Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : मुलुकमा फर्निचर तथा फर्निसिङ क्षेत्रले करीब रु १० अर्बको वार्षिक कारोवार गर्ने गरेको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आजदेखि भृकुटीमण्डपमा सञ्चालन गरेको सातौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्सपोमा उक्त कारोवारकाबारे जानकारी दिइएको हो । उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्नुभएको एक्सपोमा फर्निचर तथा फर्निसिङका साथै कार्पेट, भान्छा, श्यया, स्नानकक्ष, इण्टेरियर डिजाइनरलगायत सामग्रीका १२० बिक्री कक्ष राखिएको छ । उक्त अवसरमा उपराष्ट्रपति पुनले सङ्घद्वारा प्रकाशित स्मारिका विमोचन गर्नुभएको थियो । यही भदौ २९ गतेसम्म एक्सपो जारी रहनेछ । नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर आर्थिक नीति निर्माण गर्नुपर्ने…
काठमाडौँ: प्रदेश नम्बर ३ सरकारले यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन संशोधन गरेर सवारीसाधन नवीकरण गर्दा लाग्ने जरिवाना घटाएको छ। शत प्रतिशतसम्मको जरिवानाको तीव्र आलोचना भएपछि प्रदेश सरकार पछि हटेको हो। सरकारले पहिले तय गरेको शतप्रतिशतसम्मको जरिवानालाई घटाएर ३२ प्रतिशतमात्र बनाएको छ। आर्थिक वर्ष समाप्त भएपछि दोब्बर जरिवाना लाग्ने ऐनको दफा १७६ को ‘घ’ मा व्यवस्था गरिएको थियो। सोही दफा संशोधन गरिएको हो। प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन-२०७५ को दफा १७३ मा सवारी नवीकरण कर तिर्ने म्याद सकिएको ९० दिनभित्र वा चैत्र मसान्तमध्ये जुन पहिले आउँछ त्यसभित्र कर तिर्नुपर्ने उल्लेख गरिएको छ। त्यो मिति नाघेपछि पहिलो ३० दिनका लागि…
काठमाडौँ: सरकारले मुलुक लामो समयको सङ्क्रमणकालपछि राजनीतिक स्थायित्वसँगै समृद्धिको मार्गमा लम्किरहेकाले नेपालमा ठूला पूर्वाधारमा लगानी गर्न आग्रह गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा राजधानीमा भएको ‘नेपाल पूर्वाधार सम्मेलन, २०१९’ अन्तर्गतको ‘पूर्वाधार र क्षेत्रीय सम्पर्क सञ्जाल’ विषयको सत्रलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक तथा बाह्य लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको बताउनुभयो । लगानी र विकासको हिसाबले नेपाल जवानीको अवस्थामा प्रवेश गरेको उहाँको भनाइ थियो । मुलुकको समृद्धि सबै राजनीतिक दलको आकाङ्क्षा भएको उल्लेख गर्दै उहाँले लगानीका लागि कुनै समस्या नभएको बताउनुभयो ।…
भक्तपुर : देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिए । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेङ्गु रोगको जोखिममा रहेको बताए । उनले टोल, नगर, विद्यालय लगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रमहरु भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहरहरु नराख्ने कार्य गर्नुपर्ने बताए । यता भक्तपुर नगरपालिका क्षेत्रमा…
काठमाडौँ : इन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, डेङ्गु रोग, शिक्षा क्षेत्रमा देखिएको व्यथिति, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोर्खामा भएको बाघभालु आतङ्कको विषयले सदनमा प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद विनाकुमारी श्रेष्ठले काठमाडाँै उपत्यकामा मनाइने महत्वपूर्ण जात्रा इन्द्रजात्रा सञ्चालनका लागि सरकारले पाँच करोडको अक्षयकोष स्थापना गरेको जानकारी गराउँदै त्यसका लागि सरकारलाई बधाई ज्ञापन गरिन । सांसद सुजिता शाक्यले पशुपतिको भेटी चुहावट भएर विदेश पुगेको कुरा सुनिन आएको हुँदा भेटीको पारदर्शिता कायम गर्न र हुन सक्ने चुहावट रोक्न निगरानी गर्न पशुपतिमा स्क्यानिङ मेशिनको व्यवस्था गर्न माग गरिन । सांसद विनादेवी बुढाथोकीले निकै छिटो…
विराटनगर : विराटनगर–रङ्गेली–झापाको चार लेनको हुलाकी सडकअन्तर्गत अहिले विराटनगर–रङ्गेली–रतुवा खोलासम्म ४२ किलोमिटर सडक निर्माणको ठेक्का लागेको छ । रङ्गेली नगरपालिका वडा नं ३, ४, ६, ७ र ८ का बासिन्दाले सडकको विस्तारबाट २५० घरपरिवारले आफनो उठिवास हुने भएपछि उचित क्षतिपूर्तिको माग गरेका छन् । पीडितले मालपोत कार्यालय र बजारको मूल्याङ्कनअनुसार सङ्घीय सरकारले रु ५० करोड क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । भौतिक पूर्वाधार मन्त्रालयले दाङ घोराहीमा क्षतिपूर्ति उपलब्ध गराई सडक विस्तार गरेको नजिरसमेत रहेको पीडितको भनाइ छ । उक्त सडकअन्तर्गत पर्ने चार दशमलव नौ किलोमिटरको रङ्गेली आमतोलादेखि मधुवनी स्कूलसम्मका अधिग्रहण गरिएको २५० घरपरिवारका १६५ बिघा जग्गा…
काठमाडौँ : प्रतिनिधिसभामा लोकसेवा आयोग विधेयक २०७५ प्रस्तुत भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक प्रस्तुत गरेका हुन । यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत हुँदा सभाले अस्वीकार गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार अपराह्न १ बजे बस्नेछ ।
काठमाडौँ: साताको शरुआतदेखि नै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज पनि सम्हालिन सकेन । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३.२१ मा पुगेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.७९ बिन्दुले घटेर २५४.७८ मा पुगेको छ । स्टकका अनुसार आज कूल १७१ कम्पनीका १५ लाख तीन हजार ९२८ कित्ता शेयर रु ३४ करोड १७ लाख ४५ हजार १३६ मा कारोबार भयो । कारोबार भएका १२ उपसमूहमध्ये एउटा समूहको मात्र शेयर झिनो अङ्कले उकालो लागेको छ । सामूहिक लगानी कोषको शेयर ०.०२ अङ्कले बढेको छ…
काठमाडौँ : राष्ट्रियसभाको बैठकमा नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले यस्का विषयमा स्वास्थ्यमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै समयमै पहिचान गर्दा यो रोगबाट मर्नु पर्दैन भन्ने जनचेतना फैलाउन सरकारलाई सचेत गराए । सांसद अधिकारीले डेङ्गु फैलने क्रमलाई राष्ट्रिय सङ्कटका रुपमा लिनुपर्ने धारणा व्यक्त गर्दै भने , “५६ जिल्लामा फैलिएको छ, यो रोग राष्ट्रिय महामारी हो कि होइन रु यसलाई स्वास्थ्यको सङ्कटकाल घोषणा गर्नुपर्छ कि पर्दैन, कति मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ।” …
चितवन: चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै त्यहाँ अध्ययनरत नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार अस्पतालको सेवा अवरुद्ध गराउँदै तोडफोड गर्ने प्रयास गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले विगत एक सातायता विभिन्न व्यक्तिलाई तल्लो स्तरको गालि गलौज गरी आन्दोलन गर्दै आएको मल्लले बताउनुभयो । पक्राउ परेकाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् । प्रकाशको सोही…