Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

सुर्खेत: दैलेख पु¥याउने भनी नेपालगञ्जबाट पठाइएका गाईगोरु बिच बाटोमै खसालिएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली सुर्खेत आइपुगेको छ । मन्त्रालयका उपसचिव सागरमणि पाठक संयोजकत्व गठित छानबिन समितिले आज गाई खसालिएको स्थानको अवलोकन गर्नुका साथै सरोकारवालासँग घटनाबारे सोधपुछ गरेको छ । छानबिन समितिका संयोजक पाठकले घटनाको अनुसन्धान शुरु गरिसकेको जानकारी दिनुभयो । “बाँकेबाट अनुसन्धान शुरु गरिसकेका छाँै,” उहाँले भन्नुभयो, “घटनास्थलको स्थलगत अध्ययन र गाईगोरु लैजाने भनिएको ठाउँ दैलेखको शिरस्थानसम्म पुग्नेछौँ ।” समितिले घटनाको वस्तुगत तथ्य पत्ता लगाउने र भविष्यमा यस्ता समस्या आउन नदिन सुझावसहितको प्रतिवेदन तयार गरिने संयोजक पाठकको भनाइ छ । समितिले मङ्गलबार नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जीहाउसको अनुगमन…

Read More

महोत्तरी : “आब रेल चढ पैवाक बात चढब तभीए बतायब” (अब रेल चढ्ने कुरा चढेपछि नै बताउँला) रेलको कुरा आउनेवित्तिकै महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिका क्षेत्रका सर्वसाधारण यसैगरी बनिबनाउ जवाफ फर्काउँछन् । भारतको जयनगरबाट धनुषाको जनकपुर हुँदै महोत्तरीको बर्दिवाससम्मको ६९ किलोमीटरको दूरीमा रेल चल्ने कुरा बर्षौँदेखि सुन्दै आएका यसक्षेत्रका सर्वसाधारणले कामभने गतिमा नबढेपछि निराश भएर यस्तो जवाफ फर्काउने गरेका हुन् । “बर्दिवासके वात छोइड दिय, जयनगर स कुर्थातक त पटरी तयार भगेल अई” (बर्दिवाससम्मको कुरा अहिले छोडिदिनोस्, जयनगरबाट कुर्थासम्मको त लिक तयार भइसकेको छ), भङ्गाहा–३ कटैयाका ६५ बर्षीय हरि यादवले निराशा पोख्दै भने–, “गत वर्ष नै जयनगरदेखि कुर्थासम्म…

Read More

काठमाडौँ: नेपाल खाद्य संस्थानले दशैंका लागि राजधानीमा तीन हजार खसीबोका र च्याङ्ग्रा विक्री वितरण गर्ने भएको छ । संस्थानले एक हजार खसीबोका र दुई हजार च्याङ्ग्रा गरी तीन हजार चौपाया विक्री गर्ने तयारी थालेको संस्थानका विभागीय प्रमुख श्रीमनि राज खनालले पहिलोक्लिकलाई बताए । संस्थानले घटस्थापनाको भोलिपल्टदेखि थापाथली कार्यालयबाट खसी बोका र च्याङ्ग्रा विक्री गर्ने तयारी गरेको उनले बताए । च्याङ्ग्रा मुस्ताङबाट र खसी बोका दाङ्गको तुलसीपुर र मकवानपुरबाट ल्याइने उनले बताए । गत साल संस्थानले जम्मा ३०७ खसीबोका र ९०० सय च्याङ्ग्रा राजधानीमा विक्री गरेको थियो । खसीबोकाको  स्वास्थ्य परिक्षणका कारण भारतबाट खसीबोकाको आयात रोकिएको हुनाले खाद्य संस्थाले यो…

Read More

काठमाडौँ:  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कृषि विकास बैंकले शंकरदेव क्याम्पसलाई सहयोग प्रदान गरेको छ । कृषि विकास बैंक पुतलीसड्कको आयोजनामा राष्द्रिय वाणिज्य दिवसको उपलक्ष्यमो शंकरदेव क्याम्पस विधार्थी अल्मुनाईको आयोजनामा शंकरदेव क्याम्पसमा मंगलबार  आयोजित  कार्यक्रममा  बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले  क्याम्पसका कक्षा कोठामा राख्न ५० थान भित्तेघडी क्याम्पस प्रमुख कृष्ण प्रसाद आचार्यलाई हस्तान्तरण गरेका हुन् । त्यसैगरी  उपाध्यायले व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्र्तगत शंकरदेव क्याम्पस विधार्थी अल्मुनाइ एसोसियसनलाई सहयोग स्वरुप ५० हजार रुपैयाँको चेक अल्मुनाइका अध्यक्ष अमोदा श्रेष्ठलाई प्रदान गरे  । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यायले आफु पनि उक्त क्याम्पसको पूर्व विधार्थी रहेको र  आमन्त्रणका लागि धन्यवाद प्रदान…

Read More

पोखरा : तिब्बती शरणार्थीलाई वशंजको नागरिकता दिएको आरोपमा कास्की जिल्ला अदालतमा मंगलबार १४ जनाविरुद्ध मुद्दा परेको छ । नातिनीलाई छोरी भनेर नागरिकता दिलाएका पोखरा १८ निवासी लेखबहादुर थापा र वडाध्यक्ष रणबहादुर थापासहित १४ जनाविरुद्ध मुद्दा परेको हो । नागरिकताका लागि सनाखत गरेका र सर्जिमिन मुचुल्कामा दस्तखत गरेकाहरूमाथि पनि मुद्दा परेको हो। नागरिकता लिएका टासीआङ्मो र सरु थापामगरलाई समेत मुद्दा छ । वडा सदस्य ज्ञानबहादुर थापा र जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत ऋषिराम आचार्य, नायब सुब्बा डाँसीराम लामिछाने, खरदार परशुराम पौडेल, रामचन्द्र थापाविरुद्धसमेत मुद्दा दर्ता भएको छ । जिल्ला न्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको मुद्दामा बाबु बनेका हजुरबुबा लेखबहादुर र नागरिकता…

Read More

काठमाडौं: निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कै व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गराएको तथ्य फेला परेको छ। ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पुकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो। श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा श्रेष्ठ कुशल र अनुभवी चिकित्सक मानिन्छन्। डा.श्रेष्ठले हजारौं मिर्गौलाका बिरामीको उपचार गरिसकेका छन्। श्रेष्ठकै नेतृत्वमा गैरकानुनी ढंगले मिर्गौला निकालेर र प्रत्यारोपण गरिएको छ। गैरकानुनी तरिकाले मिर्गौला प्रत्यारोपण गर्न निदान अस्पताल स्वयं चर्को आर्थिक प्रलोभनमा परेको हुन सक्ने फरकफरक स्रोतहरूले बताएका छन्। योञ्जनलाई मिर्गौला दिन उनका भान्जा सञ्जीव घिसिङ तयार पारिए पनि मिर्गौला तस्कर र निदान…

Read More

काठमाडौं : दसैंंतिहारजस्ता चार्डपर्वको समय नजिकिँदै छ। वर्षभरिमा सबैभन्दा लामो बिदा यही समयमा हुन्छ। यही समय साइबर हमलाका लागि सबैभन्दा जोखिमपूर्ण हुन्छ। संसारभर नै ह्याकरले लामो बिदाको समयलाई साइबर हमलामा उपयोग गर्ने प्रबृत्ती छ। चार्डपर्वका बेलामा ठूलो पैसा बजारमा प्रवाह हुने भएकाले यस्तो समय ह्याकरले पैसा लुट्ने सुनौलो मौका पाउँछन्। अहिले तीजको मुखमा ह्याकरले पैसा लुटेका छन्। चिनियाँले एटीएमबाट पैसा लुटेको तीन दिनसम्म पनि कसरी उनीहरू पैसा निकाल्न सफल भए भन्ने निक्र्यौल हुन सकेको छैन। एटीएम प्रणालीको स्वीच सर्भर अर्थात् भुक्तानीद्वारमा हमला गरेर उनीहरूले पैसा निकालेको हुनसक्ने अनुमान गरिएको छ। तर यसमा ह्याकरले नेपालबाहिरै नक्कली भिसाकार्ड छापेर पैसा लुट्नमात्रै…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले रु एक अर्ब ५८ करोड बराबरको रकम एक वर्षका लागि बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपमा राख्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सो कुराको जानकारी दिएको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा रु एक अर्ब २६ करोड ८६ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु २३ करोड ७८ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु सात करोड ९२ लाख मुद्दति निक्षेपमा राख्न दिने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटको…

Read More

काठमाडौँ: नागरिकता विधेयक, २०६३ लाई संशोधन गर्ने बनेको विधेयकमाथि परेका संशोधन र समितिमा भएको छलफललाई समेटेर सहमतिको प्रतिवेदन तयार गर्न गठित उपसमितिले दिएको प्रतिवेदनमाथि दफावार छलफल पुनः शुरु भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उक्त प्रतिवेदनमाथि भएको छलफलमा एउटै राजनीतिक दलका सांसदबीच समेत कतिपय विषयमा मत बाझिएका कारण समिति खासै कुनै निष्कर्षमा पुग्न सकेन । उपसमितिका संयोजकसमेत रहनुभएका सांसद विजय सुब्बाले बैठकमा भन्नुभयो, “एउटै पार्टीका सांसदबीचमा पनि कहिल्यै सहमतिका लागि भेट नहुने ढङ्गबाट बहस गरिरहेका छौँ, यसलाई सुधार गर्न आवश्यक छ ।” सांसद झपट रावलले मुलुकको सार्वभौमसँग जोडिएको नागरिकता जस्तो महत्वपूर्ण विषयमा छलफल गरिरहँदा विगतमा ४०…

Read More

कास्की: युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा पूर्वाधारको अभाव नहुने बताउनुभएको छ । पोखरा महानगरपालिका–२५ हेमजामा विष्णुपादुका क्लबको आयोजनामा विष्णुपादुका खेल मैदानमा आजदेखि शुरु भएको ‘तेस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता’को उद्घाटन कार्यक्रममा उहाँले पोखरामा खेलाइने साग खेलका लागि समयमै पूर्वाधार निर्माण सम्पन्न गरिने स्पष्ट पार्नुभयो । मन्त्री विश्वकर्माले सागको महिला फुटबल पोखरामा सञ्चालन हुने भएकाले हेमजाको गौरीशङ्कर विद्यालयको खेलमैदान, विष्णुपादुका खेलमैदान र दिव्यज्योति खेलमैदान सहयोगी मैदानका रूपमा स्तरोन्नति गरिएको र साग अगाडि सम्पन्न गरिने उल्लेख गर्नुभयो । सो अवसरमा मन्त्री विश्वकर्माले हेमजाले पूर्वराष्ट्रिय खेलाडी एवं हालका…

Read More