Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 19
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कार्यसम्पादन सम्झौतालगत्तै डेढदर्जन सचिव सरुवा

    कार्यसम्पादन सम्झौतालगत्तै डेढदर्जन सचिव सरुवा

    पहिलोक्लिकपहिलोक्लिकAugust 21, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं – सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने भन्दै प्रधानमन्त्रीले सबै मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरे। उनको निर्देशनमा मन्त्तीले सचिवहरूसँग र सचिवहरूले आफू मातहतका अरु कर्मचारीसँग कार्य सम्पादन सम्झौता गरे। तर मन्त्रीहरूले आफू मातहतका सचिवहरूसँग एक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेको एक साता पनि नबित्दै मन्त्रिपरिषद्ले डेढ दर्जन सचिवको सरुवा गरेको छ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह, वन, संघीय मामिला, अख्यितार, सहरी विकास, कानुन र महिला बाहेका अन्य मन्त्रालयका सचिव सरुवा गरेको हो।

    मन्त्रिपरिषद् बैठकले गोपी मैनालीलाई भूमि व्यवस्था तथा गरिबी मन्त्रालयबाट महालेखा नियन्त्रणको कार्यालयमा, सञ्जय शर्मालाई सिँचाइ सचिवबाट विज्ञान प्रविधि मन्त्रालयमा, केदार अधिकारीलाई वाणिज्य सचिवबाट पर्यटनमा, मोहनकृष्ण सापकोटालाई पर्यटनबाट सार्वजनिक खरिद अनुगमनको कार्यालयमा, खगराज वराललाई शिक्षाबाट स्वास्थ्य र महेशप्रसाद दाहाललाई श्रमबाट शिक्षा मन्त्रालयमा सरुवा गरेको छ। यसैगरी सूर्यप्रसाद गौतम महलेखा नियन्त्रणको कार्यालयबाट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा, माधव वेल्वासे राष्ट्रिय सतर्कता केन्द्रबाट खानेपानी मन्त्रालय, रामप्रसाद थपलिया स्वास्थ्यबाट युवा तथा खेलकुद र बैकुण्ठ अर्याल वित्त आयोगबाट वाणिज्य तथा आपूर्ति तीर्थ ढकाल प्रदेश ५ बाट वित्त आयोगमा सरुवा भएका छन्।

    एकातिर कामकारबाही प्रभावकारी बनाउने भन्दै धमाधम कार्यसम्पादन सम्झौता गर्ने अर्कातिर मातहतका सचिव सरुवा गरेपछि कार्य सम्पादन सम्झौता कागजी प्रक्रियामा मात्रै सीमित हुने भएको छ। सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले करिब दर्जन सचिवको सरुवा गरिएको जानकारी दिए। केही प्रदेश प्रमुख सचिवलाई काठमाडौं ल्याइएको जानकारी दिँदै उनले भने, ‘यो नियमित प्रक्रिया हो।’

    सरुवामा परेका केही सचिवहरूले असन्तुष्टि जनाउँदै एक वर्षका लागि कार्य सम्पादन सम्झौता गरेर तत्कालै सरुवा गरेर आफूहरूलाई अपमानित गरेको गुनासो गरेका छन्। संघीय मामिलामन्त्री लालबाबु पण्डितले पनि सचिवहरूको सरुवा स्वाभाविक र समान्य प्रक्रिया भएको प्रतिक्रया दिए। सरुवा भएका केही सचिवहरूले भने असन्तुष्टि जनाएका छन्।

    भूमि व्यवस्था मन्त्रालयबाट महालेखा नियन्त्रणको कार्यालयमा सरुवा भएका सचिव गोपी मैनाली पनि असन्तुष्टमध्येका एक रहेको स्रोतको भनाइ छ। मैनालीले साउन २९ गते भूमि व्यवस्था मन्त्री पद्मा अर्यालसँग एक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेका थिए। मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेको एक हप्तामै उनको सरुवा महालेखा नियन्त्रणको कार्यालयमा भएको छ। उनले भने, ‘यो सरकारले बुझ्ने विषय हो। मैले प्रतिक्रिया दिन मिल्दैन।’ तर मैनालीले आफू अपमानित भएको महसुस गरेको स्रोतको भनाइ छ।

    यसैगरी शिक्षा सचिव खगराज बरालले साउन ३० मा शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग कार्या सम्पादन सम्झौता गरेका थिए। एक हप्ता नबित्दै उनको पनि सरुवा स्वास्थ्य मन्त्रालयमा भएको छ। बरालले भने, ‘योे सरकारको विषय हो। मैले बोल्न मिल्दैन।’ बरालले मंगलबार साँझसम्म सरुवाको औपचारिक जानकारी आफूलाई नआएको बताए। यो खबर नागरिक दैनिकबाट लिइएको हो ।

    Facebook Comments Box

    कार्यसम्पादन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.