Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
रुकुम पश्चिम : खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । श्रीमतीको हत्या गरी फरार रहेका नवीनलाई आज बिहान २ः१५ बजेको समयमा घर नजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । उनीसँगै श्रीमतीलाई प्रहार गरेको खुर्पा पनि बरामद गरिएको छ । उनले के कारणले श्रीमतीको…
काठमाडौं : तातोपानी नाकाबाट अध्यागमन सेवा सुरु गर्न चीनले सुरक्षा प्रत्याभूति खोजेको छ। सुरक्षा संवेदनशीलता देखाउँदै चिनियाँ पक्षले तातोपानीबाट तत्काल यात्रुको आवतजावत नहुने संकेत गरेको छ। २०७२ वैशाख १२ को भूकम्पबाट भौतिक पूर्वाधारमा क्षति पुगेपछि नाका बन्द थियो। चिनियाँ पक्षले पारवहन तथा ढुवानी सम्झौता कार्यान्वयन गर्न जेठ १५ देखि नाका पुनः सञ्चालन गरेको हो। यहाँबाट मालवाहक सवारी साधन मात्र ओहोरदोहोर गर्छन्। गृह मन्त्रालयले अध्यागमन कार्यालय भने खोलिसकेको छ। चिनियाँ पक्षले अध्यामगन सेवा सुचारु नगर्नुको स्पष्ट कारण भने खुलाएको छैन। नाकासहित आसपासका क्षेत्रबाट चीनविरोधी गतिविधि हुने उनीहरूको बुझाइ छ। तिब्बती शरणार्थीका ‘अवाञ्छित’ गतिविधिका कारण यो क्षेत्रलाई चीनले संवेदनशील मानेको छ।…
काठमाडौं : निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि दल दर्ता अह्वान गरेको छ। संघ, प्रदेश तथा स्थानीय तहका रिक्त ५१ पदमा उपनिर्वाचनका लागि दल दर्ताको अह्वान गरेको हो। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय निर्वाचनका लागि दर्ता भएकाबाहेक दलले भदौभित्र दर्ता गर्नुपर्ने आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए। उनका अनुसार उपनिर्वाचनमा भाग लिन राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिम ढाँचामा निवदेन दिनुपर्नेछ। नयाँ दलका रूपमा नेकपा, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), विवेकशील र साझा विवेकशील पार्टीलगायत दल उपनिर्वाचनका लागि दर्ता हुनुपर्नेछ। आयोगमा १३२ दल दर्ता छन्।
काठमाडौँ: सरकारले भदौ २५ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव गरेको छ । यातायात व्यवस्था विभागले यसबारे छलफल गर्न व्यवसायीहरुलाई बुधबार बोलाएको छ । व्यवसायी सहमत भए २५ गतेबाट बुकिङ खुल्ने विभागमा महानिर्देशक गोगबहादुर हमालले जानकारी दिए । ‘व्यवसायीले राख्दै आएका धेरै मागहरु पूरा गरिसकेका छौं, त्यसैले बुकिङ प्रस्तावित मितिमै खोल्न सकिन्छ,’ उनले भने । व्यवसायीहरुले भाडादर बढाउनुपर्ने माग गरेका छन् । विभागसँग भएका छलफलहरुमा उनीहरुले वैज्ञानिक भाडा समायोजनलगायतका मुद्दा उठाएका छन् । दशैंको टिकट बुकिङ खुलाउने निर्णय हुनुअघि नै सार्वजनिक सवारीको भाडा बढाउनुपर्ने माग अघि सारिने एक व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए । २०६९ सालपछि वैज्ञानिक…
काठमाडौँ: सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर हिस्सा रहेको कम्पनीको थप शेयर जनतालाई दिने तयारी गरिएको हो । कम्पनीको शेयर संरचनाअनुसार ९१.५२ प्रतिशत संस्थापक शेयर अर्थात् नेपाल सरकारको रहेको छ भने ८.४८ प्रतिशत शेयर आमसर्वसाधारण र कर्मचारीको रहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमको थप शेयर आम नागरिकलाई दिने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । रासससँग कुरा गर्दै उहाँले सरकारी स्वामित्वमा रहेको केही शेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्छ भन्ने विषयमा छलफल…
भोजपुर: षडानन्द नगरपालिकाकाले क्लिप र विषादी प्रयोग गरिएका रुद्राक्ष नष्ट गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको पत्रानुसार कृषक तथा व्यापारीले रुद्राक्षमा क्लिप लगाएको र दानामा विषादी प्रयोग गरेको प्रमाणित भए नगरसभाबाटै नष्ट गर्ने निर्णय गरिएको नगरप्रमुख बिरवल राईले जानकारी दिनुभयो । विषेश गरे उक्त नगरपालिकामा उत्पादन भएका रुद्राक्षको बजारमा नकारात्मक सन्देश नजाओस् भनेर यस्तो निर्णय गरिएको उहाँको भनाइ छ । नगरप्रमुख राईले भन्नुभयो, “हाम्रो क्षेत्रमा उत्पादन भएको रुद्राक्षको ख्याति निकै राम्रो छ, तर पछिल्लो समय यसको उत्पादनमा आएको विकृतिलाई नियन्त्रण गर्न यस्तो निर्णय गरेका हौँ ।” यसले कृषकको हित तथा रुद्राक्षको दिगो व्यापारका लागि सहयोग पुग्ने राईको भनाइ छ…
काठमाडौँ: शनिबार काठमाडौंका एटिएम ह्याकिङ गरी पैसा निकालेका चिनियाँको नेपाली रुपैयाँ डलरमा साट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार ह्याकिङ गरेर फरार तीन जना चिनियाँको पैसा साट्नेहरूलाई सोमबार दिउँसो ठमेलबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा डेक्सो मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाललय मनि एक्सेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दुवाडी छन्। प्रहरीले उनीहरूले चिनियाँबाट लिएको २९ लाख ९९ हजार रुपैयाँमा पनि नियन्त्रणमा लिएको छ। चिनियाँहरूले नेपाली पैसा मनी एक्सचेन्जवालालाई दिएर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएर गएका थिए। गैरकानुनी रूपमा मुद्रा सटही गरेको अभियोगमा पक्राउ परेकामाथि छानबिन भइरहेको…
काठमाडौँ: नेपाली महिलाको महान् पर्व हरितालिका (तीज) का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्नुभएको छ । बेलुकी ५ बजे मन्दिर प्राङ्गण प्रवेश गर्नुभएका राष्ट्रपति भण्डारीले मन्दिरमा विधिपूर्वक पूजा एवं दर्शन गर्नुभयो । पूजा एवं दर्शनपछि उहाँलाई पशुपतिनाथका मूल भट्ट गणेश रावलले टीका तथा प्रसाद लगाइदिनुभएको थियो । मन्दिर प्राङ्गणमा राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापा, सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारी, मन्दिरमा दर्शनका लागि उपस्थित भक्तजनलगायतले स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारी मन्दिरमा पूजा एवं…
काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक १४.४५ अंकले घटेर ११७०.३४ अंकमा ओर्लिएको छ। दुई दिनमा बजारले २५.९७ अंक गुमाएको छ। दुई दिनदेखि लगातार दोहोरो अङ्कले बजार घटेपछि लगानीकर्ता निराश देखिएका छन्। सोमबार १७१ कम्पनीका १३ लाख ८० हजार कित्ता शेयर ४० करोड ७५ लाख रुपैयाँमा कारोबार भयो। दुई करोड ५६ लाख रुपैयाँ बराबरको नेपाल बैक लिमिटेडको शेयर कारोबार भएको छ। कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर दुई करोड ५० लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। सोमबार सबै उपसूचक राता देखिएका छन्। ११ समूहको कारोबारमा बढ्दा जीवन बिमा समूहको उपसूचक १.७९ प्रतिशतले घटेको छ।निर्जीवन बिमा समूहको १.५६…
काठमाडौं : बैंक आफ काठमान्डूले १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ६% बोनस र ११% नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, बैंकले ४८ करोड ३७ लाख ८६ हजार ६० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न भने ८८ करोड ६९ लाख ४१ हजार ११० रुपैयाँ नगद लाभांश बाँड्नेछ । यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । हाल बैंक अफ काठमान्डूको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ रहेको छ । बोनस…