Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    • सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
    • प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
    • सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
    • १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 24
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » नागरिकको उठिबासले विकास होइन विनाश निम्त्याउँछ : २५० हुलाकी सडक पीडित घरपरिवार

    नागरिकको उठिबासले विकास होइन विनाश निम्त्याउँछ : २५० हुलाकी सडक पीडित घरपरिवार

    पहिलोक्लिकपहिलोक्लिकSeptember 11, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    विराटनगर : विराटनगर–रङ्गेली–झापाको चार लेनको हुलाकी सडकअन्तर्गत अहिले विराटनगर–रङ्गेली–रतुवा खोलासम्म ४२ किलोमिटर सडक निर्माणको ठेक्का लागेको छ ।

     

    रङ्गेली नगरपालिका वडा नं ३, ४, ६, ७ र ८ का बासिन्दाले सडकको विस्तारबाट २५० घरपरिवारले आफनो उठिवास हुने भएपछि उचित क्षतिपूर्तिको माग गरेका छन् ।

    पीडितले मालपोत कार्यालय र बजारको मूल्याङ्कनअनुसार सङ्घीय सरकारले रु ५० करोड क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।

    भौतिक पूर्वाधार मन्त्रालयले दाङ घोराहीमा क्षतिपूर्ति उपलब्ध गराई सडक विस्तार गरेको नजिरसमेत रहेको पीडितको भनाइ छ ।

     

    उक्त सडकअन्तर्गत पर्ने चार दशमलव नौ किलोमिटरको रङ्गेली आमतोलादेखि मधुवनी स्कूलसम्मका अधिग्रहण गरिएको २५० घरपरिवारका १६५ बिघा जग्गा र अन्य संरचना भत्किन गई करोडौँको नोक्सानी हुने जनाएको छ ।

     

    सडक विस्तारका लागि बीच भागदेखि दाँयाबाँया ५०÷५० र सेड ब्याकका लागि २०÷२० मिटर छोड्नु पर्दा सडकले विकास होइन विनाश भई सुकुम्बासी हुनुपर्ने अवस्था सिर्जना भएको गुनासो पीडितका छन् ।

     

    पीडितले सर्वोच्च अदालतमा सडक विस्तार रोक्न दिएको मुद्दा अस्थायी स्टे अर्डर पाएको जानकारी दिँदै न्यायालयले यस क्षेत्रका जनताप्रति उचित ध्यान दिनुपर्ने बताएका छन् ।

    रङ्गेली–५ का नागरिक समाजका अगुवा रामनारायण मण्डलले ऐतिहासिक मोरङको पुरानो सदरमुकाम बचाउन वैकल्पिक वाटो बनाउनुपर्नेमा जोड दिए ।

     

    यस नगरको संरचनालाई बचाउन उचित क्षतिपूर्ति वा सडकको बीचबाट ३०÷३० मिटर नै कायम राख्नुपर्ने धारणा उनको छ ।

    रङ्गेली–४ को माधव गौतलले सडक विस्तारबाट आफ्नो दुई कट्ठा जग्गा पर्ने भएकाले विगतदेखि मैले घरको राजश्व, मालपोत, धुरी कर तिर्दै आएकाले उचित मुआब्जा दिनुपर्ने बताए ।

    यसैगरी रङ्गेली–७ का राधेश्याम अग्रवालले आफ्नो जम्मा सात धुर जग्गामा बनाएको घर सबै विस्तारमा जाने भएकाले सुकुम्बासी हुने पिरले विगत दुई महीनादेखि राति सुत्न नसकेको चिन्ता व्यक्त गरे ।

    पाँच पुस्तादेखि बस्दै आएका रङ्गेलीका मङ्गलचन्द अग्रवालले विकासको विपक्षमा नभएको र विनाश पनि नचाहेको बताउँदै कतिपय परिवारसंग संरचना भत्काउने रकमसमेत नभएको बताए ।

     

    उनले अहिले जनताको सरकारले नागरिकलाई उठिवास गराई गरिने विकास होइन, विनाश हुने धारणा व्यक्त गरे ।

     

    अग्रवालले भन , “स्थानीय सरकारको रुपमा रहेको नगरपालिलको समन्वयकारी भूमिका निर्वाह गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्दछ ।”

     

    रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगोडियाले जनप्रतिनिधि कहिले पनि जनताको हकअधिकार कुण्ठित गर्ने कार्यमा नलाग्ने बताउँदै सङ्घीय सरकारको राष्ट्रिय योजनामा परेको सडक विस्तारमा आफ्नो पनि दुई वटा घरको सातवटा पसलको सटर भत्किने जानकारी दिए ।

     

    उनले विसं २०३४ असार २० गतेदेखि नै सहायक मार्गको रुपमा रहेको उक्त सडक विसं २०५७ मा नापी कार्यालयबाट हालसावी भइसकेको अवस्थामा २० वर्षसम्म कुनै दाबी विरोध नगरी अहिले आएर क्षतिपूर्तिको माग गर्नु उचित नभएको दाबी गरे ।

     

    प्रमुख बगोडियाले रु पाँच अर्बको ठेक्का आह्वान भइसकेको उक्त योजनामा सङ्घीय सरकारको नीतिअनुसार स्थानीय तह सञ्चालन हुने बताए ।

     

    रङ्गेली–६ का सम्पतलाल साहले आफ्ना एक कट्ठा जग्गा र रु ५० लाख मूल्य बराबरको घर सडक विस्तारमा पर्ने भएकले आफू विस्थापित भई सुकुम्बासी हुने भएको उल्लेख गर्दै आवश्यक क्षतिपूर्ति सरकारले व्यवस्था गरी नागरिकको हितमा कार्य गर्नुपर्ने आवश्यकता औँल्याए ।

     

    सडक विस्तारमा वैकल्पिक बाटो प्रयोग भएमा औद्योगिक क्षेत्र लगायत नयाँ बस्ती निर्माणमा सहयोग पुग्ने भएकाले यसतर्फ सरकारले सोच्नुपर्ने धारणा उनले राखे ।

     

    पीडितले संविधानमा उल्लेख भएअनुसार ‘विकासका लागि जनताको संरचना अधिग्रहण गर्दा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था’ कार्यान्वयनका लागि आगामी दशैँ, तिहार छठपछि सडक आन्दोलन गर्ने पनि जानकारी दिए ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026

    सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!

    November 24, 2026

    १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’

    November 24, 2026

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.