Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : देशभरका कुल ७५३ वटा स्थानीय तहमध्ये ७३५ मा वाणिज्य बैंकका शाखा पुगेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार अझै १८ वटा स्थानीय तहमा कुनै पनि वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन । जसमा सबैभन्दा धेरै कर्णाली र सुदूर पश्चिम प्रदेशको ६–६ वटा स्थानीय निकायमा बैंक पुग्न सकेका छैनन् । कर्णाली प्रदेशमा जम्मा ७९ वटा र सुदूरमा ८८ स्थानीय निकाय रहेका छन् । प्रदेश ५ का सबै स्थानीय निकायमा वाणिज्य बैंकको पहुँच यता, प्रदेश ५ मा भने सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । प्रदेश ५ मा स्थानीय तहको संख्या १०९ रहेको छ । त्यसैगरी, प्रदेश…

Read More

चितवन: भरतपुर महानगरपालिकाले डेङ्गुको परीक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने जनाएको छ । भरतपुर अस्पतालमा गत शुक्रबारदेखि किटको अभावमा डेङ्गुको परीक्षण रोकिएको छ । महानगरप्रमुख रेनु दाहालले डेङ्गु परीक्षणका लागि आवश्यक पर्ने किट सरकारी अस्पतालमा उपलब्ध गराइने बताउनुभयो । भरतपुर अस्पतालले किटको अभाव भएको भन्दै आइतबार भरतपुर महानगरपालिकालाई पत्राचार गरेको थियो । त्यसलगत्तै महानगरले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुलाई पत्राचार गर्दै तत्काल एक हजार र केही दिनमा नै थप चार हजार किट उपलब्ध गराइदिन आग्रह गरेको महानगरको सामाजिक विकास महाशाखाप्रमुख प्रद्युम्न उपाध्यायले जानकारी दिनुभयो । महानगरप्रमुख दाहालले किटको व्यवस्थापन गरिदिन उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएर शुक्रबार नेपाल फर्किने भएका छन् । नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङलाई आइतबार साँझ फोन गरेर ओलीले आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिनसमेत भनेका छन् । यही भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ । ओलीले संसदीय काम कारवाही र विधेयकहरुको विषयमा जानकारी लिन नेम्वाङलाई फोन गरेका थिए । प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिँदै उनले भने- उहाँले हिँजो साँझ आफैंले मलाई फोन गर्नुभएको थियो । मैले उहाँलाई कस्तो छ भनेर सोध्दा आफू एकदम…

Read More

काठमाडौं :गत आर्थिक वर्षमा मुलुकले दुई खर्ब ६५ अर्ब ३७ करोड घाटा बेहोर्नु परेको छ । आर्थिक वर्ष २०७५–७६ मुलुकको चालु खाता दुई खर्ब ६५ अर्ब ३७ करोड रूपैयाँ घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदनले मुलुकको शोधनान्तर घाटा अर्थात् भुक्तानी सन्तुलनको स्थितिमा भने जेठ महिनाको भन्दा असार अन्तिममा केही सुधार देखाएको छ । गत आवको जेठ महिनामा ९० अर्ब ८३ करोड रूपैयाँ घाटामा थियो । सरकारले आर्थिक वर्षको अन्तिम महिना अर्थात् गतअसारमा २३ अर्ब रूपैयाँविदेशी सहायताको शोधभर्ना प्राप्त गरेकाले शोधनान्तर घाटा केहीकमभइ ६७अर्ब ४० करोड रूपैयाँ रहेको…

Read More

सुरुङ्गा: आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू रहेका छन् । पक्राउ परेका बराल विर्तामोड नगरपालिका–८ का वडासचिव हुन् । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँले घटनामा संलग्न अन्य व्यक्तिलाई समेत नियन्त्रणमा लिन बाँकी रहेकाले सबै कुरा भन्न नमिल्ने बताउनुभयो । गैरकानूनीरूपमा गैरनेपालीलाई नागरिकता…

Read More

काठमाडौँ: सुरक्षाका दृष्टिले मुलुकको बैङ्किङ प्रणाली नाजुक अवस्थामा रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सको तथ्याङ्क अनुसार बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका करिब ३३ सयवटा इमेल र तिनको पासवर्डसहित डाउनलोड गर्न मिल्ने अवस्थामा छन् । कम्पनीले सन् २०१८ भरि नेपालको साइबर सुरक्षाको अवस्था समेटेर तयार पारेको प्रतिवेदनमा बैङ्किङ प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । यता, एटीएम प्रणाली नै ह्याक गरेर काठमाडौँमा ९ वटा विभिन्न बैङ्कका अवैध भिषा कार्ड मार्फत १ करोड २६ लाखभन्दा बढी चोरीमा संलग्न ५ चिनियाँ नागरिक शनिबार पक्राउ परेका छन् । चोरीमा संलग्न अन्य तीन…

Read More

काठमाडौँ: नेपालको धरातलीय स्वरूप पत्ता लगाउन नापी विभागले ‘लाइडार सर्वे’ सुरु गरेको छ । विकास निर्माणलगायत ठूलो क्षेत्रमा टेवा पुग्ने यो सर्वेलाई नापीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा गत वर्षदेखि अगाडि बढाएको हो । हवाईजहाज उडाएर गरिने उक्त सर्वेको तयारी अन्तिम चरणमा पुगे पनि मङ्सिरदेखि मात्र जहाज उडाइने छ । पहिलो चरणमा २० हजार वर्ग किलोमिटर क्षेत्रफलमा सर्वे गरिनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सुदूरपश्चिमबाट चितवनसम्मको तराईको भूभागमा सर्वे गरिने छ । यसका लागि १५ महिनाको समय तोकिएको छ । पहिलो चरणको काम सकिएपछि थप क्षेत्रको सर्वे गरिने छ । नेपालभरको लाइडार सर्वेका लागि सात…

Read More

काठमाडौं : सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सक्ने व्यवस्था मिलाउने भएको छ । कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका छन् । सर्वोच्चमा आइतबार मात्रै ३ सय ५१ मुद्दाको सुनुवाइ गर्ने तय भएको थियो । तीमध्ये ४० वटा स्थगन भएका छन् । कानुन व्यवसायीले कतिपय मुद्दामा यसअघि पनि यस्तै गर्थे । उनीहरूले यसमा ‘काबुबाहिरको परिस्थिति’ दर्शाउने गरेका छन् । अप्ठ्यारो परिस्थितिमा एक मुद्दामा दुईपटक पेसी स्थगन गर्ने सुविधा छ । यसलाई आधार बनाएर उनीहरूले अत्यधिक मुद्दा रोक्ने क्रम बढेपछि सर्वोच्चले नयाँ विकल्प खोजी गरेको हो । घरबाटै बहस…

Read More

काठमाडौँ: आर्थिक वर्ष २०७५/७६ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ मुद्रास्फीति आर्थिक वर्ष २०७५/७६ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ३.१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो । गैर–खाद्य तथा सेवा मुद्रास्फीति आर्थिक वर्ष २०७५÷७६ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ५.९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ५.३ प्रतिशत रहेको थियो । क्षेत्रगत उपभोक्ता मुद्रास्फीति आर्थिक वर्ष २०७५÷७६ मा…

Read More

काठमाडौं: भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरु देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन्। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन्। सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्। यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत…

Read More