Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । स्वदेशमा निजी क्षेत्रलाई पनि साथमा लिएर जाने सरकारको खुला र स्पष्ट लक्ष्य छ । सोहीअनुसार काम पनि भइरहेको छ । निजी क्षेत्रले राखेका अधिकांश माग पनि सरकारले पूरा गर्दै आएको छ । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणकै करीब हाराहारीमा ऊर्जा उद्यमीले पनि विद्युत् उत्पादन गरिरहेको छ । सरकारी तहमा १०८ वर्षमा कूल ३० वटा आयोजनाबाट ५६३ मेगावाट विद्युत् उत्पादन गर्दा निजी क्षेत्रले २५ वर्षमा मात्रै ८३ वटा आयोजनाबाट ५६१ मेगावाट विद्युत् उत्पादन गरेको छ । सरकारले हाल निर्माण गरिरहेका नौ आयोजनाबाट ९५७ मेगावाट विद्युत् उत्पादन हुनेछ…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सिङ्गापुरबाट स्वास्थ्य उपचार गराएर आज फर्किएपछि उनको स्वास्थ्योपचारबारे जानकारी लिन अध्यक्ष दाहाल बालुवाटार गएका थिए । सो अवसरमा उनिहरुबीच समसामायिक राजनीतिक विषयमा छलफल भएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । प्रधानमन्त्री ओली उपचारका क्रममा सिङ्गापुर रहँदा अध्यक्ष दाहालले सचिवालय बैठक राखेर एकताका कामसमेत गरेका थिए । यही भदौ ५ गते उपचारका लागि सिङ्गापुर जानु भएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किएका हुन् ।
काठमाडौँ: मेडिकल कलेजको शुल्क विवादलगायत विषयमा अध्ययन गर्न गठित उपसमितिले अधिकांश मेडिकल कलेजले नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएको जनाएको छ । मन्त्रिपरिषद्को विसं २०७५ असोज २६ गतेको बैठकले उपत्यकाभित्र एमबीबीएसका लागि काठमाडौँ उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार निर्धारण गरेको थियो । यसैगरी बीडीयसतर्फ रु १९ लाख ३२ हजार निर्धारण गरेको थियो । हाल त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय, शैक्षिक प्रतिष्ठानअन्तर्गत २२ वटा मेडिकल कलेजमा सो तहको अध्ययन हुँदै आएको छ । उपसमितिले आज आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै मन्त्रिपरिषद्को सो शुल्कसम्बन्धी निर्णय स्पष्टसमेत नभएको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा,…
काठमाडौँ: नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ (अठार वर्षमुनी) च्याम्पियनसिप फुटबलका लागि दोस्रो चरणमा २५ खेलाडी छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले आज प्रारम्भिक चरणमा रहेका ३० खेलाडीमध्येबाट २५ खेलाडी छनोट गरिएको जानकारी दिनुभयो । हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा उक्त च्याम्पियनसिप आगामी असोज ३ देखि १२ गतेसम्म सञ्चालन हुनेछ । छनोट भएका खेलाडीमा गोलरक्षकमा विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना, डिफेन्डरमा विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, एरिक रुम्बा र एन्जल महर्जन, मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, आकाश बुढा मगर, जया गुरुङ,…
काठमाडौँ : नेपाली सेनाको मुख्यालयमा आज भाद्र २० गतेदेखि २३ गतेसम्म तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७६’ शुरु भएको छ । बैठकको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एक समारोहबीच उद्धघाटन गरेका हुन् । प्रधानसेनापति, रक्षा मन्त्रालयका पदाधिकारीहरु, रथीबृन्द तथा पृतनापतिहरुको उपस्थितीमा शुभारम्भ भएको छ । उक्त कार्यक्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री श्री ईश्वर पोखरेलले आफ्नो मन्तव्य व्यक्त गर्नुहुंदै अन्तर्राष्ट्रिय जगतको समग्र सुरक्षा स्थितीको सम्बन्धमा जानकार रही देशको सुरक्षा स्थितीको मुल्यांकन गर्ने महत्वपूर्ण कामको विविध पक्षहरुको समिक्षा र पुनरावलोकन गरि थप परिस्कृत बनाउदै लैजाने तथा भविष्यमा तय गर्नुपर्ने नीति सम्बन्धमा हुने छलफलले नेपाली सेनालाई थप व्यवसायीक बनाउदै…
काठमाडौँ: काठमाडाँै उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो रोगको सेवा आजदेखि शुरुआत गरेको छ । डेङ्गु रोग परीक्षण गर्ने कीट अस्पतालले आफँै खरीद गरी अस्पतालमा आउने बिरामीलाई सो सेवा दिन थालेको अस्पतालका निर्देशक प्रा डा केदार सेञ्जुरीले जानकारी दिनुभयो । डेङ्गु परीक्षण एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र हुने गर्दछ । टेकु अस्पतालमा बिरामी रिफर गर्दा अस्पतालले धान्न नसक्ने अवस्था आएपछि सबैभन्दा पुरानो अस्पतालले सेवा शुरुआत गरेको जनाएको छ । वीर अस्पतालले पनि आजदेखि डेङ्गु रोगको परीक्षण शुरु गरेको छ । परीक्षण गर्ने कीट आफैँ खरीद…
काठमाडौं : चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५र७६ का लागि १७.८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १०.८९ प्रतिशत अर्थात् २ करोड २ लाख ६४ हजार २१।५३ रुपैयाँबराबर नगद लाभांश र ७ प्रतिशत अर्थात् १ करोड ३० लाख २० हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि संस्थाले आगामी वार्षि साधारणसभाबाट पारित गर्दै आफ्ना सेयरधनीहरुलाई वितरण गर्नेछ । हालै सार्वजनिक चौथो त्रैमास विवरणअनुसार संस्थाले गत आर्थिक वर्षमा खुद नाफा रु २।८२ करोड…
भद्रपुर : भद्रपुर विमानस्थल आजबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिको कार्य शुरु भएकाले आजदेखि असोज ४ गतेसम्म (१५ दिन) का लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थल बन्द गर्न लागेको हो । एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले मर्मतसम्भार शुरु गरेकोे चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए । प्रमुख चुँडालका अनुसार जीर्ण बनेको धावनमार्गको १२ वर्षपछि मर्मतसम्भार गर्न लागिएको हो । गौरी–पार्वती–देव एन्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि…
काठमाडौँ : लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासङ्घका अनुसार आज सुन तोलाको रु एक हजार ४०० र चाँदी प्रतितोला ४० ले घटेको छ । स्थानीय बजारमा शुक्रबार छापावाला सुनको मूल्य रु ७२ हजार कायम गरिएको छ । हिजो बिहीबार छापावाला सुन प्रतितोला रु ७३ हजार ४०० मा कारोवार भएको थियो । बिहीबार पनि छापावाल सुन प्रतितोला रु १०० ले घटेको थियो । त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार ७०० तोकिएको…
काठमाडौं : सिंगापुरमा स्वास्थ्य उपचारपश्चात प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन । प्रधानमन्त्री ओली थाइ एयरबाट आज शुक्रबार मध्यान्ह १२ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्। विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतका नेताले स्वागत गरेका थिए । प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए। उनको उपचार सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको हो। प्रधानमन्त्रीका साथमा उनकी पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल…