Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
पोखरा : तिब्बती शरणार्थीलाई वशंजको नागरिकता दिएको आरोपमा कास्की जिल्ला अदालतमा मंगलबार १४ जनाविरुद्ध मुद्दा परेको छ । नातिनीलाई छोरी भनेर नागरिकता दिलाएका पोखरा १८ निवासी लेखबहादुर थापा र वडाध्यक्ष रणबहादुर थापासहित १४ जनाविरुद्ध मुद्दा परेको हो । नागरिकताका लागि सनाखत गरेका र सर्जिमिन मुचुल्कामा दस्तखत गरेकाहरूमाथि पनि मुद्दा परेको हो। नागरिकता लिएका टासीआङ्मो र सरु थापामगरलाई समेत मुद्दा छ । वडा सदस्य ज्ञानबहादुर थापा र जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत ऋषिराम आचार्य, नायब सुब्बा डाँसीराम लामिछाने, खरदार परशुराम पौडेल, रामचन्द्र थापाविरुद्धसमेत मुद्दा दर्ता भएको छ । जिल्ला न्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको मुद्दामा बाबु बनेका हजुरबुबा लेखबहादुर र नागरिकता…
काठमाडौं: निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कै व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गराएको तथ्य फेला परेको छ। ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पुकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो। श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा श्रेष्ठ कुशल र अनुभवी चिकित्सक मानिन्छन्। डा.श्रेष्ठले हजारौं मिर्गौलाका बिरामीको उपचार गरिसकेका छन्। श्रेष्ठकै नेतृत्वमा गैरकानुनी ढंगले मिर्गौला निकालेर र प्रत्यारोपण गरिएको छ। गैरकानुनी तरिकाले मिर्गौला प्रत्यारोपण गर्न निदान अस्पताल स्वयं चर्को आर्थिक प्रलोभनमा परेको हुन सक्ने फरकफरक स्रोतहरूले बताएका छन्। योञ्जनलाई मिर्गौला दिन उनका भान्जा सञ्जीव घिसिङ तयार पारिए पनि मिर्गौला तस्कर र निदान…
काठमाडौं : दसैंंतिहारजस्ता चार्डपर्वको समय नजिकिँदै छ। वर्षभरिमा सबैभन्दा लामो बिदा यही समयमा हुन्छ। यही समय साइबर हमलाका लागि सबैभन्दा जोखिमपूर्ण हुन्छ। संसारभर नै ह्याकरले लामो बिदाको समयलाई साइबर हमलामा उपयोग गर्ने प्रबृत्ती छ। चार्डपर्वका बेलामा ठूलो पैसा बजारमा प्रवाह हुने भएकाले यस्तो समय ह्याकरले पैसा लुट्ने सुनौलो मौका पाउँछन्। अहिले तीजको मुखमा ह्याकरले पैसा लुटेका छन्। चिनियाँले एटीएमबाट पैसा लुटेको तीन दिनसम्म पनि कसरी उनीहरू पैसा निकाल्न सफल भए भन्ने निक्र्यौल हुन सकेको छैन। एटीएम प्रणालीको स्वीच सर्भर अर्थात् भुक्तानीद्वारमा हमला गरेर उनीहरूले पैसा निकालेको हुनसक्ने अनुमान गरिएको छ। तर यसमा ह्याकरले नेपालबाहिरै नक्कली भिसाकार्ड छापेर पैसा लुट्नमात्रै…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले रु एक अर्ब ५८ करोड बराबरको रकम एक वर्षका लागि बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपमा राख्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सो कुराको जानकारी दिएको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब २६ करोड ८६ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु २३ करोड ७८ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु सात करोड ९२ लाख मुद्दति निक्षेपमा राख्न दिने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको…
काठमाडौँ: नागरिकता विधेयक, २०६३ लाई संशोधन गर्ने बनेको विधेयकमाथि परेका संशोधन र समितिमा भएको छलफललाई समेटेर सहमतिको प्रतिवेदन तयार गर्न गठित उपसमितिले दिएको प्रतिवेदनमाथि दफावार छलफल पुनः शुरु भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उक्त प्रतिवेदनमाथि भएको छलफलमा एउटै राजनीतिक दलका सांसदबीच समेत कतिपय विषयमा मत बाझिएका कारण समिति खासै कुनै निष्कर्षमा पुग्न सकेन । उपसमितिका संयोजकसमेत रहनुभएका सांसद विजय सुब्बाले बैठकमा भन्नुभयो, “एउटै पार्टीका सांसदबीचमा पनि कहिल्यै सहमतिका लागि भेट नहुने ढङ्गबाट बहस गरिरहेका छौँ, यसलाई सुधार गर्न आवश्यक छ ।” सांसद झपट रावलले मुलुकको सार्वभौमसँग जोडिएको नागरिकता जस्तो महत्वपूर्ण विषयमा छलफल गरिरहँदा विगतमा ४०…
कास्की: युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा पूर्वाधारको अभाव नहुने बताउनुभएको छ । पोखरा महानगरपालिका–२५ हेमजामा विष्णुपादुका क्लबको आयोजनामा विष्णुपादुका खेल मैदानमा आजदेखि शुरु भएको ‘तेस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता’को उद्घाटन कार्यक्रममा उहाँले पोखरामा खेलाइने साग खेलका लागि समयमै पूर्वाधार निर्माण सम्पन्न गरिने स्पष्ट पार्नुभयो । मन्त्री विश्वकर्माले सागको महिला फुटबल पोखरामा सञ्चालन हुने भएकाले हेमजाको गौरीशङ्कर विद्यालयको खेलमैदान, विष्णुपादुका खेलमैदान र दिव्यज्योति खेलमैदान सहयोगी मैदानका रूपमा स्तरोन्नति गरिएको र साग अगाडि सम्पन्न गरिने उल्लेख गर्नुभयो । सो अवसरमा मन्त्री विश्वकर्माले हेमजाले पूर्वराष्ट्रिय खेलाडी एवं हालका…
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्र्देशन दिएको छ । पछिल्लो समय काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रुपमा नै देखापर्न थालेपछि सरकारको एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने सो अस्पताललाई मन्त्रालयले आज सो निर्देशन दिएको हो । अस्पतालका अनुसार अहिले अस्पतालमा २४ जना सो रोगका बिरामी उपचारत छन् । स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले अस्पतालको आज निरीक्षणका क्रममा सेवा लिन अस्पतालमा आउने बिरामीलाई बिना झञ्झट निःशुल्क सेवा दिन र यहाँ आएका बिरामीलाई अन्यत्र ‘रिफर’ नगर्नसमेत निर्देशन दिनुभयो । सो अवसरमा उहाँले डेङ्गु…
काठमाडौँ: जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो । पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो । जापानमा रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप परीक्षा उतीर्ण गर्नुपर्ने छ । ‘स्पेसिफाइड स्किल्ड वर्कश’ अन्तर्गत जापानमा नर्सि¬ङ केयर गिभरमा जान चाहनेले नर्सिङ केयर र जापानी भाषा परीक्षा उतीर्ण गर्नुपर्ने जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । नर्सिङ केयर गिभरमा जापान जान चाहनेले ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ अन्तर्गत ६० मिनेटमा ४५ वटा प्रश्नको…
काठमाडौँ: यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ । वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान उडान भरेको निगमले तत्काललाई यात्रुको सङ्ख्या कम रहेको भन्दै जापानमा उडान तालिका घटाएको हो । निगमले अव सातामा मङगलबार र शनिबार मात्र उडान गर्नेछ । यसअघि सातामा तीन दिन मङलबार, आइतबार र शनिबार उडान गर्ने कार्यतालिका थियो । ओसाकास्थित कन्साई इन्टरनेशनल विमानस्थलमा निगमको २७४ सिट क्षमताको वाइड बडी ए–३०३०–२०० जहाजले पहिलो उडान गरेको थियो । त्यसयता जम्मा तीन उडान भएका छन् । पर्याप्त मात्रामा यात्रु नभएकाले उडान…
काठमाडौँ: पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको केन्द्रीय प्रसारण प्रणालीमा थप एक हजार ३०० मेगावाट क्षमता बराबरको विद्युत् थप हुने भएकाले त्यसलाई सदुपयोग गर्ने र विद्युत् खपत बढाउने लक्ष्य राखिएको छ । विद्युत् खपत बढाउनका लागि राजधानी काठमाडौंलगायत प्रमुख शहरमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने र घरायसीरुपमा खाना पकाउने एलपी ग्यासको विस्थापन गर्दै जाने नीति सरकारको छ । सरकारको सोही नीतिलाई सम्बोधन गर्ने लक्ष्यका साथ निजी क्षेत्रले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको यातायात सेवा…