Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । काठमाडौंको टेकुस्थित महासंघ सचिवालयमा सम्पन्न बैठकले यस्तो सहमति गरेको महासंघले जनाएको छ । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताए । ढकालले भविष्यमा आउन सक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्ने बताए । बैठकमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले गत मंसिरमा भएको समझदारी पत्र समीक्षा गर्नुपर्ने बताए । उनले आगामी दिनमा आउन सक्ने चुनौतीको दुई पक्षीय रूपमा न्यूनीकरणका उपाय पहिचान गर्दै जाने, सामाजिक…

Read More

काठमाडौं: साउथ एसियन रिजनल फाइनान्सियल इन्क्लुसन इनिसिएटिभ (सार्फी)को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सार्फीको अध्यक्ष चयन भएका छन् । मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी ‘एलाइन्स फर फाइनान्सियल इन्क्लुसन एफआई ग्लोबल पोलिसी फोरम’ को बैठक चलिरहेको छ । सो बैठकअन्तर्गत बुधबार आयोजित १५ औं सार्फी लिडर्स राउण्डटेबल’ का क्रममा सार्फीको अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो । सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरेका थिए। बैठकले स्टेट बैंक अफ अफ पाकिस्तान (एसबीपी)लाई सार्फीको उपाध्यक्ष चयन गरेको छ । यसअघि…

Read More

काठमाडौं: कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानको सुचिकरण यसै वर्ष सम्पन्न गरि परिचय पत्र वितरण गर्ने लक्ष्य मन्त्रालयले लिएको वताउनुभएको छ । मन्त्री अधिकारीको अध्यक्षतामा मंगलवार कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिहंदरवारमा बसेको कृषि विषयगत समितिको बैठकमा मन्त्री अधिकरीले कृषि अनुदानका लागि पालिका र प्रदेश सँग समन्वय गरि एउटा संयन्त्र गठन गर्ने सोचाई रहेको वताउनुभयो । कृषि अनुदान लिएकाहरुको सुची सार्वजनिक गर्ने तयारीमा मन्त्रालय रहेको वताउदै मन्त्री अधिकारीले अनुदानको सहि सदुपयोग हुन सकोस भन्ने आफनो स्पस्ट उद्देश्य रहेको उल्लेख गर्नुभयो । मन्त्री अधिकारीले हालको रासायानिक मल बितरण निर्देशिकामा परिमार्जन जरुरी रहेको उल्लेख गर्दे मल लिनका लागि नागरिकता लिएर…

Read More

काठमाडौँ: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग अर्थ मन्त्रालयमा भएको छलफलकाक्रममा अर्थमन्त्री पौडेलले सतर्कतापूर्वक सरकारले ऋण लिने र लिइएको ऋणलाई उत्पादन तथा उत्पाकत्व अभिवृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनाहरुमा लगानी गर्ने बताएका हुन् । उनले नेपालका लागि विस्तारित कर्जा सुविधा ९एक्सटेन्डेड क्रेडिट फेसिलिटी (इसीएफ) को चौथो अवधिको समीक्षासम्म भएका नीतिगत सुधारमा प्रतिबद्ध रहँदै सरकारले त्यसको कार्यान्वयन गर्ने र आगामी नोभेम्बरमा हुने पाँचौ समीक्षाका लागि अन्तर्राष्ट्रिय…

Read More

अर्न, लर्न, सेभ र इस्पेण्डको अवधारणामा आधारारित काठमाडौँ: ग्लोबल आईएमई बैंकले बच्चाको खर्चलाई डिजिटलाइज्ड गर्दै अभिभावकले नै खर्च निगरानी गर्नसक्ने फिचरसहितको एप सञ्चालनमा ल्याएको छ। बैंकले सोमबार ग्लोबल जुनियर एप लन्च गरेको हो। १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै ल्याइएको एपबाटै अभिभावकले खर्चको निगरानीसमेत गर्न सकिने बैंकले जनाएको छ। परिवारबाटै डिजिटल कारोबारको सुरुवात गर्नका लागि बैंकले बालबालिका र अभिभावककोबिचको सम्बन्धमा सेतुको रुपमा जुनियर एप सञ्चालनमा ल्याएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले बालबालिकामा डिजिटल बैंकिङ सम्बन्धी ज्ञान हुनु अपरिहार्य भएको भन्दै एपले सानैबाट बालबालिकालाई वित्तीय रुपमा साक्षर बनाउने योजना रहेको बताए। उनले भने, ‘भोलिका कणर्धार भनेकै बालबालिका…

Read More

काठमाडौँ: नेप्सेमा आज हरियाली छाएको छ । सोमबार नेप्से १२७.२५ अङ्कले बढेर २८२३.२५ विन्दुमा पुगेको छ । सोमबार ३३५ कम्पनिको कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९ पटक कारोबार हुदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ मा खरिद बिक्री भएका छन् । त्यस्तै, आज नेशनल हाइड्रोसहित सात कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने आज लक्ष्मी उन्नति कोषको शेयर मुल्य सबै भन्दा बढी ४.७१ प्रतिशतले घटेको छ । आज गुडविल फाइनान्सको सबै भन्दाबढी ४६ करोड ५२ लाख ५१ हजार ९०० को रकम बराबरीको खरिद बिक्रि भएको छ भने…

Read More

काठमाडौ: अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ । चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कूल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेश गर्न सहमति दिइएको हो । यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ । दुग्ध…

Read More

काठमाडौं: अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ। पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुनेछ। एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप-महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप-महानिर्देशकले गर्नुहुनेछ। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुन अनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्नेछ । यसैगरी आवश्यकता अनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिनेछ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक सय दिनको कार्य योजनामा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख…

Read More

काठमाडौँ: उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताएका छन् । सरकार गठनपछि अर्थतन्त्रका बाह्य सुचक सकारात्मक रहेको र आन्तरिक अर्थतन्त्रको सुधारमा थप कदम चाल्न तयार रहेको उनले बताए । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारण सभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रमैत्री नीति ल्याएको बताए । सोहीकारण पूँजीबजार, रियलस्टेट ऋण प्रवाह बढ्दै गएको बताए । अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको बताए । “हाम्रो आर्थिक र वित्तीय सूचक सकारात्मक बन्दै…

Read More

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको छ । ६ भदौमा न्यायाधीश हरि फुयालको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश शुक्रबार न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो । न्यायाधीश फुयालको इजलासले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै गृह मन्त्रालयले सर्वोच्चमा निवेदन दिएको थियो । शुक्रबार सोही निवेदनको सुनुवाइ गर्दै न्यायाधीश शर्मा र सुवेदीको इजलासले सरकारको माग बमोजिम अन्तरिम आदेश खारेज गरेको सर्वोच्च अदालतले वेबसाइटमा उल्लेख गरेको छ । सर्वोच्चको यो आदेशसँगै १६ भदौदेखि नेपाल प्रहरीका ९० अधिकृतहरु ३० वर्षे…

Read More