Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: आज भाद्र शुक्ल द्वादशीमा हनुमानढोका परिसरमा इन्द्रध्वजा उठाएपछि भैरवका मूर्ति प्रदर्शन गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका परिसरमा विधिपूर्वक इन्द्रध्वजा फहराउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो तयार पार्न नालास्थित वनबाट रुख काटेर ल्याइएको थियो । हनुमानढोका नजिकै रहेको श्वेतभैरवको मूर्ति पनि आजदेखि एकसातासम्म सर्वसाधारणलाई दर्शन र पूजाका लागि खुला गरिएको छ । आकाशभैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी सिँगार गरिन्छ । उक्त मूर्तिलाई किराँती राजा यलम्बरको शिरका रुपमा मानिएको छ । सनातन धर्मावलम्बीका प्रमुख र प्रचलित चाड दशैँ, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई पुरानो चाडका रूपमा लिइन्छ । इन्द्रध्वजा फराइएपछि एक हप्तासम्म इन्द्रजात्रा…
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । प्रधानसेनापति थापाले आज नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणमा उहाँको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा आठ आना जग्गा र घर छ । सो जग्गा आमाबाट बकसपत्रमार्फत प्राप्त भएको हो । थापाको लमजुङ बेँसीशहर नगरपालिका–४ मा अंशबण्डाबाट प्राप्त भएको १२ रोपनी, श्रीमती दीपाको नाममा कामनपा–२६ मा दुई आना माइतीबाट प्राप्त र थापा दम्पतीको नाममा कामनपा–५ मा चार रोपनी ११ आना जग्गा छ । थापा दम्पतीको नाममा नवलपरासीको कोल्हुवा–५ मा १२ कट्ठा छ धुर तथा छोरी रुरुको नाममा लमजुङको बेँसीशहरमा एक रोपनी जग्गा रहेको छ । यस्तै…
विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले चाइनिज ताइपेईलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई उसकै घरेलु मैदानमा २–० गोलले हराएको हो । ताइपेई रङ्गशालामा सम्पन्न खेलमा नेपालका लागि दुवै गोल अञ्जन विष्टले गरेका हुन् । नेपालले शुुरुदेखि नैै आक्रामक खेल प्रदर्शन गरेको थियो । खेलको चौथो मिनेटमा सुजल श्रेष्ठले हानेको फ्री किकमा अञ्जनले हेड गोल गरेका थिए । यस्तै खेलको ६२औँ मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । जीतसँगै समूह ‘बी’ मा रहेको नेपालले तीन अङ्क जोडेको छ । यसअघि नेपाल कुवेतसँग ७–० गोलले हारेको थियो ।
घोराही : दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै रु १८ करोड रकम हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई आज पक्राउ गरेको छ । बैंकको रकम हिनामिनामा मुछिएको पाइएपछि बैंकका दुई जना कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए । पक्राउ परेका कर्मचारीको परिचय भने खुलाइएको छैन । प्रहरीले बैंकको रकम हिनामिना गरेको आरोपमा प्रहरीले यसअघि नै बैंकका प्रबन्धक समी बुढाथोकीसहित १२ जनालाई पक्राउ गरेको थियो । तीमध्ये चार जना छुटिसकेका छन् भने अरु प्रहरीकै हिरासतमै छन् । अहिले बैंकको नारायणपुर शाखाको सम्पूर्ण कारोवार बन्द रहेको छ ।
काठमाडौँ : प्रहरी कार्यालय होस् या कारागार, कुनै पनि क्षेत्रमा अपराधअनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ । महिला र पुरुषको कक्ष छुट्ययाइए पनि अपराधअनुसारको कक्ष भने सीमित नै छ । मुलुकको राजधानी काठमाडौँको सुरक्षा हेर्ने महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसर (काठमाडौँ प्रहरी) को भौतिक संरचना विसं २०७२ को भूकम्पपछि अझै दयनीय छ । महाशाखामा भने थुनुवा कक्ष नै छैन । अस्थायीरूपमा बस्दै आएको परिसरमा थुनुवा मात्रै होइन, प्रहरी कर्मचारी नै एउटै कोठामा बसेर विभिन्न विभागको काम सम्हाल्नुपर्ने अवस्था…
काठमाडौँ : ‘‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिसभाबाट सन्देशसहित प्राप्त सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद खगराज अधिकारीले शिक्षा र संस्कृतिमाथि आक्रमण भइरहेको बताउँदै संरचनागत रुपमा कसरी जाने भन्नेमा खुला छलफल गरी निष्कर्षमा पुग्नुपर्ने विचार राखे । सांसद पुष्पा भुसालले शिक्षा निःशुल्क मात्र नभई अनिवार्य पनि गराउनुपर्ने बताए । पूर्ण साक्षरबाट पूर्ण शिक्षित बनाउनेतर्फ विधेयक केन्द्रित हुनुपर्ने उनको धारणा थियो । साङ्केतिक भाषालाई पनि शिक्षामा अनिवार्य एवं निःशुल्क गराउने…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको बताए । मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको आज अपराह्न उद्घाटनपछि सिंहदरबारबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइँमा पु¥याउन नयाँ जोश, गतिशीलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको बताए । उनले पाइपलाइन परियोजना सञ्चालनमा आएपछि समयको बचत हुनाका साथै ढुवानी लागत कम हुने, वायु प्रदूषण न्यूनीकरणमा सहायता मिल्ने बताए। “पाइप लाइन परियोजनाले नेपाली उपभोक्तामा सकारात्मक प्रभाव पारेको छ”, प्रधानमन्त्रीले भने । उनले आयोजना सम्पन्न गर्न भारत सरकारले गरेको सहकार्य र सहायताका लागि आभार प्रकट गरे । “परियोजना नेपाल र भारतको व्यापार…
काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.२४ बिन्दुले घटेर एक हजार १६६.६७ बिन्दुमा झरेको छ । अपराह्न १ बजेसम्म एक हजार ६१.९३ बिन्दुमा झरेको नेप्से क्रमशः उकालो लागेर २ बजेर २० मिनेटसम्म एक हजार १७२.८२ मा पुगेको थियो । पुनः नेप्से ओरालो लागेर बजार बन्द हुँदा एक हजार १६६.६७ मा सीमित भयो । नेप्से घटेपनि ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२१ बिन्दुले बढेर २५५.५७ मा पुगेको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम समेत सस्तैमा…
काठमाडौँ : पाइपलाइनबाट इन्धन ल्याइन थालेपछि ढुवानी खर्च कम भई नेपाली बजारमा उपभोक्ताले राहत पाउन थालेका छन् । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएसँगै नेपाल आयाल निगमले इन्धनको मूल्य समायोजन गरी डिजेल÷मट्टितेल र पेट्रोलमा प्रतिलिटर रु दुई÷दुई घटाएपछि उपभोक्तालाई राहत भएको हो । यो मूल्य आज मध्याह्न १२ बजेदेखि लागू भएको छ । मूल्य घटेसँगै प्रतिलिटर डिजेल÷मट्टितेल रु ९५ र पेट्रोल रु १०७ कायम भएको छ । यसअघि पेट्रोलको मूल्य रु १०९ र डिजेल÷ मट्टीतेलको मूल्य प्रतिलिटर रु ९७ थियो । पाइपलाइनका कारण ढुवानी खर्च जोगिने भएपछि स्वचालित प्रणालीमा भाउ बढेमा कम…
काठमाडाँै : नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गरेका छन । होटल मेरियटमा भएको सो भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो । भेटमा दुई देशबीच रहँदै आएको सदियौँदेखिको सम्बन्धलाई वर्तमान परिस्थितिमा थप सुदृढ गर्ने विषयमा छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए । भेटपछि उनले सञ्चारकर्मीसँग भन्नुभयो, “नेपालको आर्थिक विकासको प्रयासमा चीन सरकार र चिनियाँ जनताबाट हुने सहयोग र नेपालको अपेक्षाका बारेमा विस्तृतमा कुराकानी भयो ।” नेपाल र चीन सरकारकाबीच हुने सहकार्य र सहयोगको क्षेत्रलाई विस्तार गर्ने विषयमा…