Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

चितवन: पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरु विरुद्ध आज दिउँसो मुद्दा दर्ता गराएको हो । जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ भने बाँकी दुई जनाको बयान भोलि सोमबार १० बजेबाट शुरु हुनेछ । समय अभावका कारण आज उनीहरुको बयान लिन नसकिएको उहाँले बताउनुभयो । जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा…

Read More

चितवन: पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ पर्नुभएका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान प्रहरीले पूरा गरी उनीहरुलाई आज जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा खटिनु भएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाइएको जानकारी दिनुभयो । अनुसन्धानका क्रममा सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणसमेत पेश गरिएको उहाँले बताउनुभयो । सरकारी वकिल कार्यालय र अदालतले थप प्रमाण माग गरेमा सोही अनुसार काम अघि बढाइने उहाँको भनाइ थियो । अनुसन्धानका क्रममा भिडियो बाहेकका…

Read More

काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ४७.३६% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले २०७५–७६ को नाफाबाट ४५% बोनस र २.३६% नगद वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले बोनसमा ५ करोड ७९ लाख ५३ हजार रुपैयाँ र नगदमा ३० लाख ५० हजार २०४ रुपैयाँ खर्च गर्नेछ । बोनस वितरण पश्चात मिर्मिरेको चुक्ता पुँजी १८ करोड ६७ लाख ४० हजार २८० रुपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ७४ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ४५ पैसा…

Read More

काठमाडौं ः सुनको भाउ आज आइतबार एकैदिन प्रतितोला १२ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १२ सय रुपैयाँले बढेर ७२ हजार २ सय रुपैयाँ पुगेको छ । पछिल्लो दुई दिनदेखि सुनको मूल्य स्थिर थियो । आइतबार चाँदिको मूल्य प्रतितोला ८ सय ५० रुपैयाँ निर्धारण भएको छ । पछिल्लो समय सुनको भाउ निरन्तर बढेपछि बजारमा खरिदकर्ता ज्यादै न्यून छन् । तीज नजिकिंदैछ । यसबेला सुनको माग बढ्ने गर्छ । तर निरन्तर भाउ बढ्दा गएका वर्षका तीजमा दिनमा…

Read More

डोटी : डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करीब ३९ वर्षअघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको डोटीको सेती नदीले वर्षेनी यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको छ । पाँच महीनामा सात जनाको सेती नदीकै कारण ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार जेठ ३ गते जिल्लाको केआइसिंह गाउँपालिका–५ का ३८ वर्षीय लोकेन्द्रबहादुर रावलको यो वर्षकै पहिलो…

Read More

दाङ: गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर उपमहानगरपालिका–९ मा र अर्को वडा नं १९ बिजौरीमा थियो । अनि अर्काे घटना भएको थियो राजपुर गाउँपालिका–६ गङ्गदीमा । आत्महत्या गर्ने ती तीनले एकै किसिमको विष सेवन गरेको पत्ता लागेको थियो । सो जानकारी उनीहरुको शव परीक्षण रिपोर्टबाट खुलेको थियो । तुलसीपुर–९ मा ३७ वर्षीय मानबहादुर विक, बिजौरीकी ५० वर्षीया बमकुमारी विक र गङ्गदीकी थारू समुदायकी एक २१ वर्षीया युवतीले विष सेवन गरेर आत्महत्या गरेका थिए । उनीहरु तीनै जनाको उपचारका क्रममा मृत्यु भएको थियो । उनीहरुले दिउँसोको…

Read More

काठमाडौँ: चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो। महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो। पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको…

Read More

काठमाडौँ: विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न तयार पारिएको डीपीआर संघीय सरकारले अस्वीकृत गरेपछि प्रदेश नं १ का पर्यटन व्यवसायी अन्दोलित भएका छन् । विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन यो क्षेत्रका उद्योगी व्यवसायी र पर्यटन व्यवसायीले डेढ दशकभन्दा लामो समयदेखि माग गर्दै आएका थिए । प्रदेश सरकारले समेत यस विमानस्थलाई उच्च प्राथमिकतामा राखेको थियो । तर डीपीआर नै अस्वीकृत भएपछि प्रदेश सरकारसमेत आश्चर्यचकित भएको छ । यो समाचार कारोबार दैनिकमा मीनकुमार नवोदितले लेखेका छन् ।

Read More

काठमाडौँ: इंग्लिस प्रिमियर लिगमा बलियो टीम आर्सनलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा कायम रहेको छ । आर्सनल लिभरपुलसँग ३–१ गोल अन्तरले पराजित भएको छ । लिभरपुलले खेलको शुरुबाटै आर्सनललाई दबावमा राखेको थियो । पहिलो हाफको अन्त्यतिर गोल गर्दै लिभरपुलले अग्रता लिएको थियो । खेलको ४१औं मिनेटमा गोल गर्दै लिभरपुलले अग्रता लिएको थियो । दोस्रो हाफको ४९ र ५८औं मिनेटमा स्टार स्ट्राइकर मोहमद सलाहले लगातार गोल गर्दै लिभरललाई तीन–शून्यको अग्रता दिलाएका थिए । खेलको ८५औं मिनेटमा आर्सनलका लागि लुकासले सान्त्वना गोल फर्काए पनि हार टार्न सकेनन् । जितसँगै तीन खेलबाट लिभरपुलले नौ अंक जोड्दै शीर्ष स्थानमा रहेको…

Read More

नेपालगन्ज: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको राजनीतिक परिस्थितीलाई हेरेर यो बेला पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। कांग्रेस कोहलपुर नगर समितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले पार्टीभित्र एक आपसमा तिक्तता हटाएर एक हुनुपर्ने धारणा राखे। केन्द्रीय नेतादेखि कार्यकर्ताहरु एकजुट भएर पार्टीलाई बलियो बनाउनुपर्ने महामन्त्री कोइरालाको भनाई छ। ‘मुलुकको राजनीतिक अवस्थालाई हेरेर पनि अहिले कांग्रेस बलियो हुनुपर्ने बेला आएको छ, पार्टीलाई सही दिशामा अघि बढाउने नेतृत्व यतिबेला जनताले चाहेका छन्’, उनले भने। महामन्त्री कोइरालाले पार्टीभित्र रहेको अन्तर बिरोध र गुटगत राजनीतिको अन्त्य भएमा अर्को पटकको चुनावमा कांग्रेस नै पहिलो शक्ति हुने दाबी गरे। यसका…

Read More