Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: ‘सस्तो मूल्यमा डलर साट्छौ’ भनेर एकान्तमा बोलाएर लुट्ने समूहका ४ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३८ वर्षीय श्रीखण्ड तामाङ, हर्क तामाङ, बुद्दिबहादुर तामाङ उर्फ चैते र ६० वर्षीय गोविन्द तामाङ रहेका छन् । नुवाकोटका पोन्जोम शेर्पालाई पाँचखालको लामिडाँडामा बोलाएर सो समूहले ‘सस्तोमा डलर साटिदिन्छौं’ भन्दै १० लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले  बताए । गत१२ साउनमा १० लाख लुटेपछि उनीहरु फरार थिए । लुटपाटमा संलग्न चारैजना सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का हुन् । लुटपाटमा संलग्न आरोपीमध्ये हर्क तामाङलाई प्रहरीले बुढानिकलण्ठबाट पक्राउ गरेको हो । गोविन्द र…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले असोज २० गते मंगलबार १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले ‘विकास ऋणपत्र २०८६ घ’ नाम दिइएको सो ऋणपत्र बोल कबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो । ७ वर्ष अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलका माध्यमबाटै निर्धारण हुने बैंकले जनाएको छ । सरकारले विकास निमार्णका काम गर्नका लागि पूँजी आवश्यक परेपछि विकास ऋणपत्रको माध्यबाट अन्तरिक ऋणको उठाउँछ । यसरी सरकारको लागि आवश्यक ऋण उठाइदिने काम केन्द्रीय बैंकले गर्छ । राष्ट्र बैंकले गत असोज ११ गते आइतबार २० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गरेको थियो। केन्द्रीय…

Read More

काठमाडौँ: थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक महिलालले ५ जना शिशुलाई जन्म दिएकी छन् । नुवाकोटकी २८ वर्षीया एक महिलाले ५ जना शिशुलाई जन्म दिएकी हुन् । अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत ५ जना शिशुको जन्म भएको हो । डा सुवेदीको टोलीले शल्यक्रियामार्फत जन्माइएको शिशुहरु मध्ये एकजना भने गर्भमै मृत थिए । अन्य ४ जनाको एनआइसीयुमा अब्जरभेसनमा राखिएको डा सुवेदीले बताए । ४ जना शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको डा सुवेदीले बताए । डा सुवेदीका अनुसार ८ महिनाको गर्भ भएकी ती महिलाको सोमबार बिहान ४५ मिनेटमा ५…

Read More

काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले आरोलो लागेको छ । आइतबार दोहोरो अङ्कले बढेको नेप्से थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.६३ विन्दुले घटेर एक हजार ५८२.१२ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.११ ले वृद्धि भई ३१२.४६ मा रहेको छ । कूल १९३ कम्पनीको ९५ लाख १८ हजार ७६५ कित्ता शेयर रु दुई अर्ब ५७ करोड ८६ लाख सात हजार ८८ बराबरको कारोबार भयो । यस्तै बजार पूँजीकरण भने बढेर रु २१ खर्ब आठ अर्बको हाराहारीमा पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर…

Read More

काठमाडौं : एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र हत्या गर्ने गरेको खुल्न आएको छ । कर्णाली आवाज डटकम सञ्चालन गर्दै आएका जुम्लाका २६ वर्षीय पसल रोकायाले कर्णाली एचडी फेसबुक पेज र युट्युब प्रयोग गरी व्यक्तिको चरित्रहत्या गर्ने गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । विभिन्न व्यक्तिले चरित्रहत्या र ठगी गरेको भनी दिएको उजुरीका आधारमा उनलाई आइतबार इलामबाट पक्राउ गरी ल्याएर आजदेखि आवश्यक अनुसन्धान थालिएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ । उनले विभिन्न ठाउँमा जागिर लगाई दिने बहानामा पैसासमेत ठगी गरेको…

Read More

ललितपुर : कर्मचारीमा कोरोना देखिएपछि ललितपुरको भूमिसुधार तथा मालपोत कार्यालय पाँच दिनको लागि बन्द गरिएको छ। कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा कोरोना देखिएपछि सोमबारदेखि २३ गतेसम्मलाई कार्यालय पूर्ण रुपमा बन्द गरिएको प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जानकारी दिए। अग्रपंक्तिमा रहेमा सेवा दिने केही कर्मचारीमा कोरोना संक्रमण भएपछि अन्य कर्मचारीर सेवाग्राहीलाई फैलन नदिन कार्यालयका सबै सेवा पाँच दिनको लागि बन्द गरिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

Read More

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २४ सय ४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १५३१ काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ । उनीहरुमध्ये ५५४ जनाको मृत्यु भएको छ भने ६५ हजार २०२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११३३ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ ।

Read More

काठमाडौं : प्रदेश नम्बर ५ को राजधानीमा असन्तुष्ट प्रदेशसभा सदस्यहरुले त्यहाँको बैठकहलमा रहेका कुर्सी टेवल तोडफोड गरेका छन् । बैठक सुरु हुनासाथ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई रोष्ट्रममा जान रोकेका सदस्यहरुले केहीबेरपछि नै त्यहाँ रहेका कुर्सी तोडफोड गरेका हुन् । प्रतिपक्षी कांग्रेसका सांसदको विरोधका बीच सभामुखले बैठक अगाडि बढाएपछि बिरोध गर्ने क्रममा कांग्रेस सांसदहरु विजय यादव र ओसिउद्दिन खानले सभामा कुर्सि तोडफोड गरेका हुन्। विरोध र तोडफोडबीच पनि सभामुखले बैठक जारी राखेका छन्।

Read More

काठमाडौं : नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित थपिएको जानकारी दिएको छ ।

Read More

काठमाडौं : ग्लोबल आईएमई बैंकले पाल्पा, रौतहट र गुल्मीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी ३ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २२५ पुगेको छ । पाल्पाको रैनादवी छहरा गाउँपालिका ८, सत्यवतीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा स्थानीय छवि सरा सिञ्जाली, रौतहटको कटहरीया नगरपालिका ५, कटहरीयामा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा स्थानीय महमद जलालुदीन हक र गुल्मीको मालिका गाउँपालिका ६, अर्जेमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा स्थानीय भरत पराजुलीलाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्‍न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन्…

Read More