Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका साथै आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । उहाँहरूले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले सञ्चारकर्मीलाई बताउनुभयो । प्रधानमन्त्री ओलीले आफूले गरेको चीनको राजकीय भ्रमणकोे स्मरण गर्दै त्यसबेला भएका सहमति कार्यान्वयन गर्दै आपसी सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफू क्रियाशील रहेको मन्त्री वाङलाई बताउनुभएको थियो । “हामी विगतका सहमतिअनुसार अघि बढ्न चाहन्छौंँ र तपाईंको यो भ्रमणले त्यसतर्फ…
काठमाडौँ : नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ । चार वर्षको अन्तरालमा उक्त वार्ता काठमाडौँमा भएको हो । आर्थिक र विकास साझेदारीमा केन्द्रित रहेर हुने वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुनेछ । सो वार्तामा दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइनेछ । नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्ने विषयका साथै द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका मामिलामा पनि गहन छलफल हुनेछ ।…
धरान : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने तयारी भइरहेको बताएका छन । उनले गत वर्ष भएको प्रतिष्ठानको सिनेट बैठकले पनि विश्वविद्यालय बनाउने निर्णय गरिसकेकाले सरकारले पनि तयारी थालेको जानकारी दिएका छन। प्रतिष्ठानमा विगतमा विवाद आए पनि अब प्रतिष्ठानलाई राम्रो बनाउन एकापसमा समझदारी र समन्वयको खाँचो रहेको उपप्रधानमन्त्री यादवले बताए । उनले प्रत्येक वडामा स्वास्थ्य चौकी, गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र, नगरपालिका सिटी अस्पताल, प्रदेशमा स्वास्थ्य प्रतिष्ठान धमाधम निर्माणको तयारीमा सरकार रहेको जानकारी दिएका छन । पछिल्लो समय देशभरी फैलिएको डेङ्गु नियन्त्रणका लागि सबै जना अगाडि सर्नुपर्ने भन्दै रोकथामका…
काठमाडौँ : उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन ट्राफिक व्यवस्थापनमा प्रविधियुक्त हुँदैछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपत्यकामा दिनानुदिन बढ्दै गएको ट्राफिक समस्या कम गर्न प्रविधिको उच्चतम् प्रयोग गरिने जानकारी दिइएको छ । केही दिन अगाडि मात्र महाशाखामा सरुवा भएर गएका महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आफ्नो कार्यकालमा ट्राफिक समस्यालाई प्राथमिकतामा राखेर समस्या समाधानमा तदारुकता देखाउने बताए । “सरोकारवाला निकायसँग सहकार्य गर्दै व्यवहारमा विनम्रता, कानून कार्यान्वयनमा कडाइ गरिनेछ”, उनले भने । ट्राफिक नियमको पालना आम नागरिकको चाहना रहेको भन्दै सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।…
काठमाडौँ : किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको हो । सोही मैदानमा हिजो आइतबार भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको थियो । जीतसँगै दुई खेल खेलेको उज्वेकिस्तानले अपराजित रहँदै ६ अङ्क बटुलेको छ । हिजो भएको खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै समान दुई खेल नै खेलेको नेपालको तीन अङ्क छ । नेपालले अब आफ्नो तेस्रो खेल भोलि ताजिकिस्तानसँग खेल्नेछ । नेपालले खेलको पहिलो हाफमा एक…
काठमाडौं : डेंगुबाट संक्रमित वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत अस्पताल भर्ना भएका छन । महामारीको रुप लिएको डेंगुबाट डा. रुइतका दुई छोरीहरु समेत संक्रमित भएका छन् । उनीहरु सबैको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । तिलगंगा आँखा अस्पतालका निर्देशक डा. रुइतलाई लगातारको ज्वरो आएपछि शंकाका आधारमा रगत जाँच गर्दा डेंगुको संक्रमण देखिएको नर्भिकका चिकित्सकले बताएका छन । हजारौंलाई दृष्टि दिएका डा. रुइत भारत सरकारको प्रतिष्ठित पदक पद्मश्रीबाट सम्मानित भइसकेका छन भने कैयौं राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार समेत पाइसकेका छन । यसअघि कृषिमन्त्री चक्रपाणि खनाल समेत लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगबाट संक्रमित भएपछि ग्राण्डी…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन । पार्टीको केन्द्रीय कार्यालयद्वारा आज पार्टी कार्यालयमा आयोजित शहीद सुरेश वाग्ले ‘वासु’ को २१औँ स्मृतिसभामा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समयमा पार्टीका नेताहरु अलि बढी आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित हुँदै गएको भन्दै सबैलाई स्वीकार हुने गरी जनताको सेवामा समर्पित पार्टी बनाउनेतर्फ केन्द्रित हुन कार्यकर्तालाई निर्देशन समेत दिए । “हामीले कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएका छौँ, लोकप्रिय मत पाएका छौँ, बहुमतको सरकार छ, तर वैचारिक र नैतिक चरित्रका दृष्टिले खस्किएका छौँ, जनताको आवश्यकताभन्दा पनि हाम्रो आवश्यकतालाई महत्व दिएका…
काठमाडौं : नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसंग नेपाली टोलीले आज रेलमार्ग निर्माण लगायत यसअघिका सम्झौताबारे छलफल गर्दैछन । वाङ नेतृत्वको चिनियाँ टोली र नेपाली समकक्षी प्रदीप ज्ञवाली नेतृत्वको उच्चस्तरीय टोलीबीच आज अपराह्न होटल याक एण्ड यतीमा यसबारे छलफल हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलमा केही समझदारी पत्रमा हस्ताक्षर समेत हुने जनाइएको छ । वाङले बीआरआई र यसअघि नेपाल–चीनबीच भएका पारवहन सम्झौतामा नेपालको तर्फबाट भइरहेका कामप्रति चासो राखेको छ । आजको वार्तामा यी काममा अहिलेसम्म भएको प्रगतिबारे पनि छलफल हुने अनुमान गरिएको छ । बीआरआईमा यसअघि नेपालले गरेको प्रतिबद्धता अनुरूपको कार्य प्रगतिमै…
राजविराज ः सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव रहेकी छिन् । घाँस काट्ने क्रममा यादवलाई सर्पले डसेको हो । उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको हो ।
ओखलढुङ्गा : आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए । मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । लुइँटेललाई आइबार साँझ सदरमुकामबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । आफूलाई पटक–पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफूमाथि कार्यालयमै आक्रमण भएपछि बाध्य भएर सहकर्मीविरुद्ध उजुरी गरेको पीडित थापाले बताए ।…