Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
चितवन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र सुरक्षा सबै दृष्टिकोणले राष्ट्रिय परिचयपत्रको दीर्घकालीन रणनैतिक महत्व रहेको बताउनुभएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग फिल्ड कार्यालय चितवनको आज जिल्ला प्रशासन कार्यालय परिषरमा उद्घाटन गर्दै उहाँले राष्ट्रिय परिचयपत्र आम नेपालीका लागि महत्वपूर्ण रहेको बताउनुभयो । राष्ट्रिय परिचयपत्र नहुँदा नागरिकले समस्या झेल्नु परेको भन्दै उहाँले परिचयपत्र निर्माण गर्ने र वितरण गर्ने विषयमा दलहरु तथा सरकारका बीचमा पनि छलफल हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्ततः आवश्यक प्रक्रिया पूरा गरी राष्ट्रिय परिचयपत्र वितरणको काम शुरु भएको छ ।” ऐनका सम्बन्धमा प्रतिनिधिसभाले पास गरेर राष्ट्रियसभामा पुगेकाले त्यहाँबाट पनि पारित…
काठमाडौँ: साताको शुरुआती दुई दिन लगातार दोहोरो अङ्कले गिरावट आएर लगानीकर्तालाई निराश बनाएको धितोपत्र बजारले आज लगानीर्तामा केही आश जगाएको छ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मङ्गलबार र बुधबार भने लगानीकर्तामा उत्साह भर्ने ढङ्गबाट उकालो लागेको छ । मङ्गलबार झण्डै २० अङ्कले बढेको नेप्से आज ३.८७ अङ्कले वृद्धि भई एक हजार १९४.७७ पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ०.६३ अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार आज कूल १६८ कम्पनीका १४ लाख २२ हजार ११२ कित्ता शेयर रु ४३ करोड ६४ लाख ४४ हजार ६८८ मा खरीदबिक्री भएको छ । कारोवार भएका ११ उपमूहमध्ये तीन उपसमूहको…
वीरगञ्ज: हावाहुरी तथा चक्रवातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज यहाँ आयोजित एक कार्यक्रममा बारा पर्साका प्रभावित स्थानीय तहका प्रमुखलाई घर हस्तान्तरण गर्नुभयो । जनता आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले निर्माण गरेका घरहरु हस्तान्तरण गरिएको हो । गत वर्ष चैत १७ गते साँझ आएको उक्त चक्रवातबाट २७ जनाको मृत्यु हुनका साथै अर्बाै मूल्य बराबरको धनमाल क्षति भएको थियो । सरकारले चैत २१ गते क्षतिग्रस्त घरको पुनःनिर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको…
मार्तडी : मार्तडी–कोल्टी सडक लगातारको अविरल वर्षाका कारण अवरुद्ध भएको तीन महीना बित्दा पनि अझै खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हुँदै आएका मालवाहक र अन्य सवारीसाधन ठप्प भएका छन् । दैनिकरूपमा चल्ने मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि उत्तरी भेगमा स्थानीय पैदलयात्रा गर्न बाध्य भएका छन् । सो सडकमा ठाउँ–ठाउँमा वर्षाले गर्दा पहिरो आएर अवरुद्ध बन्दै गएको हो । दैनिकरूपमा पानी पर्न थालेपछि मार्तडी–कोल्टी सडकमा पर्ने बाउली खोला र अनै खोला, जिल्ली र रजातोलीमा रहेका खहरे खोलामा बाढी आई सडकमा पहिरो आएपछि उक्त क्षेत्रमा चल्ने मालवाहक तथा जीपहरु…
लहान : सिरहाका विभिन्न स्थानमा मापदण्ड विपरीत सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ । त्यसैगरी पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीत, दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको पाइएपछि २२ वटालाई तत्काल उत्पादन, बिक्री वितरण बन्द गराएको छ । सदरमुकाम सिरहास्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरङ्ग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहास्थित सुधा दूध डेरी उद्योग र मिर्चैया नगरपालिका–५ स्थित जयरामनाथ डेरी उद्योगलाई शिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंहले जानकारी दिए ।…
भजनी : बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा लिन छाडेपछि व्यापारी तथा स्थानीयहरु समस्यामा पर्न थालेका छन् । वित्तीय व्यवस्थापनका लागि चलनचल्तीमा ल्याइएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने सम्भावना देखिन थालेको छ । नेपालमा पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले वित्तीय व्यवस्थापनका लागि उत्पादन गर्दै आएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने अवस्था देखिएको हो । उत्पादन गरेका सिक्का पैसा बैंक तथा वित्तीय सस्थाहरुले नै लिन छाडेका छन् । ग्राहकको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकहरुलाई दिने गरेको भए पनि ग्राहकको सङ्कलन भएको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरु लिन मान्दैनन् । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको माग र सानो…
सुर्खेत: दैलेख पु¥याउने भनी नेपालगञ्जबाट पठाइएका गाईगोरु बिच बाटोमै खसालिएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली सुर्खेत आइपुगेको छ । मन्त्रालयका उपसचिव सागरमणि पाठक संयोजकत्व गठित छानबिन समितिले आज गाई खसालिएको स्थानको अवलोकन गर्नुका साथै सरोकारवालासँग घटनाबारे सोधपुछ गरेको छ । छानबिन समितिका संयोजक पाठकले घटनाको अनुसन्धान शुरु गरिसकेको जानकारी दिनुभयो । “बाँकेबाट अनुसन्धान शुरु गरिसकेका छाँै,” उहाँले भन्नुभयो, “घटनास्थलको स्थलगत अध्ययन र गाईगोरु लैजाने भनिएको ठाउँ दैलेखको शिरस्थानसम्म पुग्नेछौँ ।” समितिले घटनाको वस्तुगत तथ्य पत्ता लगाउने र भविष्यमा यस्ता समस्या आउन नदिन सुझावसहितको प्रतिवेदन तयार गरिने संयोजक पाठकको भनाइ छ । समितिले मङ्गलबार नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जीहाउसको अनुगमन…
महोत्तरी : “आब रेल चढ पैवाक बात चढब तभीए बतायब” (अब रेल चढ्ने कुरा चढेपछि नै बताउँला) रेलको कुरा आउनेवित्तिकै महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिका क्षेत्रका सर्वसाधारण यसैगरी बनिबनाउ जवाफ फर्काउँछन् । भारतको जयनगरबाट धनुषाको जनकपुर हुँदै महोत्तरीको बर्दिवाससम्मको ६९ किलोमीटरको दूरीमा रेल चल्ने कुरा बर्षौँदेखि सुन्दै आएका यसक्षेत्रका सर्वसाधारणले कामभने गतिमा नबढेपछि निराश भएर यस्तो जवाफ फर्काउने गरेका हुन् । “बर्दिवासके वात छोइड दिय, जयनगर स कुर्थातक त पटरी तयार भगेल अई” (बर्दिवाससम्मको कुरा अहिले छोडिदिनोस्, जयनगरबाट कुर्थासम्मको त लिक तयार भइसकेको छ), भङ्गाहा–३ कटैयाका ६५ बर्षीय हरि यादवले निराशा पोख्दै भने–, “गत वर्ष नै जयनगरदेखि कुर्थासम्म…
काठमाडौँ: नेपाल खाद्य संस्थानले दशैंका लागि राजधानीमा तीन हजार खसीबोका र च्याङ्ग्रा विक्री वितरण गर्ने भएको छ । संस्थानले एक हजार खसीबोका र दुई हजार च्याङ्ग्रा गरी तीन हजार चौपाया विक्री गर्ने तयारी थालेको संस्थानका विभागीय प्रमुख श्रीमनि राज खनालले पहिलोक्लिकलाई बताए । संस्थानले घटस्थापनाको भोलिपल्टदेखि थापाथली कार्यालयबाट खसी बोका र च्याङ्ग्रा विक्री गर्ने तयारी गरेको उनले बताए । च्याङ्ग्रा मुस्ताङबाट र खसी बोका दाङ्गको तुलसीपुर र मकवानपुरबाट ल्याइने उनले बताए । गत साल संस्थानले जम्मा ३०७ खसीबोका र ९०० सय च्याङ्ग्रा राजधानीमा विक्री गरेको थियो । खसीबोकाको स्वास्थ्य परिक्षणका कारण भारतबाट खसीबोकाको आयात रोकिएको हुनाले खाद्य संस्थाले यो…
काठमाडौँ: संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कृषि विकास बैंकले शंकरदेव क्याम्पसलाई सहयोग प्रदान गरेको छ । कृषि विकास बैंक पुतलीसड्कको आयोजनामा राष्द्रिय वाणिज्य दिवसको उपलक्ष्यमो शंकरदेव क्याम्पस विधार्थी अल्मुनाईको आयोजनामा शंकरदेव क्याम्पसमा मंगलबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले क्याम्पसका कक्षा कोठामा राख्न ५० थान भित्तेघडी क्याम्पस प्रमुख कृष्ण प्रसाद आचार्यलाई हस्तान्तरण गरेका हुन् । त्यसैगरी उपाध्यायले व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्र्तगत शंकरदेव क्याम्पस विधार्थी अल्मुनाइ एसोसियसनलाई सहयोग स्वरुप ५० हजार रुपैयाँको चेक अल्मुनाइका अध्यक्ष अमोदा श्रेष्ठलाई प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यायले आफु पनि उक्त क्याम्पसको पूर्व विधार्थी रहेको र आमन्त्रणका लागि धन्यवाद प्रदान…