Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

इटहरी : नेपालमै पहिलो पटक एक नम्बर प्रदेशस्तरीय मूर्तिकला कार्यशाला तथा पाठ्यक्रम निर्माण कार्यक्रम आयोजना भएको छ । कार्यशालाले नेपालमै पहिलो मूर्तिकलाको पाठ्यक्रम निर्माण गरिएको मेट्रिक्स अध्यक्ष विक्रम श्रीले बताए। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा इटहरीस्थित इटहरी मेट्रिक्सले आयोजना गरेको सो कार्यशालामा प्रदेश १ का १२ जिल्लाका चार महिलासहित २८ सहभागीले मूर्तिकला विषयमा प्रशिक्षण लिए । उनका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको रु १२ लाख र अन्य सम्पूर्ण खर्च आयोजक संस्थाले व्यहारेको थियो । इटहरीबाट पूर्व उत्तरमा रहेको सो मेट्रिक्स स्थानमा फाइवरजेल, धातु, जर्मन सिसा र आरसिसी गरी बनाइएका ८२ वटा मूर्ति छन् । ती मूर्ति प्रदेश १…

Read More

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको संविधान तथा राष्ट्रिय दिवस भव्यता र व्यापकताका साथ मनाउन सबैमा आह्वान गरेका छन। ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिका रूपमा संविधान आएकाले यो राष्ट्रव्यापी साझा दिवसको विशेषता, व्यापकता र भव्यता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कसरी जनस्तरमै व्यापक बनाउन सकिन्छ, त्यसैगरी तयारी थाल्न निर्देशन दिएका छन । आज गृह मन्त्रालयमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिवसमा उद्योगी, व्यापारी, शिक्षक, कर्मचारीदेखि हरेक पसल र घरमा झण्डा होस्, हरेक गाडीमा झण्डा होस्, हरेक घरले दिपावली मनाओस्, बिजुली नभएका ठाउँमा पनि लस्करै टुकी बालेर…

Read More

कास्की ः पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२ सहित ५० पदका लागि तोकेको ५५० मतदान केन्द्र कायम गरेको जानकारी दिएसँगै कास्कीमा चुनावी सरगर्मी शुुरु हुन थालेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले देश बुझेको, भूगोल बुझेको, त्यो भन्दा बढी जनताको भावना बुझेको व्यक्ति अब उम्मेदवार बन्नुपर्ने बताए। उनले भने , “स्थानीय जनताको पीरमर्का र आवश्यकतालाई सम्बोधन गर्न सक्ने, राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर अन्तर्राष्ट्रियस्तरमा समेत प्रभाव पार्न सक्ने व्यक्तित्वको खाँचो छ ।” साहित्यकार एवं…

Read More

काठमाडौँ : आपसी सम्बन्धबारे छलफल गर्न नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आज अपराह्नदेखि राजधानीमा सुरु हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने सो बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पु¥याउन मद्दत पुुग्नेगरी गहन छलफल हुनेछ । तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनका साथै राजनीतिक सम्बन्ध, सिमाना र…

Read More

अमरगढी: सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत व्यक्त गरेको छ । गौरा पर्वका अवसरमा यही भदौ ६ गतेका दिन सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा गरिएको छ ।

Read More

तनहुँ: धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका व्यक्तिलाई यहाँका एक युवाले गतिलो सन्देश दिएका छन् । सूचना प्रविधि शिक्षा (आइटी)मा स्नाकोत्तर हासिल गरिसक्नुभएका व्यासनगरपालिका–१३ स्थित गुँदीका ३८ वर्षीय ईश्वरराज पन्थले व्यावसायिक भैँसीपालन थाल्नुभएको छ । आठ वर्षसम्म दमौलीको एक संस्थागत विद्यालयमा प्रिन्सिपल बन्नुभएका पन्थ पछिल्लो समय लाइफ इन्स्योरेन्स कंम्पनीको शाखा प्रबन्धक भएरसमेत काम गर्दै आउनुभएको थियो । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाको प्रबन्धक पदको जागिर छाडेर पन्थ व्यावसायिक भैँसीपालनमा लाग्नुभएको हो । कृषक पन्थ हाल एनप्याव्सन तनहुँको सचिव पनि हुुनुहुन्छ । उहाँले भन्नुभयो, “सानै उमेरदेखि पशुपालनतर्फ रुचि भए पनि पढ्ने बेला भएकाले पढ्दै गएँ र…

Read More

काठमाडौँ: बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित भएको छ । सोमबार बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिको बैठकले केही समयमा लागि भन्दै यो प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो । संघीय संसद्को अर्थ समितिको पत्रकार आधारमा बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय स्थगित गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । ‘यस बारेमा अध्ययन गर्न अर्थ समितिले एक उपसमिति गठन गरेको जानकारी प्राप्त भएको छ,’ उनले भने,‘अर्थ समितिले अध्ययन गरिसकेको विषयमा ब्रोकर लाइसेन्स बाँड्नु उचित देखिएन, यस कारण केही समयका लागि स्थगित भएको हो ।’ यो समाचार कान्तिपुर…

Read More

काठमाडौं – सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने भन्दै प्रधानमन्त्रीले सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरे। उनको निर्देशनमा मन्त्तीले सचिवहरूसँग र सचिवहरूले आफू मातहतका अरु कर्मचारीसँग कार्य सम्पादन सम्झौता गरे। तर मन्त्रीहरूले आफू मातहतका सचिवहरूसँग एक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेको एक साता पनि नबित्दै मन्त्रिपरिषद्ले डेढ दर्जन सचिवको सरुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह, वन, संघीय मामिला, अख्यितार, सहरी विकास, कानुन र महिला बाहेका अन्य मन्त्रालयका सचिव सरुवा गरेको हो। मन्त्रिपरिषद् बैठकले गोपी मैनालीलाई भूमि व्यवस्था तथा गरिबी मन्त्रालयबाट महालेखा नियन्त्रणको कार्यालयमा, सञ्जय शर्मालाई सिँचाइ सचिवबाट विज्ञान प्रविधि मन्त्रालयमा, केदार अधिकारीलाई वाणिज्य सचिवबाट पर्यटनमा, मोहनकृष्ण सापकोटालाई पर्यटनबाट सार्वजनिक खरिद…

Read More

काठमाडौं: सरकारले काठमाडौँ-निजगढ फास्ट ट्रयाक निर्माणको विष्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ। तीन दिन अघि बसेको मन्त्रिपरिषध बैठकले डीपीआर स्वीकृत ग्गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। डीपीआर स्वीकृत भएको छ, अव फास्ट ट्रयाक निर्माणको बाटो खुल्यो, स्रोतले भन्यो, ‘सेनालाई काम गर्न सजिलो भयो।’ गत आसोजमा नेपाली सेनाले दक्षिण कोरियाली सुसुङ्ग इञ्जिनियरिङ्ग कम्पनि लिमिटेडलाई ६ महिनाभित्र डीपीआर तयार गर्ने जिम्मा दिएको थियो। सुसुङ्गले फागुनमा रेखाङ्कन, सडकको ढांचा, लागत अनुमान, वातावरणिय प्रभाव मूल्यांकनसमेतको विशेल्षणका आधारमा निर्मंसंबंधी सबै प्रक्रियासहितको डीपीआर बुझाएको थियो। चैत पहिलो साता सेनाले रक्षा मन्त्रलायमार्फत स्विकृतीका लागि दीपीअर मन्त्रिपरिषधमा पठाएको थियो। सुसुङ्गले डीपीआरमा द्रुतमार्ग निर्माण…

Read More

काठमाडौँ: नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ वर्षीय सुजन पौडेललाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले लामा बस्ने कोठामा प्लाष्टिकको बोराले छोपेर राखेको अवस्थामा सिल्भरको गाग्रोमा ४५ लिटर रक्तचन्दन फेला पारेको जानकारी दिनुभयो । “पक्राउ परेकाले नयाँबजारको सोसल खेलमैदानमा रक्तचन्दनको कारोवार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ”, उहाँले भन्नुभयो । रक्तचन्दनको तेल लामाको कोठाबाट बरामद गरे पनि उक्त कारोवारमा केसी र पौडेलसमेत संलग्न रहेको राठौरले…

Read More