Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पोखरा: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा सञ्चालित ठूला विकास निर्माणका आयोजना गुणस्तरीय हुनुका साथै समयमा सम्पन्न हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षणका क्रममा उहाँले नेपाल ठूला आयोजना सञ्चालन गरेर विश्व समुदायलाई देशमा लगानी आकर्षण गर्ने किसिमको वातावरण तयारीमा जुटेको बताउनुभयो । विश्व समुदायलाई विश्वस्त पार्ने किसिमले आयोजना अघि बढ्ने उल्लेख गर्दै उहाँले निर्माणाधीन योजनालाई पारदर्शीरूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । पोखरा विमानस्थलको काम तोकिएको समयभन्दा छ महीना अघि सम्पन्न हुने विश्वास व्यक्त गर्दै उहाँले हवाई मार्गका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिनुभयो । सन् २०२०…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले आज ट्विट गर्दै सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उहाँको उपचार प्रक्रिया जारी रहेको जानकारी दिनुभएको छ । सल्लाहकार रिमालले ट्विटमा प्रधानमन्त्रीका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले उहाँको सो उपचार प्रक्रिया अर्को सातासम्ममा पूरा हुुने जानकारी दिनुभएको उल्लेख गर्नुभएको छ । प्रा डा शाह आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्था हाल सामान्य स्थितिमा रहेको जनाइएको छ । केही दिनअघि रगतमा एण्टीवडीको मात्रा देखिएपछि मिर्गाैलाको क्षमता अभिवृद्घिका लागि प्रधानमन्त्री ओली यही भदौ ५ गते पुनः सिङ्गापुर जानुभएको हो । प्रधानमन्त्रीका…

Read More

काठमाडौँ: नेपालमा सिमेन्ट कारखाना सञ्चालनका लागि चाहिने चुनढुङ्गा उत्खननको क्रम बढ्दो छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न पछिल्लो समय सिमेन्ट कारखाना खोल्न आवश्यक पर्ने कच्चा पदार्थ खोस्रने क्रम बढेको हो । खानी तथा भूगर्भ विभाग खनीज सम्पदा महाशाखाका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्र सिमेन्ट कारखाना सञ्चालनका लागि छ कम्पनीले चुनढुङ्गा उत्खनन गर्न नयाँ खानी भाडामा लिएका छन् । चुनढुङ्गा लिने कम्पनीमा विशाल सिमेन्ट इण्डट्रिज प्रालि, ऋद्धिसिद्धी सिमेन्ट प्रालि, शुभश्री, अग्नि सिमेन्ट प्रालि, मेगा सिमेन्ट प्रालि, सम्राट सिमेन्ट कम्पनी प्रालि र पञ्चकन्या सिमेन्ट प्रालि रहेका छन् । खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरे पछिल्लो समय…

Read More

काठमाडौँ: धितोपत्र बजारमा आज शेयर कारोवारमापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.२६ अङ्कले घटेर एक हजार १९७.७५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.९९ अङ्कले घटी २६१.४० मा पुगेको छ । परिसूचक घटेपनि कारोवार भने औसत नै रहेको छ । स्टकका अनुसार आज १६८ कम्पनीका १३ लाख १९ हजार ८०६ कित्ता शेयर रु ३७ करोड १९ लाख ४४ हजार ४२९ मा खरिद बिक्री भए । आज कारोबार भएका ११ वटै उपसमूहको शेयर ओरालो लागेको छ । धितोपत्र बजारमा बैङ्किङ ९.५८, होटल १.१३, विकास बैंक ६.२२, जलविद्युत् १४.४६, वित्त…

Read More

काठमाडौं : सफा र स्थिर पानीमा अण्डा पार्ने, दिउँसो टोक्ने र रगत चुसेर आफूमा प्रोटिन बढाउने। त्यसपछि एकै चोटि झन्डै २ सय अण्डा पार्ने। यो पोथी लामखुट्टेको जीवनचक्र हो। यसले मानव समुदायमा डेंगुको संक्रमण बढाएको छ। यो संकटमोचन गर्न स्वास्थ्य मन्त्रालयले विज्ञ संलग्न उच्चस्तरीय बैठक बोलाएको छ। डेंगु घट्नुको सट्टा तराईबाट पहाडतर्फ विस्तार हुन थालेपछि वैकल्पिक उपायको खोजीमा मन्त्रालय जुटेको हो। समयमै संक्रमितले उपचार पाए सहजै निको हुने डेंगु विकराल बन्दै गएपछि चिन्ता बढेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा बिहीबार बैठक बस्ने तयारी छ। ‘स्वास्थ्य मन्त्रालयले मात्र डेंगु नियन्त्रण गर्न नसक्ने पुष्टि भइसक्यो’, मन्त्रालयका…

Read More

काठमाडौं : नेपाली सेनाले तराई–काठमाडौं द्रुतमार्ग (एक्सप्रेस वे) निर्माण तोकिएको समयमै पूरा गर्ने प्रतिबद्धता जनाएको छ। ६ महिनादेखि रोकिएको द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पारित भएलगत्तै जंगी अड्डाको आन्तरिक ब्रिफिङमा प्रधानसेनापति पूर्णचन्द्र थापाले तत्काल काम अघि बढाउन निर्देशन दिएका हुन्। आयोजना २०७८ वैशाखमा सम्पन्न गर्नुपर्ने भनिए पनि चालु वर्षको नीति तथा कार्यक्रममा एक वर्ष थपिएको छ। आयोजनाको डीपीआर भदौ १ मा स्वीकृत भएको थियो। ६ महिनादेखि अड्किएको डीपीआर अघि नबढ्दा काममा ढिलाइ हुने भन्दै सेना रक्षा मन्त्रालयमा धाइरहेको थियो। ‘सेनाको प्रतिष्ठासँग जोडिएको छ। समयमा काम सम्पन्न गर्नुपर्छ,’ ब्रिफिङमा प्रधानसेनापतिको निर्देशन उद्धृत गर्दै एक सैन्य अधिकारीले भने, ‘डीपीआर आइसकेको छ।…

Read More

मेलम्ची :सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण शुरु गरिएको हो । सुत्केरी महिलाका घरमै पुगेर जनप्रतिनिधिले पोषणयुक्त आहार प्रदान गरेका हुन् । मङ्गलबार बलेफी गाउँपालिका–८ स्थित भीरकुनामा सुत्केरी महिलाका लागि पोषण सामग्री प्रदान गरिएको छ । वडा नं ८ का वडाध्यक्ष चरीबहादुर तामाङले सात दिनकी सुत्केरी महिला सन्चमाया तामाङ र ङेमा तामाङको घरमै पुगेर पोषणयुक्त सामग्री प्रदान गर्नुभएको हो । उहाँहरुलाई लागि एक÷एक भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइका सामग्री प्रदान…

Read More

काठमाडौँ: कोरियाको संयुक्त अनुसन्धान टोलीले नेपालको वित्तीय समावेशीकरण, वित्तीय साक्षरता र त्यसको नीति तथा कार्यक्रमको बिषयमा अध्ययन अनुसन्धान गर्ने भएको छ। अध्ययनपछि टोलीले राष्ट्र बैंकलाई अन्तरिम र बिस्तृत गरी दुई चरणको नीतिगत सुझाबसहित प्रतिवेदन दिने छ। यस सम्बन्धि आज बैंक अफ कोरिया- नलेज पार्टनरसिप प्रोग्रामसँग राष्ट्र बैंकले समझदारी गरेको छ। समझदारीपत्रमा राष्ट्र बैंक गभर्नर कार्यालयका निर्देशक गोबिन्द नागिला बैंक अफ कोरिया अन्तर्राष्ट्रिय मामिला विभागका नायव महानिर्देशक जि यङ जुङले हस्ताक्षर गरेका छन्। बैंक अफ कोरियाले यो कार्यक्रम कार्यान्वयनमा ल्याएको तेस्रो प६क हो। यसअघि समष्टिगत अर्थब्यवस्थाको प्रक्षेपण र भुक्तानी/फर्छ्योट प्रणालीको नीतिगत ब्यवस्थाका सम्बन्धमा अध्ययन अनुसन्धान गरी राष्ट्र बैंकलाई सुझाब दिएको…

Read More

काठमाडौँ: अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्ति जेल जानुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा आफ्नो धारणा राख्दै अर्थमन्त्री खतिवडाले कसुरदार ठहरिएको व्यक्तिलाई आर्थिक रुपमा मात्र दण्डित गरेर नपुग्ने भन्दै जेल सजाय गर्नुपर्ने बताएका हुन् । मन्त्री खतिवडाले राजश्व चुहावट अथवा अपचलन बदनियत राखी नै गरिने भएको हुँदा यस्तो कामलाई दुरुत्साहन हुनेगरी नै एक दिन भएपनि जेल जानुपर्ने व्यवस्था गर्न लागिएको बताए । बैठकमा पूर्वअर्थमन्त्रीहरुले भने यस विषयमा फरक फरक धारणा राखेका छन् । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयकमा…

Read More

काठमाडौँ: प्रहरीले कागेश्वरी–मनहरा नगरपालिका–७ बाट आज लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–८ का २७ वर्षीय अनिल बोहोरा र सोही ठाउँका ३२ वर्षीय विनोद बोहरा छन् । महानगरीय प्रहरी प्रभाग काँडाघारीको टोलीले जाँच गर्ने क्रममा उनीहरुका साथबाट लागुऔषध बरामद गरेको हो । यसैबीच बैंकिङ कसुर मुद्दाका फरार काठमाडौँ तारकेश्वर नगरपालिका–११ का ५५ वर्षीय प्रभातविक्रम थापालाई पक्राउ गरी जेल चलान गरिएको छ । सो मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत ४ गतेको फैसलाले उनलाई १५ दिन कैद र रु आठ लाख ५० हजार जरिवाना गरिएको थियो । फरार रहेका थापालाई गल्कोपाखाबाट पक्राउ गरी सोमबार काठमाडौँ…

Read More