Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पोखरामा स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
- दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुको लाइन
- ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
- ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु
- डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल, अझै ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्
- २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो
- कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
- बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली सहज बनाउन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रतिनिधिसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७६ पारित गरेको छ । यसअघि बैठकमा गृहमन्त्री रामबहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ माथि छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले स्वीकृत गरेको थियो । बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले सदनमा उठेका आवश्यक विषयवस्तुलाई विधेयकमा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय परिचायपत्र बहुउपयोगी छ, विश्वका १५० भन्दाबढी देशले यस्ता परिचयपत्र लागू गरिसकेका छन्, राहदानी र नागरिकताबाहेक अन्य परिचयपत्र अब विस्थापित हुनेछ, वैयक्तिक गोपनीयतालाई सुरक्षित गर्ने पाटोमा आशङ्का गर्नुपर्ने अवस्था छैन ।” यसैगरी अर्थमन्त्री डा युवराज खतिवडाले…
काँग्रेसको टिप्पणीपछि सरकारको प्रश्न- भिडियोकन्फेरेन्सबारे वाहियात कुरा गरेर जनतालाई भ्रमित पार्ने ?
काठमाडौँ: सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाट भिडियो कन्फरेन्समार्फत सरकारका मन्त्रीसँग छलफल र अन्तरक्र्रिया गर्नु स्वाभाविक भएको स्पष्ट गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सिङ्गापुरमा उपचार गराइरहनुभएका प्रधानमन्त्री ओलीले सोमबार मन्त्रीहरुसँग गर्नुभएको अन्तरक्रियामा नयाँ प्रविधिको प्रयोग भएको र यसलाई अन्य व्याख्या विश्लेषण गर्न जरुरी नभएको बताउनुभयो । प्रवक्ता बाँस्कोटाले भिडियो कन्फ्रेन्सलाई लिएर जसले यो विषय उठाए पनि त्यो गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कसले यो विषय उठायो थाहा भएन, पार्टीभित्रका वा बाहिरका जसले उठाएको भए पनि यो सरासर गलत कुरा हो ।” राष्ट्रिय समाचार समिति (रासस)सँग आज कुरा गर्दै उहाँले भन्नुभयो, “सार्वभौमसत्तासम्पन्न जनताले चुनेको प्रधानमन्त्री विदेशी…
काठमाडौँ: लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारका शेयर कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४.८७ बिन्दुले बढेर एक हजार २०८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०३ बिन्दुले बढेर २६३.३९ मा पुगेको छ । नेप्से बढे पनि कारोवार रकम भने अपेक्षित वृद्धि हुन सकेन । कूल १६७ कम्पनीको आठ लाख ५० हजार ३८६ कित्ता शेयर रु २४ करोड ४६ लाख ६८ हजार २०९ मूल्यमा कारोवार भयो । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । होटल ८.९४…
काठमाडौं : नयाँ आर्थिक वर्ष सुरु भएयता खाद्यान्नको बजार भाउ बढेको छ । राजधानीका पसलैपिच्छे खाद्यान्नको मूल्य फरक पाइएको छ । गत बैशाख जेठ महिनाको तुलनामा यस महिनामा खाद्यान्नको खुद्रा मूल्यमा १८% देखि ४०% सम्म भाउ बढेको पाइएको छ । बजेट भाषण हुनु भन्दा अगाडि चना प्रतिकिलोको ९० रुपैयाँ थियो । तर नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिनामै यसको खुद्रा मूल्यमा ४०% सम्म वृद्धि भएको छ । पुतलीसडकस्थित एक खाद्यान्न पसलमा चना प्रतिकिलोको अहिले १५० रुपैयाँ रहेको छ । त्यसैगरी अन्य खाद्यान्नको मूल्यमा पनि वृद्धि भएको पाइएको छ । कुन कुन खाद्यान्नको मूल्यमा फरक प¥यो…
काठमाडौँ ः कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि विभिन्न समयमा विद्यालयमा बन्द हडताल भएपनि हालसम्म कुनै उजुरी नपरेकाले कारवाही हुन सकेको छैन । उक्त उपदफामा “कसैले सशस्त्र द्वन्द्व वा जस्तो सुकै प्रतिकूल अवस्थामा कुनै पनि प्रयोग हुने विद्यालयलगायत स्थान, सेवा वा सुविधालाई आक्रमण वा सोको सञ्चालन एवं व्यवस्थापनमा अवरोध गर्न वा गराउन हुँदैन ।” भन्ने उल्लेख छ । दफा…
काठमाडौँ : देशभरका कारागारहरुलाई व्यवस्थित बनाउने योजनामा सरकार रहेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कारागार सुधार कार्ययोजनाअन्तर्गत सबै कारागारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । कारागार व्यवस्थापन विभागका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा कारागारको सुरक्षाका लागि देशभरका ७४ वटै कारागारमा सिसिटिभी क्यामरा जडान गरिएको हो । यस्तै, चालु आर्थिक वर्षमा सबै कारागारमा रहेका कैदीबन्दीका लागि विद्युतीय हाजिरको समेत व्यवस्था गर्न लागिएको छ । विभागका महानिर्देशक हरिप्रसाद मैनाली कारागारभित्रका कैदीबन्दीको सुरक्षा र हाजिरीका लागि सिसि क्यामरा जडान तथा विद्युतीय हाजिरीको व्यवस्था गरिएको बताउछन । “सिसी क्यामरा र विद्युतीय हाजिरी संयन्त्र जडान भएसँगै कारागारभित्रको सुरक्षा झन् मजबुत हुनेछ” उनले भने ।…
मान्म : तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । हिजो सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् । अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सोमबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए।
बेत्रावती : नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययन गरेर फर्कदै गरेका नौ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएपछि खोजी गरिए पनि आज बिहानसम्म फेला परेका थिएनन् । विद्यालयबाट फर्कदै गरेका तीनमध्ये सरोजलाई बगाएर बेपत्ता बनाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले खोजतलास जारी राखेको छ । किस्पाङको वडा नं १ बाट गाउँपालिकाको कार्यालयसमेत रहेको स्थान वडा नं ३ को काहुलेतर्फ जाने उक्त खोलामा पुल नहँुदा वर्षाको समयमा आउने बाढीले आवतजावतमा समस्या हुदैँ आएको स्थानीय भीमबहादुर घलेले बताए…
काठमाडौँ ः पछिल्लो डेढ महिनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा रु ९०० ले गिरावट आई प्रतितोला रु ७२ हजार ६०० कायम भएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । सो मूल्य नेपालको इतिहासमा अहिलेसम्मकै उच्च हो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ९०० का दरले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार ३०० कायम भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार…
ललितपुर : ललितपुर उद्योग वाञ्जिय सङ्घले आगामी असोज २६ गते पदयात्रा गर्ने भएको छ । सो क्षेत्रका एक महानगरपालिका र दुई नगरपालिकाभित्र सङ्घले पदयात्रा आयोजना गरी पर्यटन वर्ष २०२० का लागि प्रचार–प्रसारमा जोड दिने भएको हो । ‘हाम्रो सम्पदा, हामी आफैँ बनाऔँ’ भन्ने नारालाई अघि सार्दै सङ्घले जिल्लाका सम्पदा क्षेत्रबारे जानकारी गराउन र यस क्षेत्रमा बढीभन्दा बढी स्वदेशीलगायत विदेशी पर्यटक भित्र्याउन लागिपरेका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । “पदयात्रामा हामीले महालक्ष्मी नगरपालिकाको सानागाउँ, लूभू, लपु महानगरपालिकाको पाटनदरबार परिसर, हरिसिद्धि, धापाखेल, सुनाकोठी, बुङ्मती, खोकनालगायत गोदावरी नगरपालिकाका आसपासका क्षेत्रमा घुमाउने छाँै”, महर्जनले भने, “करीब दुई हजार मानिसलाई भित्र्याउने उद्देश्य लिइएको पदयात्रामा…