Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
- बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिकामा,सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता
- हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैंलगत्तै सञ्चालनमा आउने
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सोलुखुम्बु: खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ । वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले प्लाष्टिक झोला र बोत्तल बन्द गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रमअनुसार गाउँकार्यपालिकाले उक्त निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले जानकारी दिनुभयो । आउँदो पुस १६ गतेदेखि लागू हुने गरी खुम्बु क्षेत्रभित्र ३० माइक्रोन्सभन्दा कम तौलका प्लाष्टिक र पेय पर्दाथका प्लाष्टिकजन्य बोतललाई निषेध गरिएको छ । गाउँपालिकाले तोकेको समयभन्दा अगाडि त्यस क्षेत्रका नागरिकलाई पाँच प्रकारको झोला वितरण गर्ने जनाएको छ । मानवीय क्रियाकलापका कारण जलवायुमा प्रतिकूल असर…
काठमाडौं : निजामती कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिने भएको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको हो। अहिले उमेर हद ५८ वर्ष छ। विधेयक संसद्मा दफावार छलफलको अन्तिम अवस्थामा पुगेको छ। २०२१ सालपछि जन्मेका कर्मचारीको हकमा मात्रै उमेर हद ६० वर्ष लागू हुनेछ। त्यसअघि जन्मिएका कर्मचारी हकमा भने विधेयकमा जुनसुकै लेखिएको भए कर्मचारीले उमेरहदका कारण अनिवार्य अवकाश पाउनेछन्। स्वास्थ्य सेवाको उमेर हद भने अहिले पनि ६० वर्ष छ। विधेयकअनुसार २०१८ मा जन्ममिति भएका कर्मचारी ५८ वर्ष ६ महिना उमेर…
काठमाडौँ: सरकारले राजश्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक’मा उक्त व्यवस्था छ । राजश्व छलेको सूचना दिने सुराकीलाई सो कसूरसम्बन्धी मुद्दाको अन्तिम किनारा लागेपछि असुल भएको रकमको सुन, हिरा, जवारतको हकमा १० प्रतिशत र अन्य वस्तुको हकमा २० प्रतिशतले हुन आउने रकम बराबरको पुरस्कार दिइने व्यवस्था गरिएको छ । विधेयकमाथि प्रतिनिधिसभाको अर्थ समितिमा आजदेखि छलफल शुरु भएको छ । विधेयमाथि ११ सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराउनुभयो । समितिको आजको बैठकमा सांसदहरूले आयातमा…
काठमाडौँ: नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार प्रदायक कम्पनी हेलो नेपालको अनुमति पत्र खारेज गरेको छ । हेलो नेपालले दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाएपछि खारेज गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए। “हामीले भदौ १ गतेसम्म प्राधिकरणलाई पहिलो किस्तामा रु सात करोड बक्यौता रकम बुझाउन भनेको थियौँ”, उनले भने, “तर उक्त अवधिमा हेलो नेपालले पहिलो किस्ताको रकम नबुझाएपछि अनुमति पत्र खारेज गरेका हौँ ।” उनका अनुसार प्राधिकरणलाई हेलो नेपालले करीब रु ७९ करोड ९२ लाख बुझाउन बाँकी छ । प्राधिकरणको गत साउन १७ गतेको बोर्ड बैठकले हेलो नेपाललाई भदौ १ गतेसम्म रु सात करोड र त्यसपछि तीन महीनाभित्र…
काठमाडौं: दूधको नयाँ मूल्य निर्धारण गर्न गठित कार्यदलले ९ देखि १२ प्रतिशत मूल्य बढाउन सिफारिस गरेको छ । कृषक र व्यवसायीको दवावपछि दूधको मूल्य बढाउने निश्कर्षमा पुगेको सरकारले त्यसबारे अध्ययन गरी सिफारिस गर्न ८ सदस्यीय कार्यदल गठन गरेको थियो । गत बुधबार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले दुग्ध विकास संस्थानका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा गठित कार्यदलले आज कृषि तथा पशुपन्छी बिकास मन्त्रालयलाई प्रतिवेदन भुझाएको हो । कार्यदलले विभिन्न बिषयलाई समेटेर ९ देखि १२ प्रतिशत मूल्य बढाउन सिफारिस गरेको कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका प्रवक्ता तेज बहादुर सुबेदीले बताए । कार्यदलले दुध उत्पादन हुने समयको आधारमा दुई ओटा मूल्य…
चुरियामाई : पर्यटन विकास आयोजनाले आर्थिक वर्ष २०७५÷७६ मा पर्यटन क्षेत्रका लागि छुट्याइएको बजेट पर्याप्त खर्च गर्न नसकेको पाइएको छ । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको आयोजनाका लेखाफाँटका अनुसार पर्यटन आयोजनाको लागि ढिलो गरी बजेटको अख्तियारी प्राप्त भएकाले बजेट न्यून खर्च भएको हो । पर्यटन विकासका लागि छुट्याइएको कूल बजेटमध्ये करीब ६४ प्रतिशत खर्च हुन नसकी फ्रिज भएको छ । आयोजनाका लागि कूल रु ८४ करोड ७३ लाख ५० हजार विनियोजन गरिएकामा रु ३० करोड ८२ लाख ३ हजार अर्थात् ३६ दशमलव ३७ प्रतिशत मात्र खर्च भएको छ । आयोजनाका लागि पूँजीगत तर्फ रु ७८…
काठमाडौँ ः नेपाल र यसका छिमेकी तथा बाह्य सम्बन्धका बारेमा हलुका टीकाटिप्पणी नगर्न सरकारले सबै राजनीतिक दल र तिनका नेतासँग आग्रह गरेको छ । केही दिनअघि प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल–भारत सम्बन्धमा आँच पुग्ने गरी एक जना सदस्यले गरेको टिप्पणीप्रति असहमति जनाउँदै सरकारले त्यस्तो आग्रह गरेको हो । “नेपालले कहिल्यै कल्पना नगरेको विषयमा गरिएको टिप्पणी सरकारलाई अस्वीकार्य छ”, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज परराष्ट्र मन्त्रालयमा संवाददातामाझ भन्नुभयो । समितिमा बोलिएको भनिएको विषयको सत्यताप्रति आफूलाई सन्देह रहेको पनि उहाँले बताउनुभयो । समितिको बैठकमा नेपाली काङ्ग्रेसका सांसद प्रदीप गिरीले नेपाललाई पनि सिक्किम बनाउने अवसरको खोजीमा भारत रहेको भनेर दिनुभएको अभिव्यक्तिका सन्दर्भमा…
काठमाडौँ : सरकारले राजश्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण( पहिलो संशोधन विधेयक’मा उक्त व्यवस्था छ । राजश्व छलेको सूचना दिने सुराकीलाई सो कसूरसम्बन्धी मुद्दाको अन्तिम किनारा लागेपछि असुल भएको रकमको सुन, हिरा, जवारतको हकमा १० प्रतिशत र अन्य वस्तुको हकमा २० प्रतिशतले हुन आउने रकम बराबरको पुरस्कार दिइने व्यवस्था गरिएको छ । विधेयकमाथि प्रतिनिधिसभाको अर्थ समितिमा आजदेखि छलफल शुरु भएको छ । विधेयमाथि ११ सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराए । समितिको आजको बैठकमा सांसदहरूले…
काठमाडौँ ः धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव २३ बिन्दुले बढेर एक हजार २२२ दशमलव ०६ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १दशमलव८५ बिन्दुले बढेर २६४ दशमलव ९६ मा पुगेको छ । नेप्से परिसूचक बढेपनि कारोवार रकममा भने उल्लेख्य सुधार हुन सकेन । आज कूल १७५ कम्पनीको १४ लाख ७७ हजार ४३५ कित्ता शेयर रु ३८ करोड ९६ लाख २५ हजारमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज निर्जीवन बीमाको शेयर कारोवार ओरालो लागेको छ । सो…
विराटनगर ः जङ्गली जनावर सुन गोहोरो सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुनवर्षी नगरपालिका–८ हर्चगढीस्थित सिक्टी डायनियाको भित्री सडकखण्डस्थित पथरी शनिश्चरे नगरपालिका–६ निवासी ५९ वर्षीय जसबहादुर धिमाललाई १२ थान जीवित सुनगोहोरेसहित पक्राउ गरिएको प्रहरीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बरामद सुनगोहोरोलाई जिल्ला डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक राजुकमार खिउंजुले जानकारी दिनुभयो ।