Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
डोटी : डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करीब ३९ वर्षअघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको डोटीको सेती नदीले वर्षेनी यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको छ । पाँच महीनामा सात जनाको सेती नदीकै कारण ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार जेठ ३ गते जिल्लाको केआइसिंह गाउँपालिका–५ का ३८ वर्षीय लोकेन्द्रबहादुर रावलको यो वर्षकै पहिलो…
दाङ: गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर उपमहानगरपालिका–९ मा र अर्को वडा नं १९ बिजौरीमा थियो । अनि अर्काे घटना भएको थियो राजपुर गाउँपालिका–६ गङ्गदीमा । आत्महत्या गर्ने ती तीनले एकै किसिमको विष सेवन गरेको पत्ता लागेको थियो । सो जानकारी उनीहरुको शव परीक्षण रिपोर्टबाट खुलेको थियो । तुलसीपुर–९ मा ३७ वर्षीय मानबहादुर विक, बिजौरीकी ५० वर्षीया बमकुमारी विक र गङ्गदीकी थारू समुदायकी एक २१ वर्षीया युवतीले विष सेवन गरेर आत्महत्या गरेका थिए । उनीहरु तीनै जनाको उपचारका क्रममा मृत्यु भएको थियो । उनीहरुले दिउँसोको…
काठमाडौँ: चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो। महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। प्रहरीले टोखा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो। पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको…
काठमाडौँ: विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न तयार पारिएको डीपीआर संघीय सरकारले अस्वीकृत गरेपछि प्रदेश नं १ का पर्यटन व्यवसायी अन्दोलित भएका छन् । विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन यो क्षेत्रका उद्योगी व्यवसायी र पर्यटन व्यवसायीले डेढ दशकभन्दा लामो समयदेखि माग गर्दै आएका थिए । प्रदेश सरकारले समेत यस विमानस्थलाई उच्च प्राथमिकतामा राखेको थियो । तर डीपीआर नै अस्वीकृत भएपछि प्रदेश सरकारसमेत आश्चर्यचकित भएको छ । यो समाचार कारोबार दैनिकमा मीनकुमार नवोदितले लेखेका छन् ।
काठमाडौँ: इंग्लिस प्रिमियर लिगमा बलियो टीम आर्सनलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा कायम रहेको छ । आर्सनल लिभरपुलसँग ३–१ गोल अन्तरले पराजित भएको छ । लिभरपुलले खेलको शुरुबाटै आर्सनललाई दबावमा राखेको थियो । पहिलो हाफको अन्त्यतिर गोल गर्दै लिभरपुलले अग्रता लिएको थियो । खेलको ४१औं मिनेटमा गोल गर्दै लिभरपुलले अग्रता लिएको थियो । दोस्रो हाफको ४९ र ५८औं मिनेटमा स्टार स्ट्राइकर मोहमद सलाहले लगातार गोल गर्दै लिभरललाई तीन–शून्यको अग्रता दिलाएका थिए । खेलको ८५औं मिनेटमा आर्सनलका लागि लुकासले सान्त्वना गोल फर्काए पनि हार टार्न सकेनन् । जितसँगै तीन खेलबाट लिभरपुलले नौ अंक जोड्दै शीर्ष स्थानमा रहेको…
नेपालगन्ज: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको राजनीतिक परिस्थितीलाई हेरेर यो बेला पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। कांग्रेस कोहलपुर नगर समितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले पार्टीभित्र एक आपसमा तिक्तता हटाएर एक हुनुपर्ने धारणा राखे। केन्द्रीय नेतादेखि कार्यकर्ताहरु एकजुट भएर पार्टीलाई बलियो बनाउनुपर्ने महामन्त्री कोइरालाको भनाई छ। ‘मुलुकको राजनीतिक अवस्थालाई हेरेर पनि अहिले कांग्रेस बलियो हुनुपर्ने बेला आएको छ, पार्टीलाई सही दिशामा अघि बढाउने नेतृत्व यतिबेला जनताले चाहेका छन्’, उनले भने। महामन्त्री कोइरालाले पार्टीभित्र रहेको अन्तर बिरोध र गुटगत राजनीतिको अन्त्य भएमा अर्को पटकको चुनावमा कांग्रेस नै पहिलो शक्ति हुने दाबी गरे। यसका…
काठमाडौं: सिंगापुरमा स्वास्थ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ। प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गाैलामा बढेको एन्टीबडी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो। उनलाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ। प्रधानमन्त्री ओलीलाई पहिलोपटक शुक्रबार प्लाज्मा फेरेसिस गरिएको हो। यही अवस्था रहने हो भने उनको सिंगापुर बसाइ एक महिनासम्म लम्बिन सक्ने उनीनिकट चिकित्सकको भनाइ छ। चिकित्सकका अनुसार प्रत्यारोपण गरेको मिर्गौलाको विरुद्धमा बनेको एन्टीबडी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस उपचार विधि प्रयोग गरिन्छ। नेपाल चिकित्सक संघको महासचिवसमेत रहेका चिकित्सक लोचन कार्कीका अनुसार मिर्गौलालाई कमजोर पार्ने एन्डीबडीसहितको प्लाज्मालाई निकालेर एन्टीबडीरहित ताजा प्लाज्मा फेर्ने उपचार विधिलाई…
जाजरकोट: पायकपर्ने ठाउँमा नेपाल खाद्य संस्थानको बिक्री केन्द्र नहुँदा स्थानीयवासी बजारको महङ्गो चामल खरीद गर्न बाध्य छन् । बिक्री केन्द्र पुग्न एक दिन लाग्ने भएपछि स्थानीयवासीलाई समस्या भएको हो । संस्थानको अनुदानमा पाइन चामल बजारको पाइने चामल भन्दा सस्तो भए पनि गाउँको पहुँचमा नहुँदा खरीद गर्न समस्या भएको हो । जिल्लाका अधिकांश डिपो रहेका ठाउँ पुग्न स्थानीयवासीलाई एक दिन भन्दा बढी लाग्ने गर्दछ । संस्थानको घाट, घोगी र चौखास्थित डिपो जनताको पहुँचमा छैनन् । खाद्यान्नको अनुदानको चामल बिक्री नभएर गोदममै थन्किएर बजारबाट महङ्गो चामल किनेर गुजारा चलाउन बाध्य हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने स्थानीयवासीको माग छ । बारेकोटका धुम, ताँसी, कुम्द,…
काठमाडौँ: कम्युनिष्ट पार्टीभित्रको फरक विचार र सिद्धान्तलाई एकीकृत गर्दै नयाँ वैचारिक सिद्धान्त र नेतृत्व स्थापित गर्नु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निकै चुनौतिपूर्ण छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भई गठन भएको नेकपाले एकीकरणको एक वर्षपछि पार्टीका अधिकांश काम टुङ्ग््याएको छ । पार्टीका ३२ विभागमध्येको शक्तिशाली मानिएको स्कुल विभाग पार्टीको विचार र सिद्धान्तलाई तल्लोतहका कार्यकर्तासम्म पु¥याउने महत्वपूर्ण जिम्मेवारी छ । विपरीत विचारलाई मिलन गराई नेता कार्यकर्तामाझ नयाँ पार्टीको विचार, सिद्धान्त र नेतृत्वलाई स्थापित गर्नुपर्ने ऐतिहासिक महत्वपूर्ण जिम्मेवारी स्कुल विभागलाई जान्छ । तत्कालीन एमालेको स्कुल विभागका प्रमुख शङ्कर पोखरेलले पहिलाको विभागको तुलनामा अहिलेको स्कुल विभागलाई एक…
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणसँग निर्माणमा जाने तयारीमा रहेका कुनै पनि आयोजना छैनन् भन्दै गुनासो मात्रै गरिन्छ । माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रो जस्ता रुग्ण आयोजना निर्माण सम्पन्न भएपछि प्राधिकरण आयोजनाबिहीन बन्दै गएको भन्दै बेला बेलामा आलोचना पनि गरिन्छ । तर, प्राधिकरणले सोही गुनासोको उचित जवाफका रुपमा विभिन्न १० आयोजनालाई अगाडि सारेको छ । ती आयोजनाको कूल क्षमता दुई हजार १२४ मेगावाट रहेको छ । प्राधिकरणले ती आयोजनालाई ‘गेम चेन्जर’ आयोजनाको रुपमा समेत लिएको छ । प्राधिकरणले ती आयोजना भने जनताको लगानीसमेत रहने गरी कम्पनी ढाँचामा निर्माण गर्ने तयारी गरेको छ । सहायक कम्पनीमार्फत आयोजना निर्माण गरिरहेको प्राधिकरणले आगामी…