Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : सरकारले अनलाइन सपिङलाई कानुनी दायरामा ल्याउने भएको छ। सामाजिक सञ्जाल र वेवसाइट प्रयोग गरी सञ्चालन भइरहेका अनलाइन सपिङले उपभोक्ता ठगेको गुनासो बढेपछि सरकारले उनीहरूलाई कानुनी दायरामा ल्याउन लागेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा विद्युतीय व्यापारको विकास र उपयोगसम्बन्धी राष्ट्रिय रणनीति २०७६ मार्फत विद्युत् र वेवसाइडमार्फत हुने व्यापारिक गतिविधिलाई कानुनी दायरामा ल्याउन लागेको हो। मन्त्रिपरिषद् बैठकले गत असार ८ गते यो रणनीति स्वीकृत गरेको थियो। हालसम्म यस्ता व्यापारिक गतिविधि जसलाई मन लाग्यो उसले इन्टरनेटमार्फत वेवसाइट र समाजिक सञ्जालमार्फत सञ्चालन गर्दै आएका छन्। खाद्यान्नदेखि तरकारी, लुगाफाटा, विद्युतीय सामग्री, भाडावर्तन, फास्ट फुड, फर्निचर, बोटबिरुवा, औषधि, कस्मेटिक्सलगायत सामग्रीको झूठो र…
काठमाडौं : निजी आवास पुनर्निर्माणका लागि विश्व बैंक सहायता थप्न सकारात्मक देखिएको छ। निजी आवास पुनर्निर्माणमा आवश्यक स्रोतको खाडल पूरा गर्न सरकारले विश्व बैंकसहित अन्य दातृ निकायसँग वार्ता अघि बढाएको छ। निजी आवास पुनर्निर्माणका लागि सबै लाभग्राहीलाई अनुदान उपलब्ध गराउन सरकारलाई करिब एक खर्ब ५० अर्ब रुपैयाँ अपुग हुने आँकलन गरिएको छ। आवश्यक स्रोतमध्ये ३३ अर्ब रुपैयाँ बहुपक्षीय दातृ निकाय विश्व बैंकसँग लिने तयारी छ। यसअघि दुईपटक नेपाल भ्रमणमा आएका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष हात्र्विग साफरसँग अर्थमन्त्री डा.युवराज खतिवडाले निजी आवास पुनर्निर्माण निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी काम भइरहेकाले सहयोग थप्न आग्रह गरेका थिए। विश्व बैंकका राष्ट्रिय…
काठमाडौं : आइतबार साँझ काठमाडौंको सिनामंगलमा डरलाग्दो दुर्घटना भएको छ। तीनकुनेतर्फबाट गौशाला जाँदै गरेको टिपरले सिनामंगलमा ठक्कर दिँदा तीनवटा बाइक कच्याककुचुक भएका हुन्। घटनास्थलमा पुगेका अन्नपूर्णका पत्रकार यम विरहीका अनुसार तीनवटा बाइक कच्याकुचुक भएका छन् भने एकजनाको शरीर क्षतविक्षत अवस्थामा घटनास्थलमा देखिन्छ। अन्य चार जनालाई भने उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ। टिपरको खोजी भइरहेको गौशाला प्रहरीले बताएको छ।
काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले व्यावहारिक र सहज बनाउँदै कार्यान्वयनका लागि सबैलाई सामाजिक सुरक्षा कोषको दायरामा आउन आह्वान गर्नुभएको छ । सामाजिक सुरक्षा कोषद्वारा आज आयोजित मन्त्रालय र होटल सङ्घ नेपालबीचको संयुक्त अन्तरक्रियामा उहाँले बुझाइ र योजनाका हिसाबले सामाजिक सुरक्षा कोष नयाँ भए पनि दीर्घकालीन रुपमा फाइदा पु¥याउने भन्दै कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । “सरकार नियन्त्रणकारी निकाय होइन, सरकारले वातावरण सिर्जना गर्ने हो, होटल व्यवसायीको पनि केही समस्या छन्, ति समस्यालाई सरकारले समाधान गर्नेछ, तर होटल व्यवसायीले कामदारको न्यूनतम तलब रु १३ हजार ४४५ कार्यान्वयन गर्दै सुरक्षा कोषको दायरामा आउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।…
अर्घाखाँची: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिनुभएको छ । सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताउनुभयो । उहाँले जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य गरेमा तत्काल त्यस्ता कर्मचारीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले नेपाल सरकार नै भ्रष्टाचारलाई उन्मूलन पार्ने दिशामा अगाडि बढेकाले भ्रष्टाचारलाई बढावा दिने जो कसैलाई पनि सरकारले नछाड्ने बताउनुभयो । उहाँले देश समृद्धिको दिशामा अगाडि बढेको…
काठमाडौँ: गत चैत १७ गते साँझ बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम ‘घुम्रपात’ नामकरण गर्न सिफारिस गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले एक अध्ययन समिति बनाई सो नाम सिफारिस गरेको हो । लामो छलफल र अध्ययनपछि ‘टोर्नाडो’ घुमीघुमी आउने र त्यसले उत्पात मच्चाउने भएकाले उक्त दुवै कार्य समेटिने गरी सो शब्द सिफारिस गरिएको विभागका महानिर्देशक सरजु वैद्यले जानकारी दिनुभयो । विभागका महानिर्देशकको संयोकत्वमा गठित आठ सदस्यीय मौसमविद्सहितको टोलीले स्थलगत तथा अन्य अध्ययन गरी विभिन्न छ नाम छनोट गरेको थियो । ती छ नाममध्ये समितिमा ‘भोटिङ’ गरी ‘घुम्रपात’ शब्दलाई छनोट गरेर सो नामकरण…
चितवन: पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरु विरुद्ध आज दिउँसो मुद्दा दर्ता गराएको हो । जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ भने बाँकी दुई जनाको बयान भोलि सोमबार १० बजेबाट शुरु हुनेछ । समय अभावका कारण आज उनीहरुको बयान लिन नसकिएको उहाँले बताउनुभयो । जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा…
चितवन: पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ पर्नुभएका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान प्रहरीले पूरा गरी उनीहरुलाई आज जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा खटिनु भएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाइएको जानकारी दिनुभयो । अनुसन्धानका क्रममा सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणसमेत पेश गरिएको उहाँले बताउनुभयो । सरकारी वकिल कार्यालय र अदालतले थप प्रमाण माग गरेमा सोही अनुसार काम अघि बढाइने उहाँको भनाइ थियो । अनुसन्धानका क्रममा भिडियो बाहेकका…
काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ४७.३६% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले २०७५–७६ को नाफाबाट ४५% बोनस र २.३६% नगद वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले बोनसमा ५ करोड ७९ लाख ५३ हजार रुपैयाँ र नगदमा ३० लाख ५० हजार २०४ रुपैयाँ खर्च गर्नेछ । बोनस वितरण पश्चात मिर्मिरेको चुक्ता पुँजी १८ करोड ६७ लाख ४० हजार २८० रुपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ७४ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ४५ पैसा…
काठमाडौं ः सुनको भाउ आज आइतबार एकैदिन प्रतितोला १२ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १२ सय रुपैयाँले बढेर ७२ हजार २ सय रुपैयाँ पुगेको छ । पछिल्लो दुई दिनदेखि सुनको मूल्य स्थिर थियो । आइतबार चाँदिको मूल्य प्रतितोला ८ सय ५० रुपैयाँ निर्धारण भएको छ । पछिल्लो समय सुनको भाउ निरन्तर बढेपछि बजारमा खरिदकर्ता ज्यादै न्यून छन् । तीज नजिकिंदैछ । यसबेला सुनको माग बढ्ने गर्छ । तर निरन्तर भाउ बढ्दा गएका वर्षका तीजमा दिनमा…