Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 21
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?

    आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?

    पहिलोक्लिकपहिलोक्लिकAugust 25, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    दाङ: गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर उपमहानगरपालिका–९ मा र अर्को वडा नं १९ बिजौरीमा थियो । अनि अर्काे घटना भएको थियो राजपुर गाउँपालिका–६ गङ्गदीमा ।

    आत्महत्या गर्ने ती तीनले एकै किसिमको विष सेवन गरेको पत्ता लागेको थियो । सो जानकारी उनीहरुको शव परीक्षण रिपोर्टबाट खुलेको थियो । तुलसीपुर–९ मा ३७ वर्षीय मानबहादुर विक, बिजौरीकी ५० वर्षीया बमकुमारी विक र गङ्गदीकी थारू समुदायकी एक २१ वर्षीया युवतीले विष सेवन गरेर आत्महत्या गरेका थिए ।

    उनीहरु तीनै जनाको उपचारका क्रममा मृत्यु भएको थियो । उनीहरुले दिउँसोको समयमा विष सेवन गरेको परिवारले जनाएका छन् । विष सेवन गरेको थाहा पाएपछि अस्पताल पु¥याइएको भए पनि उनीहरुलाई बचाउन नसकिएको चिकित्सकको भनाइ छ । तर, उनीहरुले किन विष सेवन गर्नुपरेको हो भन्ने बारेमा भने केही खुलेको छैन । प्रहरीले यस विषयमा गहन अध्ययन शुरु गरेको जनाएको छ तर कारण भने पत्ता लागिसकेको छैन ।

    त्यसको तीन दिनपछि अर्थात् साउन २३ गते पनि तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङीकी १२ वर्षीया चौधरी समुदायकी एक बालिकाले पनि विष सेवन गरेर आत्महत्या गरेको खबर आयो । उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइयो तर बचाउन सकिएन ।

    यी तीन दिनभित्रका आत्महत्याका चार घटना उदाहरण मात्र हुन् । दाङ जिल्लामा प्रायः तीनदेखि चार दिनसम्ममा यस्ता दुर्घटनाको समाचार आउने गरेको छ, जुन अत्यन्तै दुःखद् छ । दाङमा गएको वर्ष दिनयता मात्र ९५७ आपराधिक घटना घटेका छन् । तीमध्ये सबैभन्दा बढी २०९ आत्महत्याका घटना रहेको दाङ प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

    तीमध्ये १३२ झुण्डिएर, ७७ विष सेवन गरेर रहेका छन् । तीमध्ये १११ पुरुष, ९८ महिलाले आफैँले आफैँलाई हत्या गरेका छन् । यसमा बालबालिकाको सङ्ख्या १६ रहेको दाङ प्रहरी प्रमुख बेलबहादुर पाण्डेले उपलब्ध गराउनुभएको तथ्याङ्कमा उल्लेख छ । आत्महत्या गर्नेहरुमध्ये सबैभन्दा बढी जनजाति समुदायका ७४, दलित ५६, क्षेत्री ३७, ब्राम्हण ३०, मुस्लिम १२ रहेको पनि प्रहरीको सो तथ्याङ्कमा उल्लेख छ । आत्महत्या गर्नेमध्ये धेरैजसो विवाहितको सङ्ख्या देखिन्छ । तथ्याङ्कले १८९ विवाहित व्यक्तिले आत्महत्या गरेको देखाएको छ । त्यसैगरी २० अविवाहित छन् ।

    आत्महत्या गर्नुको कारणमा सबैभन्दा धेरै गरीबीको कारण देखिएको प्रहरीले जनाएको छ । गएको वर्षको तथ्याङ्कमा ९७ ले गरीबीका कारण आत्महत्या गरेको अनुमान गरिएको छ । त्यसैगरी ४८ मानसिक असन्तुलन, १८ प्रेममा असफल, ११ घरेलु हिंसाका कारण रहेको सो तथ्याङ्कमा जनाइएको छ । पछिल्लो पाँच वर्षको अवधिमा जिल्लामा ८२९ को अकालमा मृत्यु भएको तथ्याङ्क दाङ प्रहरीले सार्वजनिक गरेको छ । सो तथ्याङ्कअनुसार दाङ जिल्लामा आत्महत्यासम्बन्धी विसं २०७२ साउनदेखि २०७६ असारसम्मको तथ्याङ्क हेर्दा ८२९ को अकालमै मृत्यु भएको देखिन्छ ।

    यसरी ज्यान जानेमा ४९.५२ प्रतिशत पुरुष र ४६.९३ प्रतिशत महिला छन् । उक्त सङ्ख्यामा सबैभन्दा बढी झुन्डिएर ६३.०६ प्रतिशत आत्महत्याको सङ्ख्या छ । यसपछि विष सेवन गरेर आत्महत्या गर्ने ३६.१३ प्रतिशत सङ्ख्या छ । आफैँलाई आगो लगाएर, हााफालेर र आफैँलाई गोली हानेर आत्महत्या गरेका समेत घटना भएको पाइन्छ ।

    हरेक वर्ष आत्महत्याका घटनाहरु बढनु ज्यादै नै दुःखदायी अवस्था हो भन्दै जिल्लामा बढ्दो आत्महत्याका घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी यहाँका नागरिकहरुले चासो र चिन्तासमेत व्यक्त गरेका छन् ।

    व्यक्तिको उच्च महत्वकाङ्क्षा र विभिन्न कारणले तनाव हुने र त्यसपछि ‘डिप्रेसन’ भएका कारण पनि धेरैजसोले आत्महत्या गर्ने गरेको बताउनुहुन्छ, सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य निरा योगी । उहाँ भन्नुहुन्छ, “सबैको सामूहिक प्रयासले गाउँ तहसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर आत्महत्या गर्नु हँुदैन भन्ने खालका कार्यक्रम गर्नुपर्छ ।”

    पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल जीवनलाई नबुझ्दा, प्रविधिको दुरुपयोग, चेतना अभाव, मानिसका उच्च महत्वकाङ्क्षाका कारण यस्ता घटनामा वृद्धि भएको र यी घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकास गर्ने कार्यक्रम आवश्यक रहेको विचार राख्नुहुन्छ । दाङमा आत्महत्याका घटना बढेकामा चिन्ता व्यक्त गर्दै उहाँले यसमा सञ्चारमाध्ययमले जनचेतनामूलक कार्यक्रम प्रकाशन प्रसारण गर्नुपर्ने सुझाव दिनुभयो ।

    “आत्महत्या आफँैले आफैँलाई हत्या गर्नु हो, यसमा विभिन्न कारण छन् र त्यसमा पनि प्रमुख कारण ‘डिप्रेसन’ नै हो”, डा किशोर खत्रीले भन्नुभयो । उहाँ यस्ता व्यक्तिलाई समयमै उपचार र जीवनबारे बुझाउन सकिएमा आत्महत्याका घटनामा कमी आउने बताउनुहुन्छ ।

    आत्महत्या न्यूनीकरण गर्न सचेतना कार्यक्रम विभिन्न विद्यालय, गाउँ–टोलमा लैजान सबैकोे सहयोग आवश्यक रहेको बताउनुहुन्छ, तुलसीपुर उपमहानगरपालिका–५ का वडासदस्य सावित्रा गुरुङ । उहाँले आत्महत्या विभिन्न कारणले हुने गरेको भन्दै अब कारण पहिचान गरी यसलाई निरुत्साहित गर्नेतर्फ सबै लाग्नुपर्ने र वडास्तरबाटै जनचेतनामूलक कार्यक्रम गर्ने कार्ययोजना बनाइरहेको उहाँ बताउनुहुन्छ ।

    प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आत्महत्या विभिन्न कारणबाट हुने गरेको भन्दै आत्महत्या न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले आत्महत्यालाई निरुत्साहित गर्न मनोसामाजिक परामर्श गर्नुपर्ने बताउनुहुन्छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले गरीबी, कमजोर मानसिकता, चिन्ता, भय र उच्च महत्वकाङ्क्षा व्यक्तिमा भएका कारण त्यो पूरा नहँुदा निराशा भएर आत्महत्या हुने गरेको अनुसन्धानले देखाएको बताउनुभयो ।

    उहाँले जिल्लामा अन्य अपराधका तुलनामा आत्महत्याका घटना बढिरहेको भन्दै अब यसलाई नियन्त्रण गर्न जिल्लाका विभिन्न बस्ती तथा टोलमा नागरिकहरुकै सहकार्यमा सचेतना कार्यक्रम गर्ने बताउनुभयो ।

    Facebook Comments Box

    आत्महत्या
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.