Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: थप गृहकार्य जरुरी रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार पुनःबस्ने गरी आज सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा पार्टीका विभिन्न आयोग, प्रवास कमिटी, विभिन्न निकाय, महानगरपालिकाका अध्यक्ष एवं सचिव, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समितिलगायत विषयमा छलफल भए पनि थप गृहकार्य जरुरी रहेको भन्दै कुनै निर्णयमा पुग्न सकेन । बैठकमा ती विषय प्रवेश पाए पनि थप गृहकार्य जरुरी रहेको भन्ने निष्कर्षमा नेताहरु पुगेपछि बैठक बिहीबारका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यस्तै पोलिटब्युरो चयनको विषय पनि बाँकी रहेको छ । पार्टी एकताका आधारभूत कार्यलाई टुङ्गो लगाएको नेकपाले बाँकी रहेका कामलाई समेत…

Read More

काठमाडौँ: लामो समयदेखि पेचिलो बन्दै गएको घरेलु कामदारको पुनः श्रम स्वीकृति खुला गर्ने विषयलाई संसदीय समितिले मार्ग प्रशस्त गरिदिएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकले श्रम स्वीकृति लिएर गएका घरेलु कामदार स्वदेश फर्केमा अस्थायी रुपमा पुनः श्रम स्वीकृति प्रदान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयललाई निर्देशन दिएको हो । समितिले उक्त व्यवस्थालाई परीक्षणका रुपमा हेर्न पनि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिको निर्देशनसँगै घरेलु कामदारका रुपमा विभिन्न मुलुकमा रही नेपाल आएर पुनः सम्बन्धित देश फर्कन चाहने युवालाई राहत मिलेको छ । तत्कालीन व्यवस्थापिका–संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको २०७२ चैत…

Read More

काठमाडौँ: कहिले घट्ने तथा कहिले बढ्दै असन्तुलित अवस्थामा रहेको शेयर बजार आज भने स्थिर जस्तै देखिएको छ । शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.४२ बिन्दुले बढेर एक हजार २१४.०५ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२२ बिन्दुले बढेर २६३.४१ बिन्दुमा कायम भएको छ । नेप्सेमा झिनो अङ्कले सुधार आउँदा कारोवार रकम भने औसतभन्दा कम हुन पुगेको छ । कूल १६१ कम्पनीको शेयर १२ लाख ७० हजार ११८ कित्ता शेयर रु २९ करोड २६ लाख ४१ हजार ७१८ मूल्यमा खरीद बिक्री भएका छन् । स्टकका अनुसार…

Read More

काठमाडौं; उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा र जलस्रोतको क्षेत्रमा गर्न सकिने सहकार्यका बिषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत परियोजना प्रादेशिक सन्तुलनका हिसावले पनि महत्वपूर्ण रहेको भन्दै परियोजनालाई अघि बढाउने विषयमा छलफल गरे । उनले जापान र नेपालबीच पुरानो र मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै विगतमा कुलेखानी परियोजनादेखी नलगाडसम्म जापानले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरे । मन्त्री पुनले नेपालको जापान भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै नेपालमा अहिले लगानीको लागी उपयुक्त वातावरण बनेकोले लगानीको लागी जापानमा…

Read More

काठमाडौँ: धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर ९४ दशमलव ४३ प्रतिशत क्षेत्रमा वर्षे धान रोपाईं सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभरीको १३ लाख ७१ हजार ७०६ हेक्टर वर्षे रोपाईं हुने क्षेत्रफलमध्ये यस वर्ष करीब १२ लाख ९५ हजार २८५ हेक्टर जमिनमा रोपाईं सम्पन्न भएको मन्त्रालयले जनाएको छ । ढिलो गरि मनसून शुरु हुँदा प्रभावित भएको रोपाईं साउनको दोश्रो साता देखि निरन्तर वर्षा हुँदा धान रोपाईंमा उल्लेख सुधार आएको मन्त्रालयका सचिव डा. युवकध्वज जि.सीले बताए । यस वर्ष लगभग गत वर्षकै हाराहारीमा रोपाईं हुनु देशको लागि राम्रो संकेत भए पनि उत्पादन भने गत वर्षको हाराहारीमा हुनेमा आशंका…

Read More

पर्सा : तोकिएको समयमा नापतौल यन्त्र जाँच र नवीकरण नगराउने पर्सा जिल्लाका ११ उद्योगलाई कारवाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवको नेतृत्वमा खटिएको टोलीले छड्के गर्दा ती उद्योगले लामो समयदेखि नापतौल यन्त्र कानूनी प्रक्रिया पूरा नगरी अवैधरुपमा प्रयोग गरेको पाइएकाले कारवाही गरिएको हो । कारवाहीमा परेका उद्योगहरुमा जगदम्बा डिस्ट्रिब्युटर्स प्रालि वीरगञ्ज, मारुती रबर इन्डस्ट्रिज प्रालि, मोहित एग्रो इन्डस्ट्रिज प्रालि, ओम खाद्य उद्योग प्रालि, न्यू ओम खाद्य उद्योग, गङ्गा खाद्य उद्योग, शिवम् एग्रो इन्डस्ट्रिज प्रालि र दीपेश खाद्य उद्योग रहेका छन्। शिवम् एग्रो इन्डस्ट्रिजको चामलको २० र २५ किलोग्रामको बोरामा तोकिएकोभन्दा तौल…

Read More

काठमाडौँ: भारतमा जारी पाँचौँ संस्करणको यू–१५ (पन्ध्र वर्षमुनि) साफ फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । कल्याणी रङ्गशालामा आज भएको खेलमा भारतसँग नेपाल ५–० को फराकिलो गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा तीन गोल ग¥यो भने खेलको दोस्रो हाफमा दुई गोल थप्यो । भारतको जितमा महेसनले खेलको छैटौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । त्यस्तै भारतका सुभो पाउले खेलको पहिलो हाफको २४ औँ मिनेटमा गोल गरे भने अनिस मजुमदरले खेलको ४३ औँ मिनेटमा एक गोल थपे । त्यसैगरी भारतका अर्का खेलाडी तैसन सिंहले खेलको ४९ औँ मिनेटमा गोल गरे भने श्रीदर्थले…

Read More

मध्यपुरथिमि: दातृ निकाय र व्यक्ति व्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा दुई वटा व्यवस्थापन समिति भएपछि समिति विवाद चुलिएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले गठन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ नेतृत्वको समिति र भक्तपुर नगरपालिकाले उक्त समिति खारेज गरेको निर्णय गर्दै नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गठन गरेको व्यवस्थापन समिति भएपछि विवाद चुलिएको हो । पहिलाको समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ र महासचिव विमलकुमार होडाले व्यापकरूपमा अनियमितता गरेको, कमिशनमा काम गराएको आरोप लगाउँदै भक्तपुर नगरपालिकाले एक साताअघि श्रेष्ठ नेतृत्वको समिति खारेज गरेको गर्ने निर्णय गरेको थियो । श्रेष्ठ नेतृत्वको समिति भक्तपुर क्यान्सर अस्पतालमा जान सकेको छैन…

Read More

काठमाडौँ : सांसदहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने गतिविधिलाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका छन । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले राजतन्त्र पुनस्र्थापनाको सपना अब कसैले नदेखे हुन्छ भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबै एकजुट हुुनुपर्नेमा जोड दिए । सांसद बलराम बाँस्कोटाले भने , “राजतन्त्र समाप्त भइसक्यो । समाप्त भएको राजतन्त्र पुनस्र्थापनाका अवाञ्छित गतिविधि गर्नेमाथि नियन्त्रण गर्नुपर्छ । यस्ता गतिविधिमा संलग्नलाई कानूनी कारवाहीसमेत गर्नुपर्छ ।” उनले सञ्चारकर्मी रवि लामिछानेमाथिको अनुसन्धानमा बाधा पुग्नेगरी भइरहेका गतिविधि तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराए । सांसद खिमकुमार विक र रामनारायण विँडारीले सञ्चारकर्मी रवि लामिछानेको छानबिनमा बाधा पु¥याउनेलाई कारवाही गर्ने माग…

Read More

काठमाडौंस् शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले प्रहरीमा जाहेरी दर्ता गरेकी छिन । ‘पत्रकार रवि लामिछानेको मुद्दामा बिधुतिय प्रमाण किर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर काठमाण्डौमा निकिताले जाहेरी दर्ता गराएकी हुन। पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोका बारेमा अनुसन्धान गर्न भन्दै निकिताका पति रविलाई प्रहरीले हिरासतमा राखेको छ गत विहीवार पक्राउ परेका उनलाई अदालतले पहिलो पटक थप अनुसन्धानका लागि भन्दै पाँच दिनको लागि हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । अनुसन्धान र वयान नसकिएको भन्दै चितवा प्रहरीले हिजो ९मंगलबार० रविसहितका तीन जनालाई पुन अदालतमा पेश गर्दै…

Read More