Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : तीजमा सुनको व्यापार बढ्ने आशा गर्ने व्यापारीहरु निराश हुँदै गएका छन । पोहोर साल यही तीजको समयमा ४५ केजी सुन विक्रि गर्दै आएका व्यवसायीमा यो वर्ष तीजको समयमा पनि व्यापार शुन्य हुँदा निराशा छाएको छ । अहिले बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार पुगेको छ । त्यस्तै तेजावी सुन प्रतितोलाको ७० हजार सात सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्यले बताए । हिजोदेखि स्थिर रहेको सुन बजारमा तीजका बेला केही माग आउँला भन्ने आश गरेका शाक्यले व्यापारमा खासै सुधार नआएका व्यवसायीहरु निराश भएको बताए । उनले तीज लगत्तै दशै आउने भएकाले त्यो समयमा सुनचाँदीको…
जनकपुरधाम: नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको वर्तमान सरकार फेरिन सक्ने संकेत गरेका छन् । अध्यक्ष प्रचण्डले जनताबाट प्राप्त जनादेशअनुसार ५ वर्षसम्म नेकपाकै सरकार रहेपनि व्यक्ति फेरिन सक्ने अभिव्यक्ति दिएर ओली नेतृत्वको वर्तमान सरकार फेरिन सक्ने संकेत गरेका हुन् । सोमबार जनकपुर पुगेका अध्यक्ष प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ५ वर्षसम्म नेकपाकै सरकार रहेपनि व्यक्ति फेरिन सक्ने बताएका हुन् । आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले अर्को चुनावसम्मका लागि आफू नै प्रधानमन्त्री रहने दृढता व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले अर्को चुनावपछि आफूलाई पनि पदमा बसिरहन रहर नभएको भन्दै त्यतिबेलासम्म धेर्य गर्न…
काठमाडौं : भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको बेलीब्रिज बगाएपछि नदी किनारका बासिन्दा सुरक्षित स्थानमा जान थालेका छन । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भोटेकोशीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका थिए । भोटेकोशीको बाढीले टिमुरेस्थित भन्सार कार्यालय नजिक रसुवागढी जलविद्युत् आयोजनाले निर्माण गरेको बेलीब्रिज बगाएको हो । पानीको बहाव बढ्दै गएपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय परिसरमा राखिएका करीब २५० मालवाहक कन्टेनर सुरक्षित स्थानमा लैजान चालक लागिपरेका प्रमुख भन्सार अधिकृत पूण्यविक्रम खड्काले जानकारी दिए । सशस्त्र प्रहरी २१ नम्बर गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार भोटेकोशीमा पानीको बहाव अत्यधिक बढेपछि नदी…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मुख्य आकर्षण नै पर्यटन क्षेत्र भएकाले यसको विकासमा जोड दिइनुपर्ने बताएका छन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को एशिया प्रशान्त क्षेत्रका नागरिक उड्डयन महानिर्देशकहरुको सम्मेलनलाई आज सम्बोधन गर्र्दै उनले नेपालको हवाइ क्षेत्रमा सुधार हुँदै गएकोमा खुसी व्यक्त गर्दै नेपाल सुन्दरताको खानी भएको बताए । यहाँ धेरै कुराको अनुसन्धान गर्न सकिनेतर्फ पनि उनले सबैको ध्यानाकर्षण गराएका छन । नेपाली पर्यटनसंग जोडिएका मौलिक शब्दहरुको जगेर्ना गर्नुपर्ने आवश्यकता पनि अँौल्याए । उनले सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ भन्नुको साटो सगरमाथा नै उच्चारण गरिदिन सबैलाई आग्रह गरे । नेपालमा दुई नयाँ विमानस्थल बन्दै गरेको उल्लेख गर्दै उनले…
भरतपुर : राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । दुई तले सो भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको छ । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । विद्युत् सर्ट भएर आगलागी भएको र महत्वपूर्ण कागजात,पैसाको लकर र सर्बर…
काठमाडौं: नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक यही भदौ ४ र ५ गते राजधानीमा हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशङ्करले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्वका साथ बैठकको सहअध्यक्षता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा दुईपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै सम्पर्क सञ्जाल विस्तार, आर्थिक साझेदारी, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत पारस्परिक सहयोगका विविध क्षेत्र र आपसी चासोका अन्य विषयमा विचार विमर्श हुनेछ । सन् १९८७ मा नेपाल–भारत संयुक्त आयोग स्थापना भएको हो । आयोगको बैठक नेपाल र भारतमा पालैपालो हुने गरेको छ । यसअघि सन् २०१६ को अक्टोबरमा नयाँदिल्लीमा…
भद्रपुर: नेपाल आयल निगमको चारआली कार्यालयमा पार्किङस्थलको अभाव भएकाले सदरमुकाम जोड्ने व्यस्त सडकनै तेलका ट्याङ्करको पार्किङस्थल बन्न पुगेको छ । मेचीनगर–१३ चारआलीमा रहेको निगमको कार्यालयमा पेट्रोलियम पदार्थ बोकेका दैनिक ५० वटासम्म ट्याङ्कर भित्रिने गरेका छन् । तेल अनलोड गरिसकेपछि खाली ट्याङ्कर झापाको सदरमुकाम जोड्ने चारआली–चन्द्रगढी सडकमा दिनरात लस्कर लागेर पार्किङ गरिँदै आएका छन् । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाबाट आउने सवारीसाधन चारआलीको सोही सडक हुँदै चन्द्रगढी जाने गर्छन् तर बाटोभरि ट्याङ्करको अव्यवस्थित पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको छ । निगमको कार्यालय परिसर छ बिघाको मात्र छ । साँघुरो परिसर भएकाले निगमभित्रै खाली ट्याङ्करलाई पार्किङको व्यवस्था मिलाउन नसकिएको…
काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको वरीयता खोसिएको छ। यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिन पुगेको छ। आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको वरियताक्रममा उनलाई ल्याइएको छ। खनाल पार्टी एकीकरणपछि नेता नेपालभन्दा पछाडिको रोलक्रममा थिए। बैठकले नेता नेपालले अघि सारेको एक व्यक्ति एक पदका साथै स्थायी कमिटीका तीन नेतालाई सचिवालयमा ल्याउन गरेको प्रस्ताव पनि अस्वीकार गरेको छ। पछिल्लो पटक सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको संयुक्त गठबन्धनले नेपाललाई एक्ल्याएको छ। सचिवालय बैठकले नेता माधव नेपालको रोलक्रम खोस्नुका साथै उनको प्रस्ताव…
गाईघाट: उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ । केही हप्तायता आएर जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेङ्गु फैलन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबैभन्दा बढी डेङ्गु कटारी क्षेत्रमा फैलन थालेको र त्यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीको बेल्टार बसाहा तथा बेलकाको रामपुर ठोक्सिला क्षेत्रमा फैलन थालेको हो । डेढ महीना अघि कटारीमा दुईजना र चौदण्डीको बेल्टारस्थित बिपी चोकमा एकजनामा देखा परेको डेङ्गु विस्तारै फैलँदै जान थालेपछि अहिले कटारी, त्रियुगा, चौदण्डी र बेलका क्षेत्रमा गरेर झण्डै डेढ दर्जनमा डेङ्गु रोग फेला परेको जिल्ला…
भक्तपुर: मध्यपुरथिमि नगरपालिकाको नगदेशमा शनिबार रातिदेखि महाकाली जागेकी छिन् । स्थानीय युवाको सक्रियतामा पुनः जीवन पाएको महाकाली नाच नगदेशमा प्रदर्शन शुरु भएको हो । रातिदेखि शुरु भएको यो नाच हरेक रात करीब चार घण्टा नगदेशको च्वें त्वाः गाः, कुमालाछी, छ्वास त्वाः, नृत्यनाथ, लाछी टोलमा प्रदर्शन गरिने नाचका गुरु भक्तबहादुर घजूले जानकारी दिनुभयो । त्यसैगरी बाहः ननीस्थित उःननी र थःननी, झ्वापुननी, क्वें त्वाः गाः, पुखुसि, नृत्यनाथ, च्वे त्वाः गा, छ्वास त्वाः र उःननीमा महाकालीको सम्पूर्ण नाच प्रदर्शन गरिने छ । महाकाली देवी प्रकट हुने जनविश्वासका साथ महाकालीलगायत देवीदेवताको मुकुण्डो लगाएर तान्त्रिक विधि पूरा गरी नाचिने यो नाचलाई महाकाली जागा भएर भूतप्रेत,…