमाडौं : सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ ।
आज सोमबार प्रतितोला १ हजार रुपैयाँले बढेर प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
यसअघि हिजो आइतबार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले बढेर ७३ हजार २ सय रुपैयाँ पुगेको छ ।
आज सोमबार चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँ रहेको छ । पछिल्लो सयम सुनको भाउ निरन्तर बढेपछि बजारमा क्रेता ज्यादै न्यून देखिएका छन् ।
सुनको मूल्य बढ्नुमा अमेरिका र चीनबीच बढ्दो व्यापार युद्ध मुख्य कारण रहेको व्यावसायीहरु बताउँछन् । अन्तर्राष्ट्रिय बजारका सुनको भाउ प्रति औन्स १ सय ५५।०८ डलर सम्म कारोबार भएको छ ।
नेपालमा सुनको भाउ अन्तर्राष्ट्रिय बजारका आधारमा निर्धारण हुन्छ ।