Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी पुनःनिर्विरोध निर्वाचित भएका छन् । संघको बुधबार भएको साधारणसभाबाट उनी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका हुन् । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षद्वयमा शंकर श्रेष्ठ र मनोजकुमार दास चयन भएका छन् । संघको महासचिवमा दिवान चन्द, कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र सचिवमा धर्मराज बर्तौला चयन भएका छन् । सदस्यहरुमा सुनिल सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, आशिष अग्रवाल जाजोदिया, बाबुराम पोखरेल, योगेश घिमिरे र सुदीप घिमिरे चयन भएका छन् । योगेश पौडेल र अमित अग्रवाललाई मनोनित सदस्यका रुपमा चयन भएको जनाइएको छ ।

Read More

काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आउँदो मङ्सिरमा हुन लागेको उपनिर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले तीनै तहको रिक्त उपनिर्वाचनका निम्ति पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक र कानूनी व्यवस्थाअनुसार दल दर्ता गर्ने निर्णय गरेको र त्यसको जिम्मेवारी महासचिव पौडेललाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पार्टी एकताका विषयमा भने आजको बैठकमा छलफल नभएकाले आगामी बैठकमा छलफल हुने जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “दल दर्तासम्बन्धी सबै प्रक्रिया पूरा गरेर टुङ्ग्याउन महासचिव पौडेललाई जिम्मेवारी…

Read More

भीमदत्तनगर: गत वर्ष साउनमा भएको १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणले चर्चा सर्वत्र पाए पनि कञ्चनपुर सुरक्षाका दृष्टिकोणले शान्तिपूर्ण जिल्लाका रुपमा चिनिन्छ । निर्मला प्रकरणले कञ्चनपुर अपराध बढी हुने जिल्लाको रुपमा बढी प्रचारबाजी गरिए पनि र भारतसित खुला सीमा जोडिए पनि यहाँ ठूला आपराधिक घटना भने भएका छैनन् । निर्मला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०देखि विभिन्न टोली सक्रियरुपमा परिचालन भएका छन् । पछिल्लो समय बस्ती र टोल÷टोलमा प्रहरी साझेदारी कार्यक्रम लिएर जिल्लाभर खटिएको प्रहरी नागरिकसितको समन्वयमा आधारभूत सुरक्षा, लागुऔषध नियन्त्रणदेखि ट्राफिक नियमबारे सचेतना फैलाउन अग्रसर छ ।गत आर्थिक वर्षको अपराधको तथ्याङ्क हेर्दा जिल्लामा बढी अपराध ‘आइतबार’का दिन…

Read More

भद्रपुर: झापाको मेचीनगर नगरपालिका–११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिण भुस्याह कुकुरको टोकाइबाट मरेका छन् भने एउटा घाइते भएको छ । आज बिहान वनले तारजालीले घेरा हालेर पालेको स्थानमा चार वटा भुस्याहा कुकुर पसेर हरिणलाई टोकेर मारेको बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु राजवंशीले बताउनुभयो । कुकुरको टोकाइबाट मरेका हरिणमध्ये दुई वटा पोथी र एउटा भाले रहेको जिल्ला डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । उहाँका अनुसार भेटनरी अस्पताल तथा पशु सेवा विभाग कार्यालय झापाका डा सञ्जय ढुङ्गाना र डा गणेश भट्टराई लगायतको टोलीले मृत हरिणको ‘पोस्टमार्टम’ गर्नुभएको थियो ।…

Read More

धनगढी: धनगढी उपमहानगरपालिका मनहेरा गाउँकी समिता चौधरी आफ्ना लागि लगाउन मिल्ने लुगा सित्तैमा पाउँदा खुशीसँगै दोधारे मुद्रामा भेटिनुभयो । स्थानीय हसनपुर चोकमा सञ्चालनमा ल्याइएको निःशुल्क लुगा वितरण केन्द्रमा राखिएका लुगा छान्दै गर्दा भेटिनुभएकी उहाँले भन्नुभयो,‘‘पैंसा नतिरेर लुगा पाउँदा गरीबका लागि राम्रै काम गरिएको रहेछ ।” एक पटक प्रयोग भई पुनः प्रयोग गर्न मिल्ने लुगा उलब्ध हुँदा भने उहाँ दोधारमा देखिनु भएको हो । उहाँसँगै बजार घुम्न आउनुभएकी अर्की महिला पनि आफूलाई लगाउन मिल्ने लुगा हतार हतारमा छानेर झोलामा राख्दै गरेको भेटिनुभयो । पुनः प्रयोग गर्न मिल्ने लुगा सित्तैमा उपलब्ध हुन थालेपछि कमजोर आर्थिक अवस्था भएका समुदायका व्यक्तिका लागि राहत…

Read More

भक्तपुर: भक्तपुरमा डेङ्गु रोगको प्रकोप फैलिएपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत डेङ्गु नियन्त्रणका लागि लामखुट्टे मार्ने औषधिसहितको गन बोकेर बस्ती छिर्नुभएको छ । हनुमन्ते सफाई अभियानले भक्तपुरमा आजदेखि शुरु गरेको डेङ्गु सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत अभियानका सल्लाहकार एवं संरक्षकसमेत रहनुभएको सांसद बस्नेत औषधिसहितको गन बोकेर डेङ्गु रोग सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली वास्तुटोल र मनोहरा किनाराको सुकुम्बासी बस्तीमा लामखुट्टे मार्ने गनसहित गएर डेङ्गु प्रकोप नियन्त्रणमा सक्रिय हुनुभयो । उहाँले डेङ्गु रोग प्रकोपका रुपमा फैलिँदै गएकाले त्यसको नियन्त्रणका लागि आआफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सरकार आफ्नो क्षेत्रबाट रोग नियन्त्रणका लागि पहल…

Read More

काठमाडौँ : मुलुकमा फर्निचर तथा फर्निसिङ क्षेत्रले करीब रु १० अर्बको वार्षिक कारोवार गर्ने गरेको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आजदेखि भृकुटीमण्डपमा सञ्चालन गरेको सातौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्सपोमा उक्त कारोवारकाबारे जानकारी दिइएको हो । उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्नुभएको एक्सपोमा फर्निचर तथा फर्निसिङका साथै कार्पेट, भान्छा, श्यया, स्नानकक्ष, इण्टेरियर डिजाइनरलगायत सामग्रीका १२० बिक्री कक्ष राखिएको छ । उक्त अवसरमा उपराष्ट्रपति पुनले सङ्घद्वारा प्रकाशित स्मारिका विमोचन गर्नुभएको थियो । यही भदौ २९ गतेसम्म एक्सपो जारी रहनेछ । नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर आर्थिक नीति निर्माण गर्नुपर्ने…

Read More

काठमाडौँ: प्रदेश नम्बर ३ सरकारले यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन संशोधन गरेर सवारीसाधन नवीकरण गर्दा लाग्ने जरिवाना घटाएको छ। शत प्रतिशतसम्मको जरिवानाको तीव्र आलोचना भएपछि प्रदेश सरकार पछि हटेको हो। सरकारले पहिले तय गरेको शतप्रतिशतसम्मको जरिवानालाई घटाएर ३२ प्रतिशतमात्र बनाएको छ। आर्थिक वर्ष समाप्त भएपछि दोब्बर जरिवाना लाग्ने ऐनको दफा १७६ को ‘घ’ मा व्यवस्था गरिएको थियो। सोही दफा संशोधन गरिएको हो। प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन-२०७५ को दफा १७३ मा सवारी नवीकरण कर तिर्ने म्याद सकिएको ९० दिनभित्र वा चैत्र मसान्तमध्ये जुन पहिले आउँछ त्यसभित्र कर तिर्नुपर्ने उल्लेख गरिएको छ। त्यो मिति नाघेपछि पहिलो ३० दिनका लागि…

Read More

काठमाडौँ: सरकारले मुलुक लामो समयको सङ्क्रमणकालपछि राजनीतिक स्थायित्वसँगै समृद्धिको मार्गमा लम्किरहेकाले नेपालमा ठूला पूर्वाधारमा लगानी गर्न आग्रह गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा राजधानीमा भएको ‘नेपाल पूर्वाधार सम्मेलन, २०१९’ अन्तर्गतको ‘पूर्वाधार र क्षेत्रीय सम्पर्क सञ्जाल’ विषयको सत्रलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक तथा बाह्य लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको बताउनुभयो । लगानी र विकासको हिसाबले नेपाल जवानीको अवस्थामा प्रवेश गरेको उहाँको भनाइ थियो । मुलुकको समृद्धि सबै राजनीतिक दलको आकाङ्क्षा भएको उल्लेख गर्दै उहाँले लगानीका लागि कुनै समस्या नभएको बताउनुभयो ।…

Read More

भक्तपुर : देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेङ्गु रोग रहेको पुष्टि भएको जानकारी दिए । यो रोगको सङ्क्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक टोल, गल्ली र विद्यालयहरु डेङ्गु रोगको जोखिममा रहेको बताए । उनले टोल, नगर, विद्यालय लगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रमहरु भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहरहरु नराख्ने कार्य गर्नुपर्ने बताए । यता भक्तपुर नगरपालिका क्षेत्रमा…

Read More