Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 22
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » किन हराउँदै छ सिक्का पैसाको अस्तित्व ?

    किन हराउँदै छ सिक्का पैसाको अस्तित्व ?

    पहिलोक्लिकपहिलोक्लिकSeptember 4, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    भजनी : बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा लिन छाडेपछि व्यापारी तथा स्थानीयहरु समस्यामा पर्न थालेका छन् । वित्तीय व्यवस्थापनका लागि चलनचल्तीमा ल्याइएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने सम्भावना देखिन थालेको छ ।

    नेपालमा पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले वित्तीय व्यवस्थापनका लागि उत्पादन गर्दै आएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने अवस्था देखिएको हो । उत्पादन गरेका सिक्का पैसा बैंक तथा वित्तीय सस्थाहरुले नै लिन छाडेका छन् । ग्राहकको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकहरुलाई दिने गरेको भए पनि ग्राहकको सङ्कलन भएको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरु लिन मान्दैनन् ।

    बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको माग र सानो २/४ रुपैयाँको कारोबारमा सिक्का नै दिँदै आएका छन् । तर, त्यही सिक्का ग्राहकले जम्मा गर्न वा साट्न गए बैंक तथा वित्तीय संस्थाहरुले नसाट्ने गरेको गुनासो स्थानीयले गर्न थालेका छन् । पुरानो चल्तीमा १, २ रुपैयाँ आउँथ्यो, अहिले पाँच रुपैयाँभन्दा सानो त्यही सिक्का मात्र आउँछ । तर, त्यो सिक्का अहिले बजारमा न त ग्राहकले फिर्ता लिन्छन् न त व्यापारीहरुले नै ।

    एक व्यापारी ईश्वरीप्रसाद ज्ञवालीले आफूसँग छ/सात हजार सिक्का पैसा रहे पनि बैंकहरुले साट्न नमानेपछि त्यसै राख्नु परेको बाध्यता सुनाउनुभयो । “ग्राहकले एक/दुई रुपैयाँ सिक्का पैसा दिन्छन्, नलिउँ भन्नु पनि भएन”, ज्ञवालीले भन्नुभयो, “एक/दुई रुपैयाँ थुपार्दाथुपार्दै अहिले छ/सात हजार सिक्का पैसा छ । त्यो पैसा न त बंैकले लिन्छ न त ग्राहकले लिन मान्छन् ।”

    कैलालीको टीकापुर क्षेत्रका लागि नेपाल राष्ट्र बैंकसंँग नोट कोषको कारोबार गर्दै आएको नेपाल बैंक लिमिटेड टीकापुर शाखा प्रबन्धक हरिहरप्रसाद भण्डारीले नेपाल राष्ट्र बैंकको सिक्का पैसा लिने नीतिगत व्यवस्था नभएका कारण आफूहरुले सिक्का पैसा ग्राहकलाई दिने गरेको भए पनि ग्राहकको सिक्का पैसा लिने नगरेको बताउनुभयो ।

    “नेपाल रास्ट्र बैंकले सिक्का पैसा दिने गरेको छ । तर, फिर्ता लिने गरेको चाहिँ छैन”, प्रबन्धक भण्डारीले भन्नुभयो, “सिक्का पैसा प्रयोग हुँदै जाँदा त्यसको चमक हराउँदै जान्छ र त्यसको चमक हराएपछि सिक्का पैसाको अस्तित्व नै रहँदैन । पूजा पाठमा प्रयोगका लागि ग्राहकले लिन्छन् । नेपाल राष्ट्र बैंकले नलिने भएकै कारण हामीले पनि साट्न छोडेका हौँ ।”

    स्थानीय व्यापारी नन्दसिंह विश्वकर्माले ग्राहकबाटै लिएको सिक्का पैसा सङ्कलन गर्दा चार/पाँच हजार रहेको बताउँदै बैंकहरुले नलिने भएपछि त्यो पैसा के गर्ने भन्नेमै अन्योलमा भएको बताउनुभयो ।

    “मसँंग चार/पाँच हजार सिक्का पैसा छ, दुई रुपैयाँको सलाई किन्दा सिक्का नै दिन्छन्, पाँच रुपैया दिँदा तीन रुपैयाँ सिक्का नै दिनुपर्छ तर बैंकले त्यही सिक्का चलाउँदैनन्”, व्यापारी विश्वकर्माले भन्नुभयो, “बैंकले सिक्का पैसा साट्दैन भने ग्राहकबाट हामीले कसरी लिने ? लिएर पनि के गर्ने ? नचल्ने हो भने बन्द गर्नु प¥योे नभए ग्राहकको पैसा साटनु प¥यो ।”

    धेरैलाई बैंक तथा वित्तीय संस्थाले सिक्का साट्ने नसाट्नेमा जानकारी नै छैन । सिक्का पैसा मागे जति पनि दिने तर, फिर्ता लिने बेला बैंक तथा वित्तीय संस्थाहरुले नलिनु दुःखद् भएको स्थानीय निरा काफ्लेले बताउनुभयो । उहाँले अहिले पनि स्थानीय व्यापारी तथा स्थानीय जनतासँग थुप्रै सिक्का पैसा रहेको बताउँदै यही अवस्थामा बंक तथा वित्तीय संस्थाहरुले गैरजिम्मेवार काम गर्न नहुने बताउनुभयो ।

    उता, नेपाल राष्ट्र बैंक धनगढी शाखाका कायममुकायम प्रमुख डिल्लीराम पोखरेलले नेपाल राष्ट्र बैंकका लागि बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा नलिने कुरा एकदमै नौलो भएको बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैंकमा सिक्का पैसा व्यवस्थापनका लागि स्टोरको समस्या भएका कारण वाणिज्य बैंकहरुले लिएको सिक्का पैसा नेपाल राष्ट्र बैंकले लिन नसकेको बताउँदै यदि कोही कसैबाट ग्राहकको सिक्का पैसा बैंक तथा वित्तीय संस्थाहरुले नलिएको उजुरी परेमा कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।

    “अहिलेसम्म हामीलाई यस विषयमा कुनै जानकारी नै छैन, यो एकदमै नौलो कुरा हो”, कायममुकायम प्रमुख पोखरेले भन्नुभयो, “बजारमा प्रशस्तै सिक्का पैसा छ । त्यो सिक्का पैसा बैंकहरुले साट्नुपर्छ ।”

    Facebook Comments Box

    सिक्का
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026

    राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं

    October 28, 2026

    सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात

    October 28, 2026

    विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग

    October 28, 2026

    असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

    October 25, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.